Tokha Bhagwati Taekwondo Dojang-TBC

Tokha Bhagwati Taekwondo Dojang-TBC

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tokha Bhagwati Taekwondo Dojang-TBC, Martial Arts School, Tokha Ganesthan, Tokha, Kathmandu.

Photos from Tokha Bhagwati Taekwondo Dojang-TBC's post 30/07/2026

नेपालको प्रतिनिधित्व गर्दै थाइल्याण्ड 🇹🇭 को बैंककमा आयोजना हुन गइरहेको Heroes International Taekwondo Championship मा सहभागिता जनाउन प्रस्थान गर्नुभएकी हाम्रो क्लबकी सिनियर खेलाडी खुसी जोशी लाई हार्दिक शुभयात्रा तथा सफलताको मंगलमय शुभकामना।
तपाईंको आत्मविश्वास, अनुशासन र अथक मेहनतले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव अझ उँचो बनाओस्। उत्कृष्ट प्रदर्शन गर्दै पदकसहित स्वदेश फर्किनुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ।

शुभयात्रा, शुभकामना र सफलताको हार्दिक कामना! 💐🏅

26/07/2026
15/06/2026

Happy Birthday! May your life be filled with discipline, confidence, and countless victories
both on and off the mat.

08/02/2026

वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न 🏆

Hrit Taekwondo Dojang को आयोजनामा,
काठमाडौँ महानगरपालिका वडा नं. ३ को सहयोगमा
तथा Hrit International School & College को सहकार्यमा
आयोजना गरिएको वडा अध्यक्ष कप तेक्वान्दो प्रतियोगिता २०८२ मा
Tokha Bhagwati Taekwondo Dojang Team प्रथम स्थान हासिल गर्न सफल भएकोमा
हामी सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।

यस प्रतियोगितामा सहभागी भएका सम्पूर्ण खेलाडीहरूलाई
अनुशासन, समर्पण र खेलभावनाको उत्कृष्ट प्रदर्शनका लागि
विशेष धन्यवाद तथा हार्दिक बधाई व्यक्त गर्दछौँ।

Tokha Bhagwati Taekwondo Dojang

Photos from Tokha Bhagwati Taekwondo Dojang-TBC's post 30/08/2025

🏅 हार्दिक बधाई 🎉

Tokha Bhagwati Taekwondo Dojang की मेहनती खेलाडी खुशी जोशी लाई चौथो NTA League Championship 2082 मा Poomsae विधामा ३६ जना प्रतिस्पर्धीलाई पछि पार्दै रजत पदक हासिल गर्न सफल भएको उल्लेखनीय उपलब्धिका लागि हार्दिक बधाई तथा शुभकामना 🙏🥋।

यो सफलता निरन्तर मेहनत, लगनशीलता र अनुशासनको परिणाम हो। आगामी दिनमा अझ धेरै उपलब्धि हासिल गर्दै देश र डोजाङलाई गौरवान्वित बनाउनुहुनेछ भन्ने विश्वास राख्दछौं 🇳🇵✨।

Photos from Tokha Bhagwati Taekwondo Dojang-TBC's post 11/08/2025

टोखा भगवती तेक्वान्दो दोजाङकी senior खेलाडी श्री सरिना गुरूङ
आज अध्ययनको लागि अमेरिका प्रस्थान गर्न लाग्नु भएको अवसरमा, हामी उहाँको उत्तम स्वास्थ्य, सफल शैक्षिक यात्रा तथा उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

दोजाङमा रहँदा दिनु भएको महत्वपूर्ण योगदान र सहयोगको हामी उच्च मूल्याङ्कन गर्दछौं र आगामी दिनमा पनि यसै गरी निरन्तर सहयोगको अपेक्षा गर्दछौं।

शुभ यात्रा तथा उज्ज्वल भविष्यको लागि शुभकामना।

10/07/2025

गुरुपूर्णिमा जस्तो पवित्र अवसरमा
तपाईंहरू सबैलाई हाम्रो तर्फबाट हार्दिक शुभकामना र आभार!

आज तपाईंहरूले जुन श्रद्धा, अनुशासन र सम्मानका साथ
गुरुहरूलाई सम्मान गर्नुभयो,
त्यसले हाम्रो डोजाङमा रहेको तेक्वान्दोको साँचो भावना –
आदर, प्रयास र ईमानदारी झल्काएको छ।

🥋 तेक्वान्दो केवल लात र मुक्का होइन –
यो बलियो शरीर, एकाग्र मन,
र दयालु मन बनाउने यात्रा हो।

साँचो तेक्वान्दो खेलाडी शरीर मात्र होइन, मनबाट पनि झुकेर सम्मान गर्दछ।
लगातार सिकिरहनुहोस्, सुधारिरहनुहोस्, चम्किरहनुहोस्।

10/07/2025

आज तपाईंहरूले जुन श्रद्धा, अनुशासन र सम्मानका साथगुरुहरूलाई सम्मान गर्नुभयो,त्यसले हाम्रो डोजाङमा रहेको तेक्वान्दोको साँचो भावना –आदर, प्रयास र ईमानदारी झल्काएको छ।🥋 तेक्वान्दो केवल लात र मुक्का होइन –यो बलियो शरीर, एकाग्र मन,र दयालु मन बनाउने यात्रा हो।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Tokha Ganesthan, Tokha
Kathmandu
44600