प्रिय सम्पूर्ण सदस्यज्यूहरू, सल्लाहकारज्यूहरू तथा खेलाडी साथीहरू, नमस्कार।
नेपाल भलिबल क्लब हाम्बर्ग e.V. को आयोजनामा भोलि, जुन १५ मा हुने प्रथम वार्षिक उत्सव, समर ग्रिल तथा भलिबल प्रतियोगिता कार्यक्रमको तयारी पूरा भएको जानकारी गराउन चाहन्छौं।
उक्त कार्यक्रमका लागि हाम्बर्गमा रहेका विभिन्न जातिय धार्मीक तथा सबै संघ–संस्था, समाजसेवी, बुद्धिजीवी तथा राजनीतिक दलका प्रतिनिधिहरूलाई निमन्त्रणा पत्र पठाइसकिएको छ। यदि कुनै कारणवश निमन्त्रणा पत्र कसैसम्म पुग्न नसकेको भए, यहाँहरू सबैले आफ्नो सम्पर्कमा रहेका संघ–संस्था, समाजसेवी ,राजनितिक निकटता तथा समुदायका अग्रज व्यक्तिहरूलाई जानकारी गराई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिदिनुहुन हार्दिक आग्रह गर्दछौं।
यो कार्यक्रम हाम्रो क्लबको मात्र नभई सम्पूर्ण नेपाली समुदायको साझा कार्यक्रम हो। त्यसैले कार्यक्रमलाई सफल, सभ्य र भव्य बनाउन यहाँहरू सबैको सक्रिय सहभागिता, सहयोग र समन्वय आवश्यक छ।
नेपाल भलिबल क्लब हामी सबैको साझा संस्था हो। आउनुहोस्, एकजुट भएर कार्यक्रमलाई सफल बनाऔं।
धन्यवाद।
प्रेमकुमार शेरचन
अध्यक्ष
नेपाल भलिबल क्लब हाम्बर्ग e.V.
Nepal Volleyball Club Hamburg German
Kontaktinformationen, Karte und Wegbeschreibungen, Kontaktformulare, Öffnungszeiten, Dienstleistungen, Bewertungen, Fotos, Videos und Ankündigungen von Nepal Volleyball Club Hamburg German, Sport und Freizeit, HellKamp 30, Hamburg.
“एकता, ऊर्जा र उत्साह – हाम्रो पहिचान।
मनसँग मन र समाजसँग हामी,
स्वास्थ्य, मित्रता र विजय हाम्रो अभियान।
समाज परिवर्तन, नेपाली पहिचान र कला–संस्कृति संरक्षण हाम्रो लक्ष्य।
सबैलाई जोड्ने नेपाल भलिबल क्लब हमबर्ग
27/05/2026
19/05/2026
https://www.facebook.com/share/17Jx49tBVr/?
✨ हाम्रो क्लबका सल्लाहकार श्री सन्तोष लामा ज्युको सुपुत्री
मिस स्नो ह्वाइट चितवन सिजन ६ (Miss Snow White Season 6 ) की प्रतिभाशाली जुनियर प्रतियोगी नं. १५ — समिक्षा लामा आत्मविश्वास, सौन्दर्य र मनमोहक मुस्कानले सबैको मन जितिरहेकी समिक्षालामालाई प्रतियोगिताको यस सुन्दर यात्राका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। उहाँको यात्रा सफलता, आत्मविश्वास र अविस्मरणीय सम्झनाले भरिपूर्ण रहोस् 💖
हाम्रो प्यारी नानी समिक्षा लामालाई धेरैभन्दा धेरै माया, साथ र भोट प्रदान गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं 🙏
आउनुहोस्, हामी सबै मिलेर आफ्नी प्रतिभाशाली नानीलाई जितको शुभकामना दिऔं र उत्साहका साथ समर्थन गरौं 🌟
✨ Presenting our graceful Junior Contestant for Miss Snow White Season 6 ✨
Confidence, elegance, and a beautiful smile that shines on every stage 💫
Meet Contestant No. 15 —Samikshya Lama🌸
Wishing her an amazing journey filled with confidence, memories, and success throughout the competition 👑
💖 Show your love and support in the comments below!
📣 Don’t forget to cheer for your favorite contestant.
12/05/2026
नेपाल भलिबल क्लब हाम्बर्ग e.V. (NVCH) सम्पूर्ण हाम्बर्ग निवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई वार्षिक उत्सव तथा भलिबल प्रतियोगिता २०२६ मा हार्दिक निमन्त्रणा सहित कार्यक्रममा स्वागत गर्दछ।
-भलिबल प्रतियोगिता
-सांस्कृतिक प्रतियोगिता
-ग्रिल
🔥 ग्रिल तथा कार्यक्रममा सहभागिता निःशुल्क (Free) रहनेछ।
आउनुहोस्, खेल, संस्कृति र आपसी भाइचाराको उत्सवलाई भव्य रूपमा सफल बनाऔँ।
नेपाल भलिबल क्लब हाम्बर्ग e.V. (NVCH)
03/05/2026
एनआरएनए पोल्याण्डद्वारा आयोजित भलिबल प्रतियोगितामा नेपाल भलिबल क्लब हाम्बर्गले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेकोमा सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक तथा क्लबका पदाधिकारीहरूलाई हार्दिक बधाई व्यक्त गर्दछौं।
यस सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्दै क्लबको गरिमा उचो बनाउने विश्वासका साथ सम्पूर्ण टिमलाई शुभकामना व्यक्त गर्दछौं।
धन्यवाद।
प्रेम कुमार शेरचन
अध्यक्ष
शिव प्रसाद अधिकारी
सचिव
नेपाल भलिबल क्लब हाम्बर्ग e.V.
