Khel Pana

Khel Pana

Share

Sports live, photography, news coverage, business inquiry for ad [email protected]

06/08/2026

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।बुधबार आयोजित एक कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र कुशल भुर्तेलबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

06/08/2026

युरोपियन च्याम्पियन्स पेरिस सेन्ट–जर्मेन (पीएसजी) प्रि-सिजन मैत्रीपूर्ण खेलमा स्पेनको दोस्रो डिभिजन क्लब मालोर्कासँग ३–० ले पराजित भएको छ।

बुधबार राति लोर्का सोन मोइक्समा भएको खेलमा मालोर्काका लागि जिटो लुभुम्