30/09/2026
प्रिय गोठाटार बासीहरु,
हामी सधैझैँ यस सालको विजया दशमी तथा शुभ दीपावली २०८३ पावन अवसरमा भव्य फुटबल टुनामेन्टको आयोजना गर्दछौँ ।(Gothatar Festival Cup) कागेश्वरी मनोहरा नगरपालिका,गोठाटारमा वार्षिक रूपमा आयोजना हुने एक प्रमुख समुदाय-स्तरीय फुटबल तथा खेलकुद प्रतियोगिता हो। तपाई र तपाईंहरुको परिवारलाई हृदयदेखि यस टुनामेन्टको लागि स्वागत गर्दछौँ । हामी सबैलाई थाहा नै छ, यस फुटबल टुनामेन्टले हामी सबैको आत्मियता र आपसी समझदारी राम्रो बनाउँदै आएको छ । यसले सामुदायिक खेलकुदलाई प्रवर्द्धन गर्न स्थानीय युवा क्लबहरू, विद्यालयहरू र स्थानीय संस्थाहरूलाई एकत्र गर्दछ। सम्पुर्ण बुबा आमा, दाजु भाई तथा दिदी बहिनीहरुकोसहयोगको अपेक्षा गर्दछौँ ।
सुझाव र सहयोगको लागि निम्न फोन नम्बरमा सम्पर्क गरिदिनुहुनु अनुरोध गर्दछौँ ।
९८२६०७२६०५