Khel Nepal

Website

Khel Nepal Well Come to My Khel Nepal page

उपाधि जितेपछि भावुक भइन् कप्तान इन्दु वर्मा क्यानडामा आयोजित Canada Super 60 प्रतियोगितामा आफ्नो टिम Toronto Sixers लाई ...
04/10/2026

उपाधि जितेपछि भावुक भइन् कप्तान इन्दु वर्मा क्यानडामा आयोजित Canada Super 60 प्रतियोगितामा आफ्नो टिम Toronto Sixers लाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि नेपाली टोलीकी कप्तान इन्दु वर्मा अत्यन्तै भावुक बन्नुभएको छ। अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुमेपछि खुसी र भावुक मुद्रामा उहाँले भन्नुभयो: "हो, उत्कृष्ट टिम! हामीले राम्रो प्रयास गर्यौँ र नतिजा यहाँ छ... हामी पुनः एकपटक च्याम्पियन बनेका छौँ। त्यसैले म यो टिमप्रति धेरै गर्व गर्छु र म धेरै खुसी छु। यो मेरो लागि निश्चित रूपमा धेरै खास क्षण हो किनभने ठूला खेलाडीहरूविरुद्ध खेल्नु मेरो एउटा सपना थियो।"

नेपाली क्रिकेट फ्यानहरू र सपोर्ट गर्ने सम्पूर्ण टिमलाई #सम्झिँदै उहाँले थप्नुभयो: क्यानाडा सुपर ६० र टोरोन्टो सिक्सर्सलाई धेरै-धेरै धन्यवाद, जसले मलाई नेपाल क्रिकेटको प्रतिनिधित्व गर्ने यस्तो अवसर दिनुभयो। म मेरो सम्पूर्ण टिमप्रति धेरै गर्व गर्छु र नेपालमा घरमा रहेका सबैले मलाई सहयोग/सपोर्ट गर्नुभएको छ। सबै प्रशंसकहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु, र नेपाली महिला क्रिकेटलाई यसरी नै सहयोग/सपोर्ट गरिरहनुहोला। सबैजनालाई धेरै-धेरै धन्यवाद।"

नेपाली क्रिकेट र खेलाडीहरूका लागि यो साँच्चै नै ऐतिहासिक र गर्वको क्षण हो! कप्तान इन्दु वर्मा र सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा निरन्तर सफलताको शुभकामना!

नेपाली क्याप्टेन इन्दु बर्माको अलरान्डर pखेलसँगै तोरोन्टो Sixes बन्यो Canada Sixes को च्याम्पियन! फाइनल खेलमा इन्दुले १४...
04/10/2026

नेपाली क्याप्टेन इन्दु बर्माको अलरान्डर pखेलसँगै तोरोन्टो Sixes बन्यो Canada Sixes को च्याम्पियन! फाइनल खेलमा इन्दुले १४ बलमा १८ रन बनाउनुका साथै बलिङतर्फ १ विकेट र १ उत्कृष्ट रन आउट गर्दै टिमलाई ६ विकेटको जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलिन्। बधाई छ इन्दु र सम्पूर्ण तोरोन्टो Sixes टोलीलाई!

इन्दुको प्रदर्शन:
१४ बलमा १८ रन
१ विकेट
१ रन आउट
टिमको ६ विकेटको सानदार जित!

नेपाली कप्तान इन्दु बर्माको क्यानाडा सुपर ६० को फाइनलमा दमदार बलिङ र रन-आउट प्रदर्शन!  अलराउण्ड प्रदर्शन गरेकी उनको टोलि...
04/10/2026

नेपाली कप्तान इन्दु बर्माको क्यानाडा सुपर ६० को फाइनलमा दमदार बलिङ र रन-आउट प्रदर्शन! अलराउण्ड प्रदर्शन गरेकी उनको टोलि दोस्रो इनिङ्स सुरु हुनुअघि उनको टोली टोरन्टो सिक्सर्सलाई जितका लागि ८५ रनको लक्ष्य प्राप्त भएको छ।

टोरन्टो सिक्सर्सबाट खेलिरहेकी इन्दुले बलिङतर्फ २ ओभरमा २८ रन दिएर १ विकेट लिइन्। बलिङका साथै उनले फिल्डिङमा पनि महत्वपूर्ण योगदान दिँदै विपक्षी टोलीका ब्याटरलाई रन-आउट गराइन्।

८५ रनको विजयी लक्ष्य पछ्याउन मैदान उत्रिन लागेको टोरन्टो सिक्सर्सका लागि अब ब्याटिङ इनिङ्स निर्णायक हुनेछ। इन्दुको यो प्रदर्शनले टोलीलाई च्याम्पियन बन्ने दिशामा राम्रो लय प्रदान गरेको छ।

NPL S3 की प्रस्तोता एवं Host यशा सागर WCL मा भारत र अष्ट्रेलिया बीचको खेलको माहोल बुझ्न दर्शकदीर्घामा! उहाँले रंगशालामा ...
03/10/2026

NPL S3 की प्रस्तोता एवं Host यशा सागर WCL मा भारत र अष्ट्रेलिया बीचको खेलको माहोल बुझ्न दर्शकदीर्घामा! उहाँले रंगशालामा उपस्थित भारतीय र अष्ट्रेलियाली प्रशंसकहरूसँग खेलको रोमान्चकताबारे रमाइलो कुराकानी गर्नुभयो।

NPL को लागि उहाँको उपस्थितिलाई लिएर तपाईं कतिको उत्साहित हुनुहुन्छ? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्!

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउन्डर सोमपाल कामी र उहाँकी धर्मपत्नी मौलाकाली मन्दिर दर्शनका क्रममा! अत्यन्...
03/10/2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउन्डर सोमपाल कामी र उहाँकी धर्मपत्नी मौलाकाली मन्दिर दर्शनका क्रममा! अत्यन्तै अनुशासित, शालीन र मिलनसार यो सुन्दर जोडीको जीवनमा सधैँ खुसी र सफलताको बास होस्। मौलाकाली माताले उहाँहरूले चिताएको, सोचेको र आँटेको हरेक चाहाना तथा इच्छा पूरा गरिदिऊन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ!

कर्णाली याक्सको ट्यालेन्ट हन्ट सुर्खेतमा जे देखियो
03/10/2026

कर्णाली याक्सको ट्यालेन्ट हन्ट सुर्खेतमा जे देखियो

BOOM! जनकपुर बोल्ट्सको धमाका! NPL को आगामी सिजनका लागि जनकपुर बोल्ट्सले इंग्ल्यान्डका विश्वविख्यात स्टार अलराउन्डर मोइन ...
03/10/2026

BOOM! जनकपुर बोल्ट्सको धमाका! NPL को आगामी सिजनका लागि जनकपुर बोल्ट्सले इंग्ल्यान्डका विश्वविख्यात स्टार अलराउन्डर मोइन अली (Moeen Ali) लाई टोलीमा अनुबन्ध गर्दै ठुलो सरप्राइज दिएको छ!

IPL (CSK/RCB), BPL, PSL, ILT20, BBL र The Hundred जस्ता विश्वभरका शीर्ष फेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छोडिसकेका मोइन अलीको आगमनले जनकपुर बोल्ट्स मात्र होइन, सिङ्गो नेपाल र NPL को उचाइलाई अझ माथि पुर्‍याएको छ।

जनकपुर बोल्ट्सले मोइन अलीका साथै अन्य उत्कृष्ट अन्तर्राष्ट्रिय स्टारहरूहरुमा
न्युजिल्यान्डका आक्रामक अलराउन्डर जिमि निसम, पाकिस्तानका विष्फोटक फिनिसर र अलराउन्डर
इफ्तिकार अहमद,टोलीको नेतृत्व USA का अलराउन्डर हरमित सिंहले गर्नेछन ।

टोलीमा मोइनको उपस्थिति अत्यन्तै महत्त्वपूर्ण रहनेछ; जहाँ उनले मध्यक्रममा आएर पावर-हिटिङमार्फत खेलको पासा पल्टाउने आक्रामक ब्याटिङ गर्नेछन् भने पावरप्ले र मिडल ओभर्समा रनको गति रोक्दै विकेट निकाल्न सक्ने चतुर अफ-स्पिन बलिङ प्रस्तुत गर्नेछन्। साथै, T20 विश्वकप र IPL विजेता टोलीको सदस्यका रूपमा उनीसँग रहेको विशाल अनुभव र च्याम्पियन मेन्टालिटीले युवा नेपाली खेलाडीहरूका लागि बहुमूल्य मार्गदर्शनको काम गर्नेछ।

मोइन अलीको यो आगमनले जनकपुर बोल्ट्सको टोलीलाई झनै सन्तुलित र खतरनाक बनाएको छ। के यो सिजन जनकपुर बोल्ट्सले ट्रफी उचाल्ला?

नेपाली कप्तान इन्दु बर्माको क्यानडा T10 एलिमिनेटरमा धमाकेदार बलिङ! उनको उत्कृष्ट प्रदर्शनसँगै टोली फाइनलमा प्रवेश गरेको ...
03/10/2026

नेपाली कप्तान इन्दु बर्माको क्यानडा T10 एलिमिनेटरमा धमाकेदार बलिङ! उनको उत्कृष्ट प्रदर्शनसँगै टोली फाइनलमा प्रवेश गरेको छ।
२ ओभरमा मात्र १३ रन दिएर १ महत्त्वपूर्ण विकेट लिएर उत्कृष्ट प्रदर्शनका साथ भ्यान्कुभर टोलीलाई पराजित गर्दै टिम ९ विकेटले विजयी भएको छ। अब टोली आगामी उपाधि भिडन्त फाइनलको लागि तयार छ

कर्णाली याक्सको टोली 'ट्यालेन्ट हन्ट' का लागि सुर्खेत पुगिसकेको छ। यदि तपाईँमा क्रिकेटको प्रतिभा र ठूलो मञ्चमा पुग्ने सप...
02/10/2026

कर्णाली याक्सको टोली 'ट्यालेन्ट हन्ट' का लागि सुर्खेत पुगिसकेको छ। यदि तपाईँमा क्रिकेटको प्रतिभा र ठूलो मञ्चमा पुग्ने सपना छ भने, यो तपाईँका लागि एउटा उत्कृष्ट अवसर हुन सक्छ।

यदि तपाईँसँग प्रतिभा, लगाव र कर्णालीको प्रतिनिधित्व गर्ने भोक छ भने जानुहोस र आफ्नो क्षमता देखाउनुहोस्

संगीत क्षेत्रबाट खेलकुदको मैदानसम्म! गायिका रचना रिमालको उत्साह हेर्दा लाग्छ यसपालि विराटनगर किङ्स नै च्याम्पियन बन्नेछ!...
02/10/2026

संगीत क्षेत्रबाट खेलकुदको मैदानसम्म!
गायिका रचना रिमालको उत्साह हेर्दा लाग्छ यसपालि विराटनगर किङ्स नै च्याम्पियन बन्नेछ!

के तपाईँ रचनाको यो दाबीसँग सहमत हुनुहुन्छ? तपाईँ कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ?

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Khel Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share