FC Sagarmatha

FC Sagarmatha

共有する

"The Mountain's spirit, Our Passion for Football"

Photos from FC Sagarmatha's post 02/05/2026

एफ सी सगरमाथा परिवारमा आबद्ध हुनुभएकोमा सखिन गुरुङलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दछौं।

तपाईंको आगमनले क्लबलाई अझ बलियो, ऊर्जावान र प्रतिस्पर्धात्मक बनाउने विश्वास लिएका छौं। आगामी दिनहरूमा तपाईंले आफ्नो मेहनत, अनुशासन र उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै क्लबको नाम अझ उचाइमा पुर्‍याउनुहुनेछ भन्ने पूर्ण आशा राख्दछौं।

एफ सी सगरमाथा सधैं तपाईंको साथमा रहनेछ, र तपाईंको सफल यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

20/04/2026

Happy Birthday, Nabin Paneru! 🧤⚽

Wishing you a fantastic day filled with happiness, success, and unforgettable moments.
May your passion, dedication, and hard work continue to shine both on and off the field.

You are a valuable part of the FC Sagarmatha family, and we are proud to have you guarding our goal with strength and confidence. 💪🔥

Here’s to more great saves, victories, and achievements ahead!

🎂 Have an amazing year, Champion! 🎂

28/03/2026

⚽️

10/02/2026

🎉🎂 जन्मदिनको हार्दिक शुभकामना! 🎂🎉

हाम्रो क्लबको एक अमूल्य र महत्वपूर्ण सदस्यलाई आजको यो विशेष दिनमा
दीर्घायु, उत्तम स्वास्थ्य, निरन्तर सफलता र अपार खुशीको कामना गर्दछौं।

तपाईंको मेहनत, समर्पण र सकारात्मक सोचले हाम्रो क्लबलाई सधैं अघि बढाइरहेको छ।
हामी तपाईंको योगदानप्रति गर्व गर्छौं। 🙏❤️

आउँदा दिनहरू अझै उज्याला, सफल र प्रेरणादायी बनून्।
सधैं हाम्रो साथ, माया र समर्थन रहिरहोस्।

Happy Birthday! 🎈🎊
— एफ सी सगरमाथा क्लब परिवार —

08/02/2026

प्रिय भाई सुब्बा,

आज तिमीलाई बिदा गर्दा मन निकै भावुक भएको छ।एउटै टिममा बसेर खेलेका हरेक पल, संघर्ष, हाँसो र जितका सम्झनाहरू सधैं हाम्रो मनमा रहनेछन्।

तिमी केवल एक खेलाडी मात्र होइनौ, हाम्रो टिमको प्रेरणा र आत्मा हौ। मैदानभित्र र बाहिर देखाएको तिम्रो अनुशासन, मेहनत र साथले हामी सबैलाई अघि बढ्न हौसला दिएको छ।

आज तिमी नयाँ यात्रातर्फ अघि बढ्दैछौ। हामीलाई विश्वास छ, जहाँ गए पनि तिमीले आफ्नो प्रतिभा र इमान्दारिताले सफलता हासिल गर्नेछौ।

हामी सधैं तिम्रो साथ, सम्झना र योगदानको कदर गर्नेछौं। टिमको ढोका तिम्रो लागि सधैं खुला रहनेछ।

नयाँ यात्राका लागि धेरै धेरै शुभकामना।
सधैं सफल रहोस्, खुशी रहोस्।

एफ सी सगरमाथा परिवार 💝

03/02/2026

Happy Birthday to our little magician Yonjan🎂🎉🎊
We believe that you will be more successful this year because you are most hard work & dedicated player.

15/01/2026

आदरणीय म्यानेजरज्यू,
जन्मदिनको पावन अवसरमा
हृदयदेखि नै शुभकामना अर्पण गर्दछौं।
तपाईंको कुशल व्यवस्थापन,
नेतृत्व क्षमता र सकारात्मक सोचले
क्लबलाई नयाँ उचाइमा पुर्‍याउँदै लगेको छ।
आगामी दिनहरू अझ सफल,
उत्साहपूर्ण र गौरवमय रहून्।

31/12/2025

🎉 नयाँ वर्ष २०२६ शुभकामना🎉

नयाँ वर्ष २०२६ को पावन अवसरमा
सगरमाथा फुटसल क्लब परिवारको तर्फबाट
सम्पूर्ण खेलाडी, सदस्य, समर्थक तथा शुभेच्छुकहरूलाई
सुख, शान्ति, उत्तम स्वास्थ्य र निरन्तर सफलताको
हार्दिक शुभकामना व्यक्त गर्दछु।

गत वर्ष प्राप्त तपाईंहरूको माया, साथ र विश्वासले
क्लबलाई अझ मजबुत बनाएको छ।
आगामी दिनहरूमा पनि अनुशासन, एकता र
उत्कृष्ट खेल प्रदर्शनमार्फत
खेलकुदको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।

The Mountain’s Spirit
Our Passion for Football ⚽

25/12/2025

विशेष गरी खेलकुद क्षेत्रमा लाग्नु हुने लगायत सम्पुर्णलाई Merry Christmas💝🎉

Photos from FC Sagarmatha's post 22/12/2025

मिति २०२५/१२/२२ गते आसो एफसी द्वारा आयोजित फुटसल प्रतियोगितामा हाम्रो क्लब र ओहाशी एफसी बीच भएको विवादित विषयमा जापान भरिका शुभ चिन्तकहरु बाट धेरै प्रश्नहरु र हामि गलत थियौ कि भन्ने चिन्ता व्यक्त भैरहेको छ | उक्त विषय समेटेर यस प्रेस विज्ञप्ति मार्फत सबै जनाको चिन्ता र प्रश्नलाई जवाफ दिन चाहान्छौ |

किनभने उक्त दिन खेल मैदानमा हाम्रो नियत खेल खेल्ने थियो र सधैँ त्यहि हुने गर्दछ , कदापि झैँ झगडा हुदैन र त्यो हाम्रो खेलले पनि बताउछ जुन खेलको लाइभ भिडियो हाम्रो क्लबकै पेज बाट हेर्न सक्नु हुनेछ

त्यसैले , विस्तृत रुपमा पढेर सहि गलतको निर्णय गरिदिनु होला | यस विज्ञप्ति हाम्रो शुभ चिन्तकहरुको लागी मात्र तयार पारिएको हो र इमान्दार भएर सत्य र यथार्थलाई लेखिएको हुनाले यसले कसैलाई असर पर्न गएमा क्षेमा प्राथी छौ |

अन्त्यमा , आफु जित्ने विषय बाहेक अरु केहि नसोच्ने र देखेको सत्य अनि यथार्थ बोल्न डराउनेहरुलाई पनि एउटा सन्देश दिन चाहान्छौ कि ट्रफी र जित मात्र सबै थोक होइन , सहि लाइ सहि र गलत लाई गलत भन्न सिक्नुहोस | यदि त्यो सबै ले सिक्ने हो भने जो कोहि पनि गल्ति गर्न डराउछन | यदि गल्ति लाई ढाक छोप गर्ने हो भने आज हामीलाई परेको छ भोलि सधैँ यस्तो सबैले पालो पालो भोग्न पर्ने दिन न आउला भन्न सकिदैन |

जय फुकुओका फुटसल

あなたの事業をジム/スポーツ施設のトップリストFukuoka-shiにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

電話番号

ウェブサイト

住所

Hakozaki
Fukuoka-shi, Fukuoka