Tharuhat

Tharuhat

Share

This page is belongs to tharu community, it is related to tharu culture,politices,film, model,festival,news,photos etc.

यस पेजको मुख्य उदेश्य थारुको परमपरागत सँस्कृत , रितिरिवाज , चालचलन , धर्म , उत्सव , चाडपर्व , समाचार , थारु सम्बन्धित समस्या आदि बारे जानकारी पोष्ट गर्दछ ।
यस पेज Tharu online media सँस्थासँग सम्बन्धित छ । साथै official दर्ता गरिएको छ ।
हाम्रो पेज अरु पेज भन्दा फरक किसिमको ब्यख्या गर्छौ । आफनो uniqueness कायम राख्ने प्रयास गर्छौ ।
हामीले गर्ने प्रमुख कार्यहरु यसप्रकारका छन ;

1 . थारु परमपरागत चाड

31/01/2026

मधेस प्रदेश सप्तरी जिल्ला क्षेत्र नम्बर एकमा रबिन्द्र चौधरी नै किन? किनभने उनी यहि माटोकोअर्ग्यानिक उत्पादन हुन्।दोस्रो ठुलो उनी लगभग ८०% प्रतिशत किसान बसोबास गर्ने किसानको छोरोहुन।किसान प्रतिनिधिहुन।थैलिशाह र नोकरशाहीदलाल पूजिबादका कट्टर दुश्मन हुन्। मार्क्सवादी दृष्टिकोणले ओतप्रोत कर्मठ योद्धा हुन्।तेस्रो उनी सँबिधानमा उल्लेखित कलष्टरका हिसाबले उनी आदिबासी थारु बहुल क्षेत्रका प्रतिनिधिपात्र हुनन ।चारित्रिक रुपले निषकलँकित बेदाग सादा जीवन सर्बहारा श्रमजीबि बर्गका रोलमोडेल हुन्।यहि कारणले नेपाली कम्युनिष्टपार्टीले सँबिधानको मर्मअनसार यो देश सबै बर्ग जाति क्षेत्र लिङ्ग र समुदायको साझा उद्स्येपूर्ति खातिर; कोहि लाखा पाखानपरुन भन्ना खातिर उमेदवार बनायको हो ।अत: आगामि फाल्गुण २१गते हुन गइरहेको निर्बाचनमा ताराछापमा मतदान गरि विजय बनाऔ!

Photos from Tharuhat's post 22/10/2025

थारु पहिरनमा बाल बालिकाहरु ।।
फोटो : अन्जली चौधरी ,दाङ देउखर

21/10/2025

🎉 Facebook recognized me as a top rising creator this week!

14/10/2025

संघर्षले गढेको व्यक्तित्व, लगनले चम्काएको नाम

नाम : रोहित चौधरी
पद : ब्रान्च सहायक प्रमुख

होटल पौवाको उज्यालो यात्राका अमूल्य रत्न रोहित चौधरी त्यस्ता व्यक्तित्व हुन् जसको जीवनकथा संघर्ष, समर्पण र आत्मबलले भरिएको छ । बाल्यकालमै आमाबुबा गुमाएर पनि परिवारको मुख्य सहारा बनेका चौधरीले कठिनाइलाई कहिल्यै हारको रूपमा लिएनन्, बरु अवसरमा रूपान्तरण गर्दै आफ्नै हातले सफल जीवनको कथा लेखे ।

विपन्नता र कठिन दिनका बीच पनि उनको आँट कहिल्यै कमजोर भएन । त्यही अदम्य साहस र दृढ इच्छाशक्तिले आज उनलाई होटल पौवाको गर्विलो पहिचान बनाएको छ । भावुक हुँदै चौधरी भन्छन्, "यदि आमाबुबाले आज मेरो यो अवस्था देख्न पाउनुहुन्थ्यो भने उहाँहरू साँच्चिकै सबैभन्दा खुसी हुनुहुन्थ्यो ।"

रोहित चौधरीको जीवन असफलताबाट उपलब्धिसम्मको एक प्रेरणादायी यात्रा हो, जहाँ पलपलको संघर्षले उनलाई अझ जिम्मेवार, आत्मविश्वासी र दृढ बनाएको छ । सपना साकार गर्न देशमै बसेर पनि असम्भव केही छैन भन्ने कुरा उनले सिद्ध गरेका छन् । र, अन्य युवाहरूलाई पनि देशभित्रै बसेर काम गर्न प्रेरित गरेका छन् ।

होटल पौवाको भविष्यको दृढ आधार बनेका उनी सबै कर्मचारी साथीका लागि प्रेरणाको स्रोत पनि हुन् । उनको लगन, निष्ठा र नेतृत्वले हामी सबैमा एउटा सन्देश दिन्छ – "सही दिशा, स्पष्ट लक्ष्य र निरन्तर प्रयासले हरेक सपना सम्भव हुन्छ ।"

हामी, पौवा परिवार रोहित चौधरीको सफलताको यात्राप्रति हृदयदेखि गर्व गर्छौं । सम्मानका साथ आगामी दिनको सफलताको शुभकामना प्रकट गर्छौ । साथ, सहयोग र आत्मीयतासहित हामी सधैं उनीसँगै रहन्छौं । र, गर्व गर्छौ पौवा परिवारका उनीजस्तै सम्पूर्ण कर्मनिष्ठ सदस्यमाथि ।

होटल पौवा – जहाँबाट आतिथ्यको सुरुवात हुन्छ ।

CALL:9857072504

10/10/2025

नेपालले फेरि देखायो —
साना देशको हिम्मत कति ठूलो हुन्छ भनेर! 💪
जय नेपाल 🇳🇵, जय क्रिकेट 🇳🇵🏏

09/10/2025

🔥 थारु अगुवा र युवाहरूलाई स्पष्ट चुनौती ✊

थारु परम्परागत पोशाक हाम्रो पहिचान हो, हाम्रो इतिहास हो, हाम्रो गर्व हो।
तर आजकल यसै पोशाकलाई मनोरञ्जन, फेसन र प्रदर्शनको नाममा विकृत गरिँदैछ, अपमान हुँदैछ —
👉 अनि हाम्रो अगुवा र सचेत युवाहरू किन चुप छन्?

