10/07/2026
बडादशैं २०८३ (2026 AD) को हार्दिक मङ्गलमय शुभकामना !
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि यस वर्षको विजया दशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ।
विशेष गरी क्यानाडामा रहनुहुने सम्पूर्ण नेपालीहरूको जानकारीका लागि स्थानीय समय अनुसार टीकाको शुभ साइत यस प्रकार रहेको छ:
टोरोन्टो, क्यानाडा: २० अक्टोबर २०२६, बिहान १०:४१ बजे
भ्यानकुभर, क्यानाडा: २० अक्टोबर २०२६, बिहान १०:५५ बजे
(नेपालको लागि शुभ साइत: ०४ कार्तिक २०८३, बिहान १०:२६ बजे रहेको छ)
समितिका अनुसार तोकिएको यो समय टीकाको लागि सबैभन्दा उत्तम र उपयुक्त साइत हो। यद्यपि, सो दिन आफ्नो अनुकूल समयमा पनि टीका लगाउन सकिनेछ। अन्य देशहरूको विस्तृत साइतको जानकारीका लागि तल सँगै राखिएको फोटो हेर्न सक्नुहुनेछ।
यहाँहरू सबैको दशैं सुखमय रहोस्, नवदुर्गा भवानीले सबैको कल्याण गरुन् ।
आचार्य सुरेश प्रसाद शर्मा
संयोजक
विश्व ज्योतिष महासंघ क्यानडा सम्पर्क समिती
सम्पर्क: 647-713-4577