26/05/2026
लोकप्रिय फुटबलर सावित्रा भण्डारी 'साम्बा' लाई जन्मदिनको हार्दिक शुभकामना ।💐
Lets Support Nepali Football Team. Win Loose or Tie Nepali Football Fan Till we die!! जय नेपाल !!
26/05/2026
लोकप्रिय फुटबलर सावित्रा भण्डारी 'साम्बा' लाई जन्मदिनको हार्दिक शुभकामना ।💐
20/05/2026
भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि तयारी गर्दै हेड कोच नवीन न्यौपानेको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ।👣🏆❤️⚽
All Nepal Football Association-ANFA
All Nepal Football Association-ANFA Sabitra Bhandari Khelkud Nepal B***n Shah Nepali Football Team
19/05/2026
ARSENAL WIN THE PREMIER LEAGUE 🏆 22 Years Long Wait is Over for Arsenal ❤️
26/04/2026
जन्मदिनको हार्दिक शुभकामना प्रधान मन्त्री B***n Shah ज्यू! 🎂 तपाईंको नेतृत्व, सोच र देशप्रतिको समर्पणले धेरैलाई प्रेरणा दिएको छ। स्वास्थ्य, सफलता र दीर्घायुको कामना। 🇳🇵🙏
***nshah
26/04/2026
पासपोर्ट कालोसूचीमा, विदेश जान रोक —
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ।
अध्यागमन विभागका अनुसार शुक्रबार प्राप्त निवेदनका आधारमा उनीहरूको पासपोर्ट कालोसूचीमा राखिएको हो।
यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फाको विषयमा छानबिन गर्न कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको थियो।
सोही समितिले आर्थिक विषयमा छानबिन गर्न भन्दै २४ जनाको पासपोर्ट कालोसूचीमा राख्न पत्राचार गरेको हो।
उक्त पत्र युवा तथा खेलकुद मन्त्रालय हुँदै गृह मन्त्रालय पुगेको थियो।
त्यसपछि गृह मन्त्रालयबाट अध्यागमन पत्र पुगेपछि पासपोर्ट कालोसूचीमा राखिएको हो।
पासपोर्ट कालोसूचीमा परेकाहरूलाई विदेश जान रोक लगाइएको छ। l हेर्नुहोस् र प्रतिक्रिया दिनुहोला l
15/04/2026
Big News: Nepali PM B***n Shah Listed in “The 100 Most Influential People of 2026” by Time Magazine 😮
31/03/2026
मन्त्री पोखरेल भन्छन् -'नेपालको खेलकुद क्षेत्रमा अहिले देखिएको मुख्य समस्या सानो उमेरबाटै खेलाडी उत्पादन हुन नसक्नु हो, अब खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्छौं ।'😮
27/03/2026
Happy Ram Nawami to all: राम नवमीको सबैलाई शुभकामना! ❤️🙏🏻
27/03/2026
रास्वपाका वरिष्ठ नेता बालेन शाह आज प्रधानमन्त्री बन्ने दिन । उनले मध्याह्नको १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिनेछन् भने दिउँसो २:१५ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछन् । 💐
23/02/2026
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को भावुक अपिल !
