20/07/2026
आदरणीय सहयोगी महानुभावहरू,
‘दिनेश अधिकारी बचाऔँ अभियान’ मा यहाँहरूले गर्नुभएको अमूल्य सहयोगप्रति हामी हार्दिक आभारी छौँ। 🙏
यहाँहरूले गर्नुभएको सहयोगको पारदर्शिता र उचित अभिलेख कायम राख्न हामीले सक्दो प्रयास गरिरहेका छौँ। सोही क्रममा, सहयोग गरिसक्नुभएका सम्पूर्ण महानुभावहरूलाई कृपया आफ्नो नामसहितको भुक्तानीको स्क्रिनसट वा रसिद यसै पेजको Messenger मार्फत पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
(हामीलाई जानकारी दिई सक्नु भएका महानुभावहरूले नपठाउँदा हुन्छ!)
यसले सहयोग संकलन विवरणलाई व्यवस्थित र पारदर्शी बनाउन हामीलाई सहयोग पुग्नेछ।
तपाईंहरूको निरन्तर साथ, सहयोग र सद्भावप्रति पुनः हार्दिक धन्यवाद। 🙏
-Admin, UJK
19/07/2026
🚨 हार्दिक सहयोगको अपिल 🙏
हाम्रो क्लबका पूर्वखेलाडी एवम् सदस्य श्री दिनेश अधिकारी सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको र हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत रहनुभएको कुरा सम्पूर्णमा जानकारी गराउँदछौँ।
उहाँको उपचारका लागि तत्काल ठूलो आर्थिक सहयोग आवश्यक परेको हुँदा यस कठिन परिस्थितिमा उहाँको उपचारमा सहयोग पुर्याउन सम्पूर्ण सहयोगी मन भएका महानुभावहरू, स्थानीयवासी, शुभेच्छुक तथा खेलप्रेमीहरूमा आफूले सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ। 🙏
तपाईंहरूको सानो–सानो सहयोगले पनि उहाँको उपचारमा ठूलो योगदान पुर्याउन सक्छ। यस कठिन घडीमा दिनेश अधिकारीज्यू र उहाँको परिवारलाई साथ दिऔँ। 🤝
📩 सहयोग गरिसक्नुभएका सम्पूर्ण महानुभावहरूलाई आफ्नो भुक्तानीको रसिद/स्क्रिनसट यसै पेजको Messenger मार्फत पठाइदिनुहुन अनुरोध गर्दछौँ।
14/11/2025
Learning, growing, evolving: the journey of our young, passionate football players.
25/03/2025
🅼🅰🆃🅲🅷🅳🅰🆈
Its Malaysia vs Nepal in the AFC Asian Cup Qualifiers match.
KO at 7:45 pm NST.
Live on Action Sports.