16/07/2026
मिति: २०८३ असार ३२ गते
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुबास बी शाहीको अध्यक्षतामा आज १२औँ बोर्ड बैठक सफलतापूर्वक सम्पन्न भएको छ।
जग्गा प्राप्ति, DPR (विस्तृत परियोजना प्रतिवेदन), EIA (वातावरणीय प्रभाव मूल्यांकन) र राष्ट्रिय योजना आयोगको 'राष्ट्रिय आयोजना बैंक' (National Project Bank) मा समावेश गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरी निर्माणको महत्त्वपूर्ण आधार तयार भइसकेको यस गौरवशाली आयोजनाको भौतिक निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बहुवर्षीय ठेक्का प्रक्रिया सुरु गर्न आवश्यक बजेट विनियोजन भएको छ।
फाप्लालाई एउटा सुन्दर सपनाबाट आज कार्यान्वयनको यो ऐतिहासिक अवस्थासम्म पुर्याउन प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा अहोरात्र खटिनुहुने, मार्गनिर्देशन गर्नुहुने र हौसला प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूमा समितिको तर्फबाट हार्दिक धन्यवाद ।
26/05/2026
पूर्वाधार विकास मन्त्रालय, सिंहदरबारमा “फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम, धनगढी” परियोजनाको कार्यान्वयन योजना, दीर्घकालीन दृष्टिकोण तथा यसको बहुआयामिक प्रभावबारे विशेष प्रस्तुतीकरण सम्पन्न भएको छ। माननीय डा. आनन्द बहादुर चन्दज्यू, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही, उच्च सरकारी अधिकारीहरू, सरोकारवाला निकायहरूको गरिमामय उपस्थितिमा सम्पन्न उक्त छलफलले परियोजनालाई कार्यान्वयनको चरणमा तीव्र रूपमा अगाडि बढाउने साझा प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
यो ड्रिम प्रोजेक्ट अब केवल परिकल्पनामा सीमित छैन; परियोजनाले कार्यान्वयनतर्फ ठोस र प्रक्रियागत उपलब्धिहरू हासिल गरिसकेको छः
• जग्गा प्राप्ति: ३८.८ बिघा जग्गा प्राप्तिको प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेको छ।
• प्राविधिक तयारी: विस्तृत परियोजना प्रतिवेदन (DPR) तथा वातावरणीय प्रभाव मूल्यांकन (EIA) स्वीकृत भई कार्यान्वयनको स्पष्ट मार्गचित्र तयार भएको छ।
• राष्ट्रिय मान्यता: राष्ट्रिय आयोजना बैंक (National Project Bank) मा समावेश भई परियोजनाले राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको मान्यता प्राप्त गरिसकेको छ।
यी महत्वपूर्ण माइलस्टोनहरूले फाप्ला परियोजना अब लगानी, साझेदारी र कार्यान्वयनका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्छन्। परियोजनाले पूर्वाधार विकाससँगै प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ भने पर्यटन, खेलकुद अर्थतन्त्र (Sports Economy), निजी लगानी र अन्तर्राष्ट्रिय अवसरहरूको नयाँ ढोका खोल्दै समग्र मुलुककै आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
24/03/2026
“सुदूरपश्चिमको गेम चेन्जर” फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण सम्बन्धी सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाह ज्यु र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाही बीच औपचारिक छलफल सम्पन्न भयो।
परियोजनाका आवश्यक कानुनी प्रक्रिया (EIA सहित) सम्पन्न भई निर्माण चरणमा प्रवेश गरिसकेको सन्दर्भमा आगामी चरणमा प्रदेश सरकारबाट पूर्ण सहकार्य रहने प्रतिबद्धता व्यक्त गरिएको छ।
मिति: २०८२/१२/०७
23/02/2026
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको आज बसेको दशौँ बोर्ड बैठकले परियोजनाको पारित वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) सम्बन्धमा विस्तृत छलफल गर्दै निर्माण कार्यलाई तीव्र रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बैठकले आवश्यक स्रोत व्यवस्थापन तथा टेन्डर प्रक्रिया छिट्टै सुरु गर्ने निर्णय पनि गरेको छ ।
23/12/2025
युवा तथा खेलकुद मन्त्री श्री बब्लु गुप्ता ज्यूको अध्यक्षतामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको निर्देशक समिति बैठक सम्पन्न भयो।
बैठकमा मन्त्रालयका सचिवज्यू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवज्यू, समितिका अध्यक्षज्यू, अर्थ मन्त्रालयका सहसचिवज्यू, मन्त्रालयका सहसचिवज्यूहरू, समितिका निर्देशकज्यू तथा मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैठकले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण कार्यको हालसम्मको प्रगति समीक्षा गर्दै तोकिएको समयभित्र गुणस्तरीय निर्माण कार्य पूरा गर्न आवश्यक नीतिगत निर्देश र कार्ययोजनाबारे विस्तृत छलफल गरेको छ।
सरोकारवाला सबै निकायबाट आयोजनालाई सफलतापूर्वक अघि बढाउन आवश्यक समन्वय र प्रतिबद्धता पुनः व्यक्त गरिएको छ।
मितिः २०८२ कात्तिक २७
23/07/2025
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको आठौँ बोर्ड बैठक सम्पन्न भएको छ |
समितिका अध्यक्ष श्री सुवाश शाहीज्यूको अध्यक्षतामा २०८२ साउन ७ गते, बुधवार सम्पन्न उक्त बैठकले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रक्रिया सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण सरोकारवालाहरु प्रति आभार व्यक्त गरेको छ | यसका साथै आगामी लक्ष्यहरू प्राप्त गर्न चाल्नुपर्ने रणनीतिक कदमहरू तय गर्दै बैठक सम्पन्न भएको छ | धन्यवाद |
12/07/2025
Fapla 3D Animation
Experience the 3D animation of Fapla International Cricket Stadium and Sports Village! Get a stunning visual tour of the future of sports infrastructure in t...
11/07/2025
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयबाट फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्रामको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। ईआईए प्रतिवेदन स्वीकृतिसँगै परियोजना निर्माणका लागि आवश्यक सम्पूर्ण कानुनी स्वीकृति प्राप्त हुनु यस परियोजनाको एक महत्वपूर्ण उपलब्धि हो।
यसअघि नै परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विकास समिति गठन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण लगायतका सबै आवश्यक प्राविधिक कार्यहरू सम्पन्न भइसकेका छन्। अनुमानित लागत २६ अर्ब रुपैयाँ रहेको खेलग्राममा क्रिकेट रंगशाला मात्र ५० हजार दर्शक क्षमताको हुनेछ। खेलग्राममा क्रिकेट रंगशालासहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एन्ड फिल्ड, स्पोर्ट्स म्युजियम, तथा विभिन्न खेलकुद आयोजना गर्न सकिने मल्टिस्पोर्ट्स हल लगायतका पूर्वाधार रहनेछन्।
https://youtu.be/Sdz8g1tcJfU