Nepali Sports

Nepali Sports

Share

नेपाली खेलकुद सम्बन्धि ताजा अप्डेटका लागि लाईक/फ्लो गरेर हामी (Nepali Sports) सँग जोडिनु होला ! Thank You !!

01/09/2026

रोड टु यूएफसीको सेमिफाइनलमा पराजित भएपछि भारतका फाइटर चुङग्रेन कोरेन भन्छन् - ''यसपटक हाम्रो देशको सपना पूरा गर्न नसक्दा म निकै निराश छु। मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ, तर कहिलेकाहीँ नतिजा हामीले चाहेअनुसार हुँदैन। यो यात्राका क्रममा तपाईंहरूले दिनुभएको हरेक सन्देश, प्रार्थना, माया र साथका लागि म हृदयदेखि नै आभारी छु। यो अन्त्य होइन। यसबाट सिकेर अझ बलियो भएर फर्किनेछु र तपाईंहरू सबैलाई गर्व महसुस गराउन निरन्तर मेहनत गरिरहनेछु। मेरो यात्रामा सधैँ साथ दिनुभएकोमा धन्यवाद।''

चुङग्रेन गत शुक्रबार सांघाईमा भएको सेमिफाइनलमा जापानका रियो ताजिमासँग पराजित भएका थिए। यस हारसँगै चुङग्रेन फाइनल पुग्न असफल भए भने जापानका ताजिमाले फाइनलमा प्रवेश गरे।

01/09/2026

नेपाल ‘ए’ ले अस्ट्रेलियामा खेल्ने ३ एकदिवसीय खेलको तालिका सार्वजनिक

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टोलीले टप एन्ड टी–२० सिरिजपछि अब बलिया घरेलु तथा आमन्त्रित टोलीसँग तीनवटा एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। डार्विनमा हुने एकदिवसीय खेलमा नेपाल ‘ए’ ले अस्ट्रेलियाका टास्मानिया र साउथ अस्ट्रेलिया तथा न्युजिल्यान्ड ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल ‘ए’ को एकदिवसीय खेल तालिका यस्तो छ :

सेप्टेम्बर २ (बुधबार) — नेपाल ‘ए’ विरुद्ध टास्मानिया
सेप्टेम्बर ४ (शुक्रबार) — नेपाल ‘ए’ विरुद्ध साउथ अस्ट्रेलिया
सेप्टेम्बर ६ (आइतबार) — नेपाल ‘ए’ विरुद्ध न्युजिल्यान्ड ‘ए’

टप एन्ड टी–२० सिरिजमा प्रतिस्पर्धा गरेपछि यी एकदिवसीय खेलले नेपाली युवा खेलाडीलाई अस्ट्रेलियाका बलिया घरेलु टोली र न्युजिल्यान्ड ‘ए’ जस्तो अन्तर्राष्ट्रिय स्तरको टोलीविरुद्ध आफ्नो क्षमता परीक्षण गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ। डार्विनमा हुने यी खेलबाट खेलाडीहरूले उच्चस्तरीय क्रिकेटको अनुभव बटुल्नुका साथै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आफूलाई प्रमाणित गर्ने अवसरसमेत पाउनेछन्।

नेपाल ‘ए’ को अस्ट्रेलिया भ्रमणलाई नेपाली क्रिकेटका उदीयमान खेलाडीका लागि ठूलो एक्सपोजर र अनुभव बटुल्ने महत्वपूर्ण यात्राका रूपमा हेरिएको छ।

01/09/2026

एसीसी प्रिमियर कप २०२६ : नेपालसँग भिड्नुअघि मलेसियाको दमदार लय, साउदीमाथि ९३ रनको शानदार जित

एसीसी पुरुष प्रिमियर कप २०२६ मा मलेसियाले साउदी अरेबियामाथि ९३ रनको शानदार जित निकाल्दै नेपालसँगको भिडन्तअघि आफ्नो लय र आत्मविश्वास थप बलियो बनाएको छ। मलेसियामा जारी प्रतियोगिताको पाँचौँ खेलमा घरेलु टोलीले साउदी अरेबियालाई ९३ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७० रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो। २७१ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाको ब्याटिङ भने टिक्न सकेन। टोली ३४ ओभरमै १७७ रनमा अलआउट भयो।

साउदीमाथिको यो फराकिलो जितसँगै मलेसिया उच्च मनोबलमा पुगेको छ। अब घरेलु टोलीले आगामी बिहीबार बलियो प्रतिद्वन्द्वी नेपालसँग प्रतिस्पर्धा गर्नेछ। साउदीविरुद्धको प्रदर्शनले मलेसियाको आत्मविश्वास बढाएको छ। नेपाल पनि मलेसियाविरुद्ध आफ्नो बलियो प्रदर्शन कायम राख्ने लक्ष्यमा हुनेछ।

01/09/2026

रविन्द्र ढाँटसँगको हारपछि फेरियो कासिब मर्डकको बायो

नेपाली स्टार एमएमए फाइटर रविन्द्र ढाँटसँग ‘रोड टु यूएफसी’को सेमिफाइनलमा पराजित भएका न्यूजिल्याण्डका कासिब मर्डकले आफ्नो इन्स्टाग्राम प्रोफाइलमा रहेको बायो परिवर्तन गरेका छन्।

सेमिफाइनलअघि उनले बायोमा नेपालको झण्डा राख्दै आफूलाई ‘नेपालको राजा’ भनेका थिए। उनले आफू अपराजित रहेको दाबीसमेत प्रोफाइलमा उल्लेख गरेका थिए। तर, ढाँटसँग हार बेहोरेपछि उनले इन्स्टाग्राम बायोबाट नेपालको झण्डा हटाएका छन्। नयाँ बायोमा मर्डकले आफ्नो करिअर रेकर्ड ८–१ रहेको उल्लेख गरेका छन्।

रविन्द्रले गत शुक्रबार चीनको सांघाईमा भएको सेमिफाइनलमा मर्डकलाई हराउँदै ‘रोड टु यूएफसी’को फाइनलमा स्थान बनाएका थिए। उनले अब फाइनलका लागि जापानका रियो ताजिमालाई प्रतिस्पर्धी पाएका छन्।

31/08/2026

अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो यात्रा समाप्त गर्ने घोषणा गरेका छन्। इन्टर मियामीका स्टार मेस्सीको यो निर्णयसँगै अर्जेन्टिनाको फुटबल इतिहासको एउटा स्वर्णिम अध्याय अन्त्य भएको छ।

३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि दुई दशकभन्दा बढी समय खेले। उनले राष्ट्रिय टोलीसँग सन् २०२२ को विश्वकप र दुई कोपा अमेरिका उपाधि जितेका थिए। सन् २०२६ को विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए।

मेस्सीले अर्जेन्टिनाको जर्सीमा २०० भन्दा बढी खेल खेल्दै १२० गोल गरेका छन्। उनी टोलीका सर्वाधिक गोलकर्ता तथा विश्व फुटबलका सबैभन्दा सफल खेलाडीमध्ये एक हुन्। मेस्सीको संन्याससँगै अर्जेन्टिना राष्ट्रिय टोलीमा उनको लामो र ऐतिहासिक यात्राको अन्त्य भएको छ।

31/08/2026

एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, सन्दीप लामिछानेको जादुमयी बलिङ

31/08/2026

काठमाडौं गोर्खाजद्वारा बाढी प्रभावितका लागि १५ लाख रुपैयाँ सहयोग

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनपीएल टाेली काठमाडौं गोर्खाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ।

काठमाडौं गोर्खाजले हालैको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले १५ लाख रुपैयाँ योगदान गरेको हो। नेपाल प्रिमियर लिगमा ठूला खेलाडी भित्र्याएर चर्चामा रहेको काठमाडौं गोर्खाजले खेलकुदमा मात्र नभई विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको साथमा उभिएको हो।

31/08/2026

अब यूएफसीको ढोका खोल्न रविन्द्र ढाँटको अन्तिम भिडन्त जापानका रियो ताजिमासँग 🥊🐅🔥

Road to UFC Season 5 को फाइनलमा नेपाली MMA फाइटर रविन्द्र ढाँट 'बझाङ्गी बाघ'ले जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्ने भएका छन्। रविन्द्रले सेमिफाइनलमा अपराजित न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै फाइनलको टिकट काटेका हुन्। यता जापानका रियो ताजिमाले भारतका चुङग्रेङ कोरेनलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए।

अब रविन्द्रसामु Road to UFC जितेर इतिहास रच्ने सुनौलो अवसर छ। फाइनल २०२७ को सुरुआततिर हुने बताइएको छ। फाइनल जितेमा रवीन्द्र UFC मा प्रवेश गर्ने पहिलो नेपाली फाइटर बन्नेछन्। नेपालको नजर अब रविन्द्रको फाइनलमा हुनेछ। 🇳🇵🏆🔥

31/08/2026

एसीसी प्रिमियर कपको पहिलो खेलमा बहराइनविरुद्धको शानदार जितपछि कप्तान सन्दीप लामिछाने भन्छन् – ‘‘नेपालमा जे भइरहेको छ, त्यसबीच हामी उनीहरूको अनुहारमा मुस्कान ल्याउने प्रयास गरिरहेका छौँ। देशले अहिले धेरै कठिन परिस्थिति सामना गरिरहेको छ। त्यसैले यो जितले पक्कै पनि नेपाली जनतामा धेरै आत्मविश्वास र खुसी ल्याउनेछ। हामी आगामी दिनमा पनि यस्तै निरन्तर रूपमा राम्रो प्रदर्शन गर्दै उनीहरूको अनुहारमा मुस्कान ल्याउने प्रयास गरिरहनेछौँ।’’

यस खेलमा नेपालले बहराइनलाई ७ विकेटले सहजै पराजित गरेको हो। नेपालको जितमा कप्तान सन्दीपले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए। उत्कृष्ट बलिङ गर्दै सन्दीप ‘प्लेयर अफ द म्याच’ घोषित समेत भए।

31/08/2026

सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित, बहराइनविरुद्ध ५ विकेट

मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कपको पहिलो खेलमा बहराइनविरुद्ध उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएका नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । यस खेलमा सन्दीपले १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिए ।

उनको घातक बलिङसँगै नेपालले बहराइनलाई ३६.२ ओभरमा ८७ रनमै अलआउट गरेको हो । सन्दीपको ५ विकेटसँगै नेपालले बहराइनमाथि ७ विकेटको शानदार जित दर्ता गरेको छ । नेपालले ८८ रनको लक्ष्य २१ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको हो ।

कप्तानको रूपमा मैदानमा फर्किएलगत्तै सन्दीपले गरेको यो प्रदर्शन नेपाली क्रिकेटका लागि विशेष बनेको छ ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu