07/04/2026
आज २०८२ चैत्र २४ गते मंगलबार, माननीय युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, प्रतिनिधि सभा सदस्यहरू आनन्द चन्द र के.पी. खनाल, तथा युवा राजनीतिज्ञ भूपदेव शाह सहितको टोलीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम को स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा फाप्ला परियोजनालाई राष्ट्रिय गौरवको आयोजना का रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। मन्त्री पोखरेलले जग्गा प्राप्ति, DPR, EIA लगायतका प्राविधिक प्रक्रिया पूरा भई Project Bank मा समावेश भइसकेको उल्लेख गर्दै यसलाई सरकारले विशेष प्राथमिकतामा राख्ने बताएका छन्।
साथै, यस परियोजनालाई पर्यटन र आर्थिक विकासका लागि ‘Game Changer’ मान्दै निर्माण कार्य छिट्टै अघि बढ्नेमा विश्वास व्यक्त गरिएको छ।
28/03/2026
24/03/2026
23/03/2026