परिवार
01/05/2026
शुभकामना
हाम्रो क्लबका खेलाडी तथा साथीहरू NRNA Poland द्वारा आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी हुन Warsaw, पोल्यान्डतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। उहाँहरूलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजयी बन्न हार्दिक शुभकामना व्यक्त गर्दछौं। साथै, सफल सहभागिता र सुरक्षित यात्राको कामना गर्दै शुभयात्रा व्यक्त गर्दछौं। तपाईंहरूको मेहनत, अनुशासन र टीम स्पिरिटले हाम्रो क्लबको गौरव अझ उचाइमा पुर्याउनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।
नेपाल भलिबल क्लब ह्याम्बर्ग
शुभकामना
अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसले श्रमिकहरूको अधिकार, सम्मान र योगदानको स्मरण गराउँदै न्यायपूर्ण समाज निर्माणतर्फ प्रेरित गर्दछ। बुद्ध जयन्तीले शान्ति, अहिंसा, करुणा र सहिष्णुताको मार्ग अनुसरण गर्न प्रेरणा दिन्छ। त्यस्तै, उभौली पर्वले प्रकृतिप्रतिको सम्मान, सांस्कृतिक एकता र परम्परागत जीवनशैलीको संरक्षणको सन्देश दिन्छ।
यी तीनै महत्वपूर्ण अवसरहरूले हामी सबैमा आपसी सद्भाव, एकता, सहकार्य र सकारात्मक सोचको विकास गराउँदै समृद्ध र सभ्य समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ।सबैमा हार्दिक शुभकामना!
नेपाल भलिबल क्लब हामबर्ग परिवार.
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
यस नयाँ वर्षले हामी सबैमा सकारात्मक सोच, सहकार्यको भावना र सामाजिक जिम्मेवारीप्रति सचेतना जागृत गराओस् भन्ने कामना गर्दछु। आफ्नो मात्र स्वार्थ र फाइदाभन्दा माथि उठेर, अरूको भावना बुझ्ने, सबैलाई समान दृष्टिले हेर्ने र कुनै पनि प्रकारको भेदभाव तथा विभेदबाट टाढा रहने प्रेरणा हामी सबैमा जागृत होस्।
हामी सबै समाजका जिम्मेवार सदस्य बनौं, एकअर्कालाई सम्मान गरौं र मिलेर राम्रो समाज निर्माणतर्फ अघि बढौं भन्ने शुभेच्छा व्यक्त गर्दछु।
नयाँ वर्ष २०८३ ले तपाईं र तपाईंका परिवारमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो ल्याओस्।
नयाँ वर्षको पुनः हार्दिक शुभकामना
अध्यक्ष
तथा
नेपाल भलिबल क्लब ह्याम्बर्ग e.V.
परिवार
मगर दिवसको हार्दिक शुभकामना!
नेपाल तथा विश्वभर रहनुहुने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूमा मगर दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
समृद्ध इतिहास, गौरवशाली संस्कृति, भाषा, परम्परा र पहिचान बोकेको मगर समुदायले नेपालको सामाजिक, सांस्कृतिक तथा राष्ट्रिय एकतामा पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण र प्रशंसनीय छ।
यस विशेष दिनले हामी सबैमा आपसी सद्भाव, एकता, पहिचानप्रति गर्व तथा सांस्कृतिक संरक्षणको भावना अझ सुदृढ बनाओस् भन्ने हार्दिक कामना गर्दछौं।
मगर समुदायको निरन्तर उन्नति, प्रगति र समृद्धिको शुभेच्छासहित पुनः एकपटक मगर दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
नेपाल भलिबल क्लब हाम्बर्ग e.V.
प्रेम कुमार शेरचन. शिव प्रसाद अधिकारी
अध्यक्ष सचिव
टासी देलेक!
नेपाल तथा विदेशमा रहनुहुने सम्पूर्ण शेर्पा समुदायलगायत सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई, साथै हिमाली समुदायको प्रकृति–प्रेम, सद्भाव र सांस्कृतिक पहिचान झल्काउने पर्व नयाँ वर्ष – ग्याल्पो ल्होसारको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र आपसी सद्भावको वृद्धि होस् भन्ने कामना गर्दछौँ।
प्रेम कुमार शेरचन
अध्यक्ष
शिव अधिकारी ‘टाइगर’
सचिब
तथा
नेपाल भलिबल क्लब हाम्बर्ग परिवार
Klicken Sie hier, um Ihren Gesponserten Eintrag zu erhalten.
Lage
Kategorie
Webseite
Adresse
HellKamp 30
Hamburg
20255