Tirupati Sports Club

Tirupati Sports Club

Share

Photos from Tirupati Sports Club's post 20/05/2026

जर्सी अनावरण तथा सम्मान कार्यक्रम
अयोजक: तिरुपति स्पोर्ट्स क्लब रुपन्देही
प्रमुख अतिथि : हरिबहादुर थापा
विशिष्ट अतिथि: प्रदिप शुक्ला (mangalam industries limited)
अध्यक्ष: खेमराज भुसाल
कार्यक्रम संयोजक : प्रिय बन्धु न्यौपाने
मिति: २०८३-०२-०६
स्थान: गुलमोहर, रेस्टुरेन्ट

15/05/2026

तिरुपति स्पोर्ट्स क्लबका कार्यसमिति सदस्य आदरणीय दाजु विजय सिंह ज्ञवाली ले २०५२- ५३ सालतिर अन्तर्राष्ट्रिय हकी खेलाडीको रुपमा गर्नुभएको उहाँको योगदानलाई उच्च मूल्यांकन गर्दै सिद्धार्थनगर नगरपालिका द्वारा गरिएको सम्मानले हामी तिरुपति क्रिकेट क्लबका सदस्यहरू अत्यन्तै खुसी भएका छौँ। वर्तमानमा क्रिकेट खेलको माध्यमबाट हाम्रो यस क्लबलाई सफलता दिलाउन अझ बढी योगदान दिनुहुनेछ भन्ने आशा र विश्वास राखेका छौं। यहाँको आगामी दिनहरू सफलताले भरियोस ।

29/04/2026

We are ready .

Photos from Tirupati Sports Club's post 29/04/2026

मिति २०८३ साल वैशाख १५ गते सम्पन्न खुकुरी कप २०-२० क्रिकेट प्रतियोगिता अन्तर्गत फाइनल खेल तिरुपति स्पोर्ट्स क्लब VS खुकुरी क्रिकेट क्लब बीच भएको फाइनल खेलमा तिरुपति स्पोर्ट्स क्लब ले ११ रन ले विजय हासिल गरेको छ। अत्यन्तै रोमाञ्चक खेलमा प्रथम हुन सफल तिरुपति स्पोर्ट्स क्लबका आकाश त्रिपाठी म्यान अफ दि म्याच साथै म्यान अफ दि सिरिज घोषित भए। विजय टोली तिरुपति स्पोर्ट्स क्लबलाईलाई धेरै धेरै शुभकामना।

27/04/2026

We are ready for Tomorrow's match

Photos from Tirupati Sports Club's post 27/04/2026

आज तिरुपति स्पोर्ट्स क्लबका खेलाडी सदस्य क्रिकेटर वीरबहादुर घर्ती मगरको आज पर्न गएको जन्मोत्सव ,खेलाडी साथीहरुसँग शुभकामना साटासाट गर्दै रमाइलो गर्दै।

Photos from Tirupati Sports Club's post 27/04/2026

लुम्बिनी खुकुरी 20-20 cricket टुर्नामेन्ट अन्तर्गत आज भएको दोस्रो सेमिफाइनल खेलमा तिरुपति स्पोर्ट्स क्लब र होराइजन स्पोर्ट्स क्लब, बुटवल बीचको म्याचमा होराइजनले दिएको १०० रनको लक्ष्य १० ओभरमा दुई विकेट गुमाई तिरुपति स्पोर्ट्स क्लबले विजय हासिल गरेको छ। आजको म्याचमा तिरुपति स्पोर्ट्स क्लबका सादुर त्रिपाठी चार विकेट सहित १५ रान हानेर म्यान अफ दि म्याच घोषित भए। भोलि फाइनल बिहान ९ बजे सिद्धार्थ रङ्गशालामा लुम्बिनी खुकुरी क्लब VS तिरुपति स्पोर्ट्स क्लब बीच हुनेछ।

Photos from Tirupati Sports Club's post 26/04/2026

आज भैरहवा स्थित सिद्धार्थ रङ्गशालामा तिरुपति स्पोर्ट्स क्लब र MSMT राम स्पोर्ट्स क्लब गोरखपुर बीच भएको खेलमा २१८ रनको योगफल चेन्ज गर्न दिएको थियो ,प्रतिउत्तरमा गोरखपुरको टिमले मात्र २१२ रन को योगफल बनाउन सक्यो। यसरी जारी खुकुरी २०-२० क्रिकेट प्रतियोगिता मा आफ्नो दोस्रो खेलमा ६ रनले विजय हासिल गरि तिरुपति स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। तिरुपति स्पोर्ट्स क्लब लाई बधाई छ।

Photos from Tirupati Sports Club's post 23/04/2026

खुकुरी २०-२० क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज भएको तिरुपति स्पोर्ट्स क्लब र लुम्बिनी रेस्पोन्स टिम बीच भएको खेलमा, लुम्बिनी रेस्पोन्स टिमले बनाएको १७० रनको टार्गेटलाई पछ्याउँदै तीन विकेट बाँकी छँदै १७१ रन बनाएर त्रिरुपती स्पोर्ट्स क्लबले विजय हासिल गरेको छ । तिरुपति स्पोर्ट्स क्लबका खेलाडी हरूलाई धेरै धेरै बधाई।

Want your business to be the top-listed Gym/sports Facility in Bhairahawa?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Rupandehi
Bhairahawa
32900