01/11/2025
दशै जना!
हरिबोधनी एकादशीको संयोग पारेर आज अर्लिबर्डज साथीहरू चाँगुनारायण मन्दिर गयौं। यात्रा छोटो तर यादगार बन्यो। कसैलाई मिस गर्नै परेन। यो यसको विशेषता हो।
Enthusiastic morning walkers with a motive of keeping fit for health, friendship and happiness
01/11/2025
दशै जना!
हरिबोधनी एकादशीको संयोग पारेर आज अर्लिबर्डज साथीहरू चाँगुनारायण मन्दिर गयौं। यात्रा छोटो तर यादगार बन्यो। कसैलाई मिस गर्नै परेन। यो यसको विशेषता हो।
15/10/2025
यस अर्लि बर्ड्ज मर्निङ्ग वाकर्सका सकृय सदस्य पारागन एकेडेमीका प्रवन्धक श्री रत्नवीर किसी मलेशियामा Manager of The Year 2025 बाट विभूषित हुनु भएको छ। वहाँलाई र विद्यालय परिवारलाई देशको शिक्षा क्षेत्रमा गरेको अमूल्य योगदानको उच्च मुल्याङ्कन र प्रशंसा गर्दै यस समुह हार्दिक बधाई अर्पण गर्दछ।
04/08/2025
Panch Pokhari Trekking
An adventure that is experienced by no king.
01/08/2025
Panch Pokhari Diary
Day 1: Shrawan 16, Friday
23/03/2025
साथी हरिकृष्ण सुकुपायो आज आफ्नो जन्मोत्सव मनाउँदै हुनुहुन्छ। हिजैबाट वहाँ उत्साहित देखिनु हुन्थ्यो। आज भने उत्साहको क्लाइमेक्स नै। विहानै चियापसलमा हामीले बर्थडे ट्रिट पाइसक्यौं। वहाँलाई जन्मदिनको शुभकामना!
06/03/2025
४ बजे।
४ जना।
यो ४० प्रतिशत नै मात्र।
आइरहँदा गइरहन मन लाग्ने। रोक्दा रोकिरहन। यस्तै भयो। न्युन उपस्थितिको दोष कसलाई दिनु। कसैको लागि हिँडेका हैनौं। न कोही कसैको लागि हिँडिदिन्छन्। साथ नै त हो पाउने एक अर्काको।
तर साथीको साथको साझेदारीमा भने एउटा बेग्लै उपहार भेटिन्छ। बेग्लै उमंग अनि एउटा अलग्गै आनन्द। कहिले त ब्युँझिने नै हिड्नलाई झैँ हुने। अझ बाँच्ने नै हिँड्नलाई। हिँडाइ जीवनको पर्याय बनिदिन्छ। नहिँडेको दिन नबाँचे सरि हुन्छ। हिँडेको दिन भने पाइला पाइलामा बाँचे झैं लाग्छ।
#चारबजाऔंप्यारबढाऔं
10/02/2025
Happy Wedding!
We wish for happy conjugal life to Mr. Deepak Hakuduwal, dear son of our friends Mr. Ratna Prasad Hakuduwal and Mrs. Nani Chhori Hakuduwal.
