Laliguras FC GOZO

Laliguras FC GOZO

Share

Laliguras FC Gozo is a Nepali sports team and community group in Malta/Gozo, promoting unity through football and cultural events. Join us

We aim to support Nepalis abroad by building pride, connection, and growth through sports and tradition.

24/02/2026

यही आउँदो २८ फेब्रुअरीका दिन, नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी उत्कृष्ट खेलाडी Sabitra Bhandari (साम्बा) को उपचार सहयोगार्थ NMFC Malta ले एक च्यारिटी फुटबल प्रतियोगिता आयोजना गर्न गइरहेको जानकारी गराउन चाहन्छौँ।

यस मानवीय तथा पवित्र उद्देश्यका साथ आयोजना हुन गइरहेको उक्त कार्यक्रममा माल्टा तथा गोजोमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।

आउनुहोस्, हाम्रो राष्ट्रिय गर्व साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै एकजुट भई सहयोग गरौँ। 🇳🇵⚽

समय : ११: ३० ए एम
स्थान :कुलेज फुटबल ग्रउण्ड

24/02/2026

एन्फा र सरकारबाट अपेक्षित सहयोग नपाएपछि साम्बाले दर्शकसमक्ष सहयोगको अपिल गरेकी छन्। 💔

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान Sabitra Bhandari (साम्बा) ले गम्भीर घुँडाको चोटका कारण पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको भन्दै आर्थिक सहयोगको अपिल गरेकी छन्।

पछिल्लो ७ हप्तादेखि मैदानबाहिर रहेकी उनले यसअघि गरिएको एसीएल ग्राफ्ट र एमसिएलमा पुनः गम्भीर चोट लागेको जानकारी दिइन्। उपचारका लागि जटिल शल्यक्रिया र ७–८ महिना लामो रिह्याब आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ, जसका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने बताइएको छ।

यसअघि एन्फाको पहलमा उपचार भएको स्मरण गराउँदै यसपटक अपेक्षित प्रशासनिक सहयोग नपाएको उनको भनाइ छ। क्लबले बीमाबाट प्राप्त रकम उपलब्ध गराउने तयारी गरे पनि त्यो रकम अपुग हुने भएपछि उनले स्वदेश तथा विदेशमा रहेका समर्थकसँग सहयोगको आग्रह गरेकी हुन्।

“थाकेको हो, हारेको छैन,” भन्दै साम्बाले पुनः नेपाली जर्सी लगाएर मैदान फर्किने प्रतिबद्धता व्यक्त गरेकी छन्।

Sabitra Bhandari (‘Samba’) Appeals for Support for Knee Surgery

Nepal women’s national football team captain Sabitra Bhandari has appealed for financial support after sustaining a serious knee injury that requires complex surgery.

Bhandari, who has been sidelined for the past seven weeks, revealed that both her previous ACL graft and MCL have suffered significant damage. Doctors have recommended another major surgery followed by 7–8 months of rehabilitation. The estimated cost of treatment is around USD 80,000.

While her club is prepared to release available insurance funds, the amount is insufficient to cover the full surgery and rehabilitation expenses. She also stated that the expected administrative support from the All Nepal Football Association did not materialize this time, leading to delays in her treatment process.

As a result, Bhandari has reached out to supporters in Nepal and abroad for assistance. Despite the setback, she remains determined to return to the pitch, stating that she is “tired, but not defeated,” and is committed to wearing the Nepal jersey once again.

Photos from Laliguras FC GOZO's post 16/12/2025

Happy Birthday to our striker Milan Magar, our team captain Asir Gurung, and our speedy player Prem Jojo.
Wishing you all a year filled with success, good health, and the fulfillment of everything you have wished for.
We are not just a team; we are a family.
Jai LGFC Team!
A heartfelt thank you to all the members for your continuous support and unity.
LGFC TEAM

10/12/2025

हाम्रो टिम क्याप्टेन असिर गुरुङ दाइलाई जन्मदिनको हार्दिक शुभकामना।
आगामी दिनहरूमा पनि यस्तै रूपमा हामीलाई अगाडि बढाउँदै नेतृत्व गरिरहनुभओस् भन्ने कामना गर्दछौँ।

Happy Birthday from the whole team. 🎉

23/09/2025

🙏 सहयोगको लागि धन्यवाद 🙏

सेप्टेम्बर २० को खेल मा LGFC लाई सहयोग र उत्साह दिनुभएकोमा
सुबास लामिछाने र सूर्य जीसीलाई हार्दिक धन्यवाद।
तपाईंहरूको साथले हाम्रो यात्रा अझ सबल भएको छ। 💪⚽

Photos from Laliguras FC GOZO's post 23/09/2025

यही सेप्टेम्बर २० मा सम्पन्न खुकुरी कपका केही झलकहरू

19/09/2025

विशेष आभार 🙏
LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो सहयोगी श्री बिर्बल माबो लिम्बु ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यही सेप्टेम्बर २० मा हुन गइरहेको खेलका लागि सहयोग गरी हामीलाई साथ दिनुभएकोमा हामी अत्यन्त आभारी छौं। तपाईंको निरन्तर सहयोग, विश्वास र प्रोत्साहनले हाम्रो यात्रा अझ सबल र सफल बनेको छ।
तपाईंको साथले हाम्रो टोलीलाई खेलकुदमार्फत समुदायमा सकारात्मक ऊर्जा फैलाउन निरन्तर प्रेरणा दिएको छ।
हामी भविष्यमा पनि यस्तै सहयोग र साथ पाउने आशा राख्दछौं।

सम्पूर्ण LGFC Gozo परिवारको तर्फबाट तपाईंलाई पुनः एक पटक हार्दिक धन्यवाद

19/09/2025

विशेष आभार 🙏
LGFC Gozo परिवारको तर्फबाट हामी हाम्रो सहयोगी श्री अर्जुन गुरुङ ज्यु लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यही सेप्टेम्बर २० मा हुन गइरहेको खेलका लागि सहयोग गरी हामीलाई साथ दिनुभएकोमा हामी अत्यन्त आभारी छौं। तपाईंको निरन्तर सहयोग, विश्वास र प्रोत्साहनले हाम्रो यात्रा अझ सबल र सफल बनेको छ।
तपाईंको साथले हाम्रो टोलीलाई खेलकुदमार्फत समुदायमा सकारात्मक ऊर्जा फैलाउन निरन्तर प्रेरणा दिएको छ।
हामी भविष्यमा पनि यस्तै सहयोग र साथ पाउने आशा राख्दछौं।

सम्पूर्ण LGFC Gozo परिवारको तर्फबाट तपाईंलाई पुनः एक पटक हार्दिक धन्यवाद

Want your business to be the top-listed Gym/sports Facility in Victoria?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Victoria