Nepal vs Bangladesh Women's Football Full Highlights| SAFF Women's Championship Semi Final
Football reel
I love sports.Please support me for more sport news and reel.
03/06/2026
२०१५ मा जर्सीसँग हारेको नेपाल, ११ वर्षपछि बदला लिन मैदानमा
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी जुलाई २१ देखि २९ तारिखसम्म नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलाअघि जर्सीविरुद्ध दुई एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। उक्त शृंखलामा नेपालसँगै आयोजक नेदरल्यान्ड्स र नामिबिया सहभागी रहनेछन्।
यस अवसरमा नेपाल र जर्सीबीचको विगतको एक रोचक सम्झना पनि जोडिएको छ। सन् २०१५ मा भएको आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपाल जर्सीसँग ७ विकेटले पराजित भएको थियो। उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन बनाएको थियो। जवाफमा जर्सीले १७औँ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित निकालेको थियो।
अब करिब ११ वर्षपछि नेपाल फेरि जर्सीसँग प्रतिस्पर्धा गर्न लागिरहेको छ। विगतको हारको बदला लिँदै नेपालले यसपटक जित निकाल्न सक्ला त? क्रिकेट समर्थकहरू त्यसको प्रतीक्षामा छन्।
03/06/2026
नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरको छ।
भारतको गोवामा जारी च्याम्पियनसिपमा नेपाल बंलादेशसँग २-१ ले पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको हो।
03/06/2026
Goal ! बंगलादेशविरुद्धको खेलमा नेपालले २२औँ मिनेटमा अग्रता बनाएको छ। दीपा शाहीले प्रहार गरेको कर्नरलाई सदुपयोग गर्दै गीता रानाले उत्कृष्ट गोल गरेपछि नेपाल १–० ले अघि बढेको हो।
03/06/2026
पोलार्ड, राहुल र फखरलाई उछिन्ने तयारीमा कुशल भुर्तेल
नेपालका ओपनर कुशल भुर्तेल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० छक्का पूरा गर्ने ऐतिहासिक उपलब्धिबाट केवल एक छक्का टाढा छन्। हालसम्म ९९ छक्का प्रहार गरिसकेका उनले अर्को छक्का प्रहार गरेसँगै किरोन पोलार्ड, शिमरोन हेटमायर, केएल राहुल र फखर जमानलाई उछिन्दै नयाँ कीर्तिमान कायम गर्नेछन्। यो नेपाली ब्याटरद्वारा टी–२० अन्तर्राष्ट्रियमा प्रहार गरिएको सर्वाधिक छक्काको रेकर्ड पनि हो।
03/06/2026
बेलोन डी’ओरबारे बायर्न म्युनिखका स्टार ह्यारी केनको आत्मविश्वासपूर्ण प्रतिक्रिया : -
“म आफूलाई बेलोन डी’ओर जित्ने प्रमुख दाबेदारमध्ये एक मान्छु। यदि इंग्ल्यान्डले विश्वकप जित्यो भने, कुनै इंग्लिस खेलाडीले यो प्रतिष्ठित अवार्ड जित्ने सम्भावना निकै बलियो हुन्छ।
दाबेदारहरूको सूची हेर्दा म, माइकल ओलिसे र च्याम्पियन्स लिगको फाइनल खेल्ने टोलीका खेलाडीहरू अगाडि देखिन्छौं।
यसपटक पुरस्कार समारोह लन्डनमा आयोजना हुँदैछ। सायद यो मेरा लागि शुभ संकेत पनि हुन सक्छ। आफ्नै गृहनगरमा बेलोन डी’ओर जित्न पाए त्यो क्षण झन् अविस्मरणीय हुनेछ।” 🏴✨
नोट: ह्यारी केन पीएसजीका होइनन्, बायर्न म्युनिखका खेलाडी हुन्।
03/06/2026
कोलम्बो कप्सले भन्यो - "मामा" प्रति रहेको माया बेवास्ता गर्नै नसकिने खालको छ।
कुशल भुर्तेल अनुबन्धित एलपिएल फ्रेञ्चाइज टोली कोलम्बो कप्सले सामाजिक सञ्जालमा लेखेको छ - "मामा" प्रति रहेको माया बेवास्ता गर्नै नसकिने खालको छ। कुशल भुर्तेल कोलम्बो क्याप्सको जर्सी लगाउन तयारी गरिरहेका बेला, हामीसँग नेपालका समर्थकहरूका लागि एउटा प्रश्न छ: यो सिजनमा "मामा" बाट तपाई सबैभन्दा बढी के हेर्न उत्साहित हुनुहुन्छ? "
नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेललाई कोलम्बो कप्सले १५००० यु. एस डलरमा टोलीमा अनुबन्धित गरेको हो।
03/06/2026
भारतमा केही महिना अगाडि बनाइएको ७० फिट अग्लो मेस्सीको मुर्ती हल्लिन थालेपछि मुर्तिलाई ढालेर हटाइएको छ । 😮
03/06/2026
Rabindra Dhant and Yuki angdambe ले अहिले बालिको सोमा क्लबमा प्रशिक्षण गरिरहेका छन । रोड टो UFC को सेमिफाइनलमा ढाटले न्युजिल्यान्डका kasib murdoch सङ्ग प्रतिस्पर्धा गर्दैछन । भने युकिको पनि निकट भविष्य फाइट घोषण हुँदै छ । kasib ले न्युजिल्यान्डबाट दुवै नेपाली फाइटरलाइ चुनौती दिइरहेका छन ।
03/06/2026
रोमेलु लुकाकुले लगभग एक वर्षपछि बेल्जियमको राष्ट्रिय टोलीमा पुनरागमन गर्दै गोल गरेका छन्। बेल्जियमले विश्वकप तयारी खेलमा क्रोएसियालाई २-० ले पराजित गर्दा लुकाकुले पनि गोल गरेका हुन्।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu