Khel hub खेल हब

Khel hub खेल हब

共有する

Media/news company

01/09/2026

ढाँट सर्टपछि सुर्धिएर कासिब !
रोड टु यूएफसीको सेमिफाइनलमा नेपालका रविन्द्र ढाँटसँग पराजित भएका न्यूजिल्याण्डका कासिब मर्डोकले अन्तत आफ्नो इन्स्ट्राग्रामको बायो चेन्ज गरेका छन् । फाइट अघि नेपालको राजा हुँ भन्दै बायोमा नेपालका झण्डा राखेका थिए । आफू अपराजित फाइटर भएको भन्दै बायोमा उल्लेख गरेका थिए । तर अहिले उक्त बायो चेन्ज गर्दै नेपालको झण्डा हटाएका छन् । करिअर रेकर्ड ८–१ रहेको लेखेका छन् ।

31/08/2026

मेसीले लिए सन्यास !
अर्जेन्टिनाका ३९ वर्षीय लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । मेसीले राष्ट्रिय टोलीबाट १९० भन्दा बढी खेलमा ११० भन्दा बढी गोल गर्दै अर्जेन्टिनालाई २०२२ को फिफा विश्वकप र २०२१ तथा २०२४ को कोपा अमेरिका जिताएका थिए । आठ पटकका बालोन डीुओर विजेता मेसीले अर्जेन्टिनाबाट आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेको समाचारमा उल्लेख छ ।

31/08/2026

बाढीपीडितका लागि ८२ लाखभन्दा बढीको औषधि सहयोग
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्माल्याबले नेपाल सरकारलाई रु। ८२ लाख ५१ हजार ७५० बराबरको औषधि सहयोग गरेको छ।कम्पनीले प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत आवश्यक औषधि उपलब्ध गराउने जनाएको छ। साथै, स्वास्थ्य उपचारका लागि थप उपकरण तथा औषधि आवश्यक परे सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

31/08/2026

रविन्द्रले यसरी जित्नेछन् फाइनल, ताजिमा कति खतर*नाक ?

31/08/2026

सन्दीपको दमदार प्रदर्शन !
एसीसी प्रिमियर कपमा नेपाली कप्तान सन्दीप लामिछानले शानदार प्रदर्शन गरेका छन् । बहराइन विरुद्धको खेलमा उनले मात्रै १४ रन खर्चिएर पाँच महत्वपूर्ण विकेट लिए । खेल नेपालले सात विकेटले जितेको छ ।

31/08/2026

पर्दा पछाडिका हिरो—दिवाज पिया लामा
अक्टागनभित्र रवीन्द्र ढाँट मुक्का प्रहार गर्छन्, विपक्षीमाथि दबाब बनाउँछन् र जितका लागि लड्छन्। तर उनलाई यो स्तरसम्म पुर्‍याउन पर्दा पछाडि निरन्तर खटिने व्यक्ति हुन्-दिवाज पिया लामा । रवीन्द्रका प्रशिक्षक तथा व्यवस्थापक दिवाजले उनलाई हरेक कठिन मोडमा हौसला, सही मार्गदर्शन र मेहनत गर्ने वातावरण दिँदै आएका छन् । आज रवीन्द्र नेपाली MMA का चम्किला स्टार बनेका छन् भने त्यसको पछाडि उनको प्रतिभासँगै दिवाजको मिहिनेत र योगदान पनि उत्तिकै महत्वपूर्ण छ । रवीन्द्र अक्टागनका हिरो हुन्, तर उनको सफलताको पर्दा पछाडिका हिरो—दिवाज पिया लामा ।

31/08/2026

एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले हराएको हो । कप्तानले लामिछानेले ५ विकेट लिएपछि बहराईन ८७ रनमा अलआउट भएको थियो । उक्त लक्ष्य नेपालले २१ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

31/08/2026

कर्णाली शिवराजले भित्र्यायो पोल्यान्डका एमिलियन
नेपाल भलिबल लिग एनभीएलको फ्रेन्चाइज टोली कर्णाली शिवराजले विदेशी खेलाडीका रूपमा पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई भित्र्याएको छ। कर्णाली शिवराजले अनुबन्ध गरेका एमिलियन टोलीका पहिलो विदेशी खेलाडी हुन्। एनभीएलका लागि टोलीलाई थप बलियो बनाउने क्रममा कर्णाली शिवराजले एमिलियनलाई अनुबन्ध गरेको हो।

31/08/2026

रविन्द्रको फाइनलका लागि सरकारले के गर्नुपर्छ ?

31/08/2026

एसिसी प्रिमियर कपमा नेपालले अहिले बहराइनसँग खेलिरहेको छ । नेपालले पहिले बलिङ गरिरहेको छ । प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको नेपालले आज विजयी सुरुवात गर्ने लक्ष्य राखेको छ ।

あなたの事業をジム/スポーツ施設のトップリストOsakaにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

電話番号

ウェブサイト

住所

Osaka, Osaka
44600