आर्थिक रुपमा आजसम्म आर्जन नगरेको रकम उपचारका लागि आवश्यक परेको भन्दै यस्तो लेखिन ;
नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको 'साम्बा'
यहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदानबाहिर छु । सोचेजस्तो हुन्थ्यो भने अहिले म चोटको शल्यक्रिया गरेर फिजियो सुरु गरेको केहि समय बितिसक्ने थियो । तर अझैपनि म उपचारको लागि भौतारिएको छु ।
मेरो घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ । यसका लागि मैले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा मेरो उपचारमा सम्पूर्ण व्यवस्थापन र सहयोग भएको थियो । त्यसबेला आर्थिक र मानसिक रुपमा मलाई कुनै समस्या थिएन, जसकारण मैले समयमा पुनरागमन गर्दै मैदान फर्कन सकें ।
तर यसपटक एन्फा नेतृत्वबाट वाचा गरेको सहयोग पनि पाइएन । चोट लागेको ३ सातापछिको लागि क्लबको पहलमा शल्यक्रिया मिति तोकिएको भएपनि एन्फाले आफ्नो तर्फबाट प्रयास गर्ने बतायो । तर सो अनुसार एन्फाबाट प्रक्रिया अघि बढेन । मैले पटक पटक प्रयास गर्दापनि वहाँहरुलाई सम्पर्क गर्न कठिन भयो । अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । वहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ ।
यसबीचमा क्लबले मलाई न्युजिल्यान्डकै स्थानीय अस्पतालमा उपचार गर्न तयार रहेको बताइरहेको छ । तर मेरो चोट गम्भीर रहेको र पछिल्लो पटक कतारको अस्पेटारमा गरिएको उपचार उच्च स्तरको रहेकाले मैले पुन: सोहि अस्पतालमा उपचार गराउने इच्छा राखेको हुँ । क्लबले विमाबाट प्राप्त रकम मेरो लागि निकासा गरिदिने भएको छ । तर उक्त रकम मेरो शल्यक्रिया र ७-८ महिना रिह्याबका लागि अपुग हुने भएकाले आम समर्थकमाझ सहयोग माग्न आइपुगेको छु । यसका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने प्रारम्भिक आँकलन रहेको छ ।
म बाहिर रहेकाले सरकारसमक्ष पनि मेरो प्रतिनिधित्व गर्दै उपचारका लागि सहयोगको प्रयास भएका छन् । तर सरकारी प्रक्रिया अपेक्षा गरेअनुसार अघि बढ्न नसक्दा मैले शल्यक्रिया नगरी भर गर्ने स्थिति रहेको छैन ।
मैले आफ्नो करियरमा सधैं कठिनाइहरूको सामना गर्नुपरेको छ, र हरेक पटक साहसका साथ त्यसलाई पार गरेको छु । यसपटक पुन: माथि उठ्न तपाईंको सहयोगको आवश्यकता परेको छ ।
मेरो लागि यो आफ्नो करियरको सबैभन्दा कठिन लडाइँ भएको छ । मैले यो अवस्था आउला भन्ने सोचेको पनि थिइनँ । आफ्नो अभिभावक मानेको एन्फाले पनि पछि हटेपछि मेरो साथ दिन आम समर्थकहरु नै हुनुहुन्छ । एन्फाभित्र म क्लबको लागि खेल्दा चोट लागेको भन्ने तर्क सुन्दा म आफैं निराश भएको छु । तर मैले देशको लागि सधैं शत प्रतिशत दिएको छु र आउने दिनमा पनि देशको लागि खेल्न तत्पर छु । इजरायल होस् या फ्रान्स, मैले सधैं नेपालकै नाम राखेको महसुस भएको छ । यहाँ न्युजिल्यान्ड र अष्ट्रेलियामा खेल्दापनि मैले व्यक्तिगत भन्दापनि राष्ट्रको पहिचान बोकेको ठानेको छु ।
आर्थिक रुपमा मैले आजसम्म आर्जन नगरेको रकम यो उपचारका लागि आवश्यक परेको छ । त्यसैले नै म आज यहाँहरुमाझ सहयोगको याचना गरिरहेको छु । आशा छ मेरो उपचारका लागि आवश्यक सहयोग चाडैं जम्मा हुनेछ । र म राष्ट्रिय टोलीको कप्तान, जो युरोपमा पुगेर खेलेको छु, मैले यो परिस्थितिको सामना गर्नुपर्छ भने सोच्नुहोस अरुको अवस्था के होला? मैले यसबारे निरन्तर आवाज पनि उठाउँदै आएको छु, तर नियतिले पुन: एकपटक मलाई नै यो अवस्थामा ल्याएको छ ।
मलाई सहयोग गर्न नेपालमा रहनुहुनेले तल राखिएको QR वा बैंक मार्फत सहयोग गर्नुहोला ।
विदेशमा रहनुहुनेले यो लिंकमा गएर सहयोग गर्नुहोला :
https://givealittle.co.nz/cause/support-sambas-surgery-stand-with-sabitra
यो चोटले मलाई शारीरिक र मानसिक रुपमा थकाएको छ, तर मलाई विश्वास छ म फर्कनेछु ।
थाकेको हो, हारेको छैन
पुन: एकपटक नेपालको जर्सी लगाएर मैदान फर्कनेछु ।
जय नेपाल!