15/01/2026
माघे संक्रान्तिको पावन अवसरमा हार्दिक शुभकामना 🌞
मध्यपश्चिम विद्यार्थी परिवार समाज, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवन
माघे संक्रान्तिको यस पवित्र र सांस्कृतिक महत्व बोकेको अवसरमा मध्यपश्चिम समाज AFU को तर्फबाट
सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति र समृद्धिको हार्दिक कामना व्यक्त गर्दछौँ।
यस पर्वले हाम्रा जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच र आशाको सञ्चार गर्दै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौँ।
मध्यपश्चिम क्षेत्रको संस्कृति, परम्परा र मौलिक पहिचानलाई सम्मान गर्दै विद्यार्थीहरूबीच नेतृत्व, सहकार्य र सेवाभावको भावना निरन्तर सशक्त हुँदै जाओस्।
संस्कृतिमा गर्व, एकतामा शक्ति र सेवामा प्रतिबद्धता!!
हार्दिक शुभेच्छासहित
मध्यपश्चिम विद्यार्थी परिवार, AFU रामपुर!!!