Nepal AdHub
Nepal AdHub – Your Ultimate Advertising Partner! 🚀
We help businesses, brands, and individuals promote their products and services effectively.
Whether you're a startup or an established brand, our platform connects you with the right audience through s
21/03/2026
“Born in the Himalayas. Crafted for strength.”
Pure Shilajit from the heart of nature.
Experience real power with Himalayan Shilajit Co.
25/12/2025
🏐 नवौं एनभीए महिला भलिबल च्याम्पियनसिप २०८२ | पूल चरण
नेपाल भलिबल संघ (NVA) को आयोजनामा सञ्चालन हुन लागेको नवौं एनभीए महिला भलिबल च्याम्पियनसिप २०८२ का लागि सहभागी टोलीहरूलाई तल दिइएको इमेजअनुसार दुईवटा पूलमा विभाजन गरिएको छ।
महिला तर्फको यो प्रतियोगितामा विभागीय, प्रदेश तथा क्लब टोलीहरूको सहभागिता रहनेछ, जहाँ प्रत्येक पूलमा रहेका टोलीहरूबीच प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू हुने अपेक्षा गरिएको छ। पूल चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू अन्तिम चरण तथा आगामी प्रतियोगिताका लागि छनोट हुनेछन्।
नेपाली महिला भलिबलको स्तर, क्षमता र भविष्य उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको यो च्याम्पियनसिपमा युवा तथा अनुभवी खेलाडीहरूको उत्कृष्ट प्रदर्शन हेर्न सकिनेछ।
📸 टोली तथा पूल विवरण तलको इमेजमा हेर्नुहोस्।
👉 तपाईंको समर्थन कुन महिला टोलीलाई?
👇 कमेन्टमा आफ्नो मनपर्ने टिमको नाम लेख्नुहोस्।
Nepal Volleyball Association New Diamond youth sports club kathmandu SPORT NEPAL
05/12/2025
🎉 Sumitra Regmi लाई जन्मदिनको हार्दिक शुभकामना 🎉
नेपाली महिला भलिबलको उदाउँदो तारा सुमित्रा रेग्मीलाई आजको विशेष अवसर—जन्मदिनको धेरै–धेरै शुभकामना।
सङ्खुवासभाबाट सुरु भएको उनको यात्रा केवल दुई वर्षमै राष्ट्रिय टिमसम्म पुग्नु नेपाली भलिबल इतिहासकै दुर्लभ उदाहरण हो। धेरै खेलाडीले २० वर्षपछि मात्र आफ्नो पहिचान बनाउने क्रममा घरेलु प्रतिस्पर्धामा संघर्ष गरिरहँदा, सुमित्राले २१ वर्षको उमेरमा भलिबल समातेर २३ वर्षमै राष्ट्रिय टिममा डेब्यू गर्नु असाधारण उपलब्धि हो।
CAVA Women’s Nations League मा श्रीलङ्काविरुद्धको खेलबाट सुरु भएको उनको राष्ट्रिय यात्रा, आज उनी नेपाल महिला भलिबल टिमकी एक सक्षम क्विक स्पाइकर र बलियो ब्लकरको रूपमा परिचित छिन्। पाँच फिट ११ इन्चको उचाइ, तीव्र स्पाइक, निरन्तर सुधार र मैदानमा देखिने दृढ आत्मविश्वासले उनलाई टिमको अपरिहार्य हिस्सा बनाएको छ।
न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबबाट क्लब करियर सुरु गरेकी सुमित्रा, एभरेस्ट महिला भलिबल लिगमा लगातार दुई वर्ष विजयी टिमकी मुख्य खेलाडी रहिन्। घरेलु वा अन्तर्राष्ट्रिय मञ्च, जसै होस्—उनको प्रदर्शन सदैव प्रभावशाली रहने गरेको छ।
जीवनमा पढाइ, रोजगारी र संघर्षको बीचबाट आएको यो सफलताको यात्रा, विजय र हार दुबैलाई समानता साथ स्वीकार्दै अघि बढ्ने खेलाडीको चरित्र प्रस्तुत गर्छ।
आगामी दिनमा अझ धेरै सफलताहरू उनको नाममा जोडिँदै जाओस्, नेपाली भलिबलमा उनले अझ उज्यालो भविष्य निर्माण गरुन्—यही शुभकामना।
जन्मदिन शुभ होस्, सुमित्रा!
🇳🇵🏐✨
12/03/2025
Finally...बैशाख २४ गते यता सक्काउने गरि TU Cricket Ground मा प्यारापिट र फ्लड लाइटको काम धमाधम भइरहेको छ । 😮
12/03/2025
महिला फुटबल खेलाडी Preeti Rai लाई हौसला स्वरुप एक लाख नगद सहित सम्मान गरिएको छ ।❤️
सम्मान Australia को The Gorkha Sports club, Lang Toli KTM र उनको पूर्व स्कुल Sarada Academy ले गरेको हो।🙏
12/03/2025
कक्षा २ मा अध्ययन गर्दै गर्दा आमाबुवाको सम्बन्ध बिच्छेद भएपछि सुर्यविनायक, भक्तपुरका निरज तामाङ केहि वर्ष आमासंग बसे अनि त्यसपछि मामाघरमा बस्न थाले । मामाघर बाटै SLC र +२ को अध्ययन पूरा गरे । अनि नेपाल आर्मीमा प्रवेस गरी केहि वर्ष सेवा गरे र आफ्नो अध्ययन लाई निरन्तरता दिन आर्मीको सेवा छोडेर Civil Engineering join गरेका उनी अहिले Civil Engineer बन्न सफल भएका छन् भने शाहस र मेहनतले अध्ययन पूरा गर्न सफल भएको वहाँ बताउनुहुन्छ । ❤️🙏
11/03/2025
Good Morning Nepal from Timbung Pokhari, Taplejung. ❤️🙏
Pic. Sadish Shrestha
11/03/2025
Tuesday Morning & statue of Lord Ganesh at Rauta, Udayapur. ❤️🙏
Pic. Chandan Mehta
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bangalore
560077