📢 यो समय मौन बस्ने होइन, उठेर बोल्ने हो!
👉 थारु संस्कृतिको रक्षा गर्ने जिम्मेवारी नेतृत्व र युवाहरू दुवैको काँधमा छ।
👉 यदि आज हामीले बोल्यौंनौं भने भोलि हाम्रो पहिचान अर्काले परिभाषित गर्नेछ।

👉 म चुनौती दिन्छु —
थारु अगुवा र युवाहरू, अब वास्तविक नेतृत्व देखाउने बेला आएको छ।
संस्कृति बचाउन शब्द होइन, ठोस कदम चाहिन्छ।

Photos from Tharuhat's post 18/08/2025

⚽🏆 थारु विद्यार्थी सभा उपत्यकाद्वारा आयोजित थारु कप '6A Side फुटसल टुर्नामेन्ट २०२५' सफलतापूर्वक सम्पन्न🏆⚽
प्रतियोगिताको नतिजा :
Winner: आयोजक टिम B
1st Runner Up: Dynamite टिम

🏅 विशेष उपाधि :
श्रेष्ठ खेलाडी (Best Player): प्रवीण चौधरी (Dynamite टिम)
श्रेष्ठ गोलरक्षक (Best Goal Keeper): अनिश कुमार चौधरी (आयोजक टिम B)उच्च स्कोरर (High Scorer): सुसान्त चौधरी (आयोजक टिम)

यस प्रतियोगिताले युवाहरूमा खेलप्रति रुचि जागृत गर्नुका साथै आपसी भाईचाराको सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्ने विश्वास लिएका छौं।

🙏 पुनः विजेता आयोजक टिमलाई हार्दिक बधाई तथा प्रथम उपविजेता Dynamite टिमलाई आगामी दिनहरूमा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना।
#आयोजकथारुविद्यार्थीसभाउपत्यका
#फुटबलप्रतियोगिता२०२५

Photos from Tharuhat's post 03/08/2025

एसईई सम्मान कार्यक्रममा छुटेका सहयोगीलाई सम्मान!!
आज मिति २०८२/०४/१७ गते थारु बिद्यार्थी सभाले एक विशेष कार्यक्रमको आयोजना गरी यसअघिको एसईई सम्मान कार्यक्रममा छुटेका सहयोग दाता, मिडिया पार्टनर, र बुद्धिजीवीहरूलाई सम्मान गरेको छ। थारु कल्याणकारी सभाका अध्यक्ष श्री प्रेमिलाल चौधरीको प्रमुख आतिथ्य र थारु विद्यार्थी सभाकी अध्यक्ष श्री सुशीला चौधरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याएका व्यक्ति तथा संस्थाहरूलाई कदर गरिएको छ।
यस सम्मान कार्यक्रमले थारु समुदायको शैक्षिक उन्नयनमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिने र उनीहरूको हौसला बढाउने उद्देश्य राखेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेमिलाल चौधरीले समुदायको विकासमा सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए। त्यसैगरी सभापति सुशीला चौधरीले भविष्यमा पनि यस्तै सहकार्यको अपेक्षा राखेको बताइन्।
यस प्रकारको सम्मान कार्यक्रमले सहयोगी भावनालाई प्रोत्साहन गर्नुका साथै समुदायका विभिन्न पक्षलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
📷️ Ray Tharu tharu

07/07/2025
Photos from Tharuhat's post 29/06/2025

नेपालले एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा लाओसलाई पराजित गर्दै प्रभावशाली सुरुवात गरेको छ। खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।

खेलको सुरुवातदेखि नै नेपालले आक्रामक रणनीति अपनाएको थियो र पहिलो हाफमै अग्रता लिन सफल भयो। टोलीको समन्वय, पासिङ र गोल गर्ने क्षमताले लाओसलाई दबाबमा राख्यो। नेपाली खेलाडीहरूको जोश, फिटनेस र रणनीतिक खेलले जित सुनिश्चित गर्यो।

यो जितले नेपाललाई समूह चरणको शीर्ष स्थानतर्फ अगाडि बढ्न मद्दत गर्नेछ र आगामी खेलहरूमा थप आत्मविश्वास दिनेछ। प्रशिक्षक, खेलाडी र समर्थकहरू सबैले यो नतिजालाई सकारात्मक सुरुवातको रूपमा लिएका छन्।

अब नेपालले आगामी खेलमा पनि यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ, जसले एएफसी महिला एसियन कपको मुख्य चरणमा पुग्ने सम्भावना बढाउनेछ।
फोटो साभार: ANFA

29/06/2025

७ वर्षिय आसिका सरदार मृत फेला।।
घाँटी न्याकेर मारिएको स्रोतले खुलाएको छ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu