07/05/2026
कास्की एफ.सी. (Kaski FC) लाई जर्सी सौजन्य; जुन १४ मा ‘प्रथम पोखरा कप’ हुने।
सउल, दक्षिण कोरिया –
कास्की परिवार दक्षिण कोरियाको खेलकुद विभाग ‘कास्की एफ.सी.’ लाई नयाँ खेल जर्सी हस्तान्तरण गरिएको छ। मे २ र ३ मा वन्जुमा सम्पन्न बृहत बनभोज कार्यक्रमको अवसर पारेर उक्त जर्सी हस्तान्तरण गरिएको हो।
लुम्बिनी रेस्टुरेन्ट (ख्याङसाङनाम्दो) का सञ्चालक तथा कास्की परिवारका सल्लाहकार श्री परी गुरुङ ज्यूको सौजन्यमा कास्की एफ.सी. का खेलाडीहरूका लागि नयाँ जर्सी उपलब्ध गराइएको हो।
कास्की एफ.सी. (Kaski FC) लाई जर्सी सौजन्य; जुन १४ मा ‘प्रथम पोखरा कप’ हुने।
सउल, दक्षिण कोरिया – कास्की परिवार दक्षिण कोरियाको खेलकुद विभाग 'कास्की एफ.सी.' लाई नयाँ खेल जर्सी हस्तान्तरण गरिए.....
28/11/2025
आमाप्रति समर्पित यस मार्मिक कविताले आमाको माया, त्याग र संघर्षलाई अत्यन्त संवेदनशील रूपमा अभिव्यक्त गरेको छ। यो रचना सबै आमाहरूको ममतामय रूपको प्रतिनिधि जस्तै लाग्छ।
आमाप्रति सम्मान प्रकट गर्दै—स्मृतिमा आधारित यो भावनात्मक कविताको लिंक सादर सेयर गर्दछौँ।
✍️ लिलू गुरुङ, गोर्खा (हाल दक्षिण कोरिया)
#नेपालीकविता #आमाकोमाया #कास्कीपरिवार #कोरियाका_नेपाली #लेखआह्वान #साहित्य #सिर्जनशीलता
आमाको सम्झनामा
आमाको सम्झनामा ✍️ लिलू गुरुङ , गोर्खा (हाल दक्षिण कोरिया) मेरो पहिलो प्रेम, मेरो पहिलो गुरु, मेरो ब्रह्माण्ड, मेरो द.....
12/10/2025
💐 हार्दिक आभार एवम् धन्यवाद 🙏🙏!!
कास्की परिवार दक्षिण कोरियाको नवौं अधिवेशन (२०२५/१०/०५) लाई भव्यताका साथ सम्पन्न गर्नका लागि पाल्नुभएका प्रमुख अतिथि नेपाली राजदूतावास सियोलका द्वितीय सचिव श्री जेनिम अधिकारी ज्यू, विशेष अतिथि ज्यूहरू, अतिथि ज्यूहरू, दक्षिण कोरियामा क्रियाशील बिभिन्न क्षेत्रीय, जातिय, राजनैतिक एवम् सामाजिक संघ सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरू, संस्थाका आठौं कार्यसमितिका संरक्षक ज्यूहरु, वरिष्ठ सल्लाहकार ज्यू, सल्लाहकार ज्यूहरू, लेखा समिति संयोजक एवं सदस्य ज्यूहरू, बिधान संशोधन समितिका संयोजक एवं सदस्य ज्यूहरू, संस्थाका आजीवन तथा साधारण सदस्य ज्यूहरू, आठौं कार्यसमितिका सम्पूर्ण पदाधिकारी ज्यूहरू, संस्थाका शुभचिन्तक ज्यूहरू, कास्की परिवार दक्षिण कोरियाका शाखाहरू, नेपाल च्याप्टर, कास्की आदर्श समाज अन्तरास्ट्रिय समन्वय परिषद, गण्डकी प्रदेश समाज दक्षिण कोरिया एवम् प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाका प्रतिनिधी ज्यूहरु, पत्रकार, कलाकार, बुद्धिजीवी, व्यापारी वर्गहरु लगायत नवौं कार्यसमिति निर्माणका लागि विशेष भूमिका निर्वाह गर्नु भएका निर्वाचन संयोजन समितिका संयोजक एवम् सदस्य ज्यूहरू साथै अधिवेशन सफल बनाउनका लागि सहयोग गर्नु भएका तथा सहभागी हुनु भएका सम्पूर्ण व्यक्ति विशेष तथा संस्थाहरूमा कास्की परिवार दक्षिण कोरिया नवौं कार्यसमितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
अध्यक्ष एवम्
कास्की परिवार दक्षिण कोरिया
नवौं कार्यसमिति।