07/01/2025
मिसन ९० डोलेश्वरको आज ६०औं दिन। ६ जना साथीहरू। यो गज्जबको समुह बनेको छ। जम्मा १० जनामा ४ जना कार्य व्यस्तता र स्वास्थ्यको कारण जोडिनु भएन। विहान ३.३० मा त नउठी धर हुन्न। ४.०० बजे त हिँडाइ शुरू। यो एउटा त्याग र तपस्या हो। कुनै मेडिटेशन भन्दा कम हुँदैन। अझ साथीहरूको रमाइला कुराकानीले त संसारमा सबै भन्दा ह्याप्पी मेन हामी नै हौं झैं लाग्छ।सबेरै हिँड्ने हामी आफूलाई अर्लीबर्ड्ज भन्छौं।
28/12/2024
दिन नब्बेमा पचास
हामी भने दशमा दश
ट्र्याक सबैको नयाँ
निलो आकाश बिना कुनै छायाँ
दिन नब्बेमा पचास
हामी भने दशमा दश
छेउछेउमा सेतो धर्को
हिँड्छौं नमानी झर्को
दिन नब्बेमा पचास
हामी भने दशमा दश
एकै पल्ट जय शम्भू
भन्छौं स्वर चर्को
दिन नब्बेमा पचास
हामी भने दशमा दश
हिड्ने डेढ घण्टा
चियालाई आधा घण्टा
दिन नब्बेमा पचास
हामी भने दशमा दश
फुर्छ हाँसो गगन भेदी
तनाव सबै पठाउने खेदी
दिन नब्बेमा पचास
हामी भने दशमा दश
डोलेश्वर हाम्रो गन्तव्य
टुंग्याउँछु यो मन्तव्य
दिन नब्बेमा पचास
हामी भने दशमा दश
01/12/2024
आज आइतबार। आइतबार मर्निङ वाकको सहभागिता पातलो हुने गर्छ। कोही आराम त कोही बिदा लिन्छन्। कोही भने अल्छी पनि गर्छन्।
आजको आइतबार अपवाद बन्यो। पुरै ८० प्रतिशतको सहभागिताले भने यो दिनलाई विशेष बनाइदियो।
विशेष यसकारण पनि बन्यो कि आज समुहमा सबै भन्दा तार्किक र गहन मुल्याङ्कन कर्ता लक्ष्मीसुन्दर लवजुको शुभ जन्मदिन पनि हो। सबेरै वहाँले आज स्पेसल अवसर भएको र सबै जनालाई मर्निङ वाकमा आउन संकेत दिनु भएको थियो।
तर वहाँले के चैं विशेष भनेर भनि राख्नु भएको थिएन। कुरा फुत्काउन माहिर हाम्रै साथी हरिले भने वहाँको रहस्य पता लागाई हाल्नु भो। चखु पुल पुग्दै थियौं र पुलबाट सिक्का चढाए भने जन्म दिन होला भनेर प्वाक्क भनिहाल्नु भो। नभन्दै आफूले त त्यसको जोहो गर्नै नसम्झेको भनि लक्ष्मीसुन्दरले जन्मदिन नै भएको खुलाउनु भयो र वातावरण हाँसोले भरियो।
साथी लक्ष्मीसुन्दर लवजुलाई जन्मदिनको अवसरमा सुख, शान्ति, समृध्दी, प्रगती र दीर्घायुको हार्दिक शुभकामना!
29/11/2024
३.४५।
घडिले देब्रे हातको नाडीमा भाइब्रेशन दिन्छ। उ जुरुक्क उठ्छ। मोबाइल हातमा बोकी एउटा टावल गर्धनमा बेरेर बाथरुम तिर लाग्छ।
मेसेन्जरमा Good Morning, Early Birds टाइप गर्छ। शौच गर्दै अन्य अर्ली बडहरूको मेसेज कुर्छ। यसै समय सबै साथीहरूको सहभागिता होश भनी केही शब्दहरू मोबाइलकै भित्तामा कोर्छ।
कुनै दिन हुँदैन तातो पानीले शिथिल शरीरलाई ताजगीको आभाष नदिने। गिजरको रातो अंकले ३५ देखाउँछ। इबी हरिकृष्ण यस कार्यलाई समानपूर्वक जलाशन भन्नु हुन्छ। यस स्नानले उसमा स्फुर्ति बढाउँँछ। जोश र जाँगर थप्छ। हिडूँ, गुडूँ र उडूँ लाग्छ। साथीहरूको उपस्थिति ले थप उर्जा दिन्छ। जति बढि संख्यामा साथीहरू, उति नै गुणा उत्साह।