Nepali Sports

Nepali Sports

Share

नेपाली खेलकुद सम्बन्धि ताजा अप्डेटका लागि लाईक/फ्लो गरेर हामी (Nepali Sports) सँग जोडिनु होला ! Thank You !!

10/05/2026

एकदिवसीय सिरिजमा नेपाल ए का लागि स्कटल्याण्डविरुद्ध उत्कृष्ट खेल्दै प्लेयर अफ द म्याच बनेका सन्दीप जोरा भन्छन् – ‘अघिल्लो खेलहरूमा ठूलो पारीमा कन्भर्ट गर्न पाइरहेको थिएन । आज खेल्न सके । खुसी लाग्यो । आजको खेलमा ईशान पाण्डेसँगको साझेदारी निर्णायक रह्यो। हामी सकारात्मक सोचका साथ ने ३०३ रनको लक्ष्य पछ्याइरहेका थियौँ । लगातार तीन दिन एकदिवसीय म्याच खेल्दा थकान, मानसिक द'बा'ब हुन्छ । तर, पनि हामीले राम्रो खेल्न सक्यौँ ।’

10/05/2026

अमेरिकाका प्रशिक्षक पुबुदु दासानायके भन्छन् - ''घरेलु मैदानमा नेपाललाई पराजित गर्न सधैं कठिन हुन्छ ।''

09/05/2026

विश्वकप लिग-२ का लागि नेपाली टिम घोषणा, इशान पाण्डेले पाए मौका

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्याण्ड र अमेरिकाविरुद्धको सिरिजका लागि टोली घोषणा गरेको छ । पछिल्लो सिरिजबाट बसिर अहमदको स्थानमा इशान पाण्डे टिममा आएका छन् ।

09/05/2026

लिग-२ सिरिजका लागि नेपाली टोली घोषणा

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले घेरेलु मैदान टियु अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अमेरिका र स्कटल्याण्डसँग खेल्दैछ । त्यसका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

09/05/2026

स्कटल्याण्डविरुद्ध शानदार ब्याटिङ गरेका सन्दीप जोरा ‘प्लेयर अफ द म्याच’ घोषित

– एकदिवसीय सिरिजमा नेपाल ‘ए’ ले लगातार तेस्रो जित निकाल्ने क्रममा आज स्कटल्याण्डविरुद्धको खेलमा अविजित ८३ रन बनाएका सन्दीप जोरा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

– आज मुलपानी मैदानमा भएको खेलमा स्कटल्याण्डविरुद्ध नेपाल ‘ए’ का सन्दिप जोराले शानदार ब्याटिङ गरे । उनी ९४ बलमा ९ चौकासहित ८३ रनमा अविजित रहे । यस खेलमा वर्षाले खेल रोकिएपछि नेपाल ‘ए’ ले स्कटल्याण्डलाई डीएलएस मेथर्डमा ९ रनले हरायो ।

09/05/2026

मुलपानी मैदानमा आज भएको एकदिवसीय खेलमा नेपाल ‘ए’ टोलीले स्कटल्याण्डलाई ९ रनले (डीएलएस) पराजित गरेको छ । वर्षाले खेल रोकिएपछि नेपाल ‘ए’ ले स्कटल्याण्डलाई डीएलएस मेथर्डमा ९ रनले हराएको हो ।

यससँगै, नेपाल ‘ए’ ले अभ्यास खेलमा लगातार तेस्रो जित दर्ता गरेको छ । यस अघि नेपाल ‘ए’ ले स्कटल्याण्डलाई पहिलो खेलमा ४५ रनले तथा अमेरिकालाई ३ विकेटले पराजित गरेको थियो । अब नेपाल ‘ए’ ले अन्तिम खेल सोमबार अमेरिकासँग खेल्नेछ ।

09/05/2026

स्कटल्याण्डविरुद्ध सन्दिप जोराको शानदार ब्याटिङ

लिग–२ अघि मुलपानी मैदानमा जारी अभ्यास स्वरुप एकदिवसीय सिरिज अन्तर्गत आज स्कटल्याण्डविरुद्ध नेपाल ‘ए’ का सन्दिप जोराले शानदार ब्याटिङ गरेका छन् । उनी ९४ बलमा ९ चौकासहित ८३ रनमा अविजित छन् ।

अघिल्लो स्कटल्याण्ड र अमेरिकासँगको २ खेलमा ३० रन माथि बनाएर आउट भएका उनी आजको खेलमा शतकतर्फ अघि बढ्दै गर्दा अहिले खेल वर्षाका कारण रोकिएको छ । यसअघि ब्याटिङ गरेको स्कटल्याण्डले नेपाल ‘ए’ लाई ३०३ रनको लक्ष्य दिएको छ ।

09/05/2026

मुलपानी मैदानमा जारी एकदिवसीय सिरिज अन्तर्गत आजको खेलमा पहिले ब्याटिंग गरेको स्कटल्याण्डले नेपाल ए लाई ३०३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । स्कटल्याण्डले ५० ओभरमा ८ विकेटको क्षेतिमा ३०२ रन बनाएको हो । नेपाल ए ले यो लक्ष्य पूरा गर्न सक्ला ?

09/05/2026

नेपाल ‘ए’ विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै स्कटल्याण्ड, कति रनको लक्ष्य आउला ?

माथिल्लो मुलपानी मैदानमा सुरु भएको एकदिवसीय सिरिजमा नेपाल ‘ए’ सँग स्कटल्याण्ड टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

यस सिरिजमा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यसअघु नेपाल ‘ए’ ले पहिलो खेलमा स्कटल्याण्डलाई ४५ रनले हराएको थियो भने, दोस्रो खेलमा शुक्रबार अमेरिकालाई ३ विकटले हराएको थियो ।

09/05/2026

नेपाल ‘ए’ आज स्कटल्याण्डसँग खेल्दै, आज पनि जित्ला त ?

मूलपानी मैदानमा जारी एकदिवसीय सिरिजमा नेपाल ‘ए’ ले तेस्रो म्याचमा आज स्कटल्याण्डसँग खेल्दैछ । यी दुई टिमबीचको खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ । यस सिरिजमा नेपाल ए उच्च लयमा छ । यसअघि नेपाल ‘ए’ ले पहिलो खेलमा स्कटल्याण्डलाई ४५ रनले हराएको थियो । दोस्रो खेलमा शुक्रबार अमेरिकालाई ३ विकटले हराएको थियो ।

08/05/2026

Star Sandeep Lamichhane in a new look — how did you like it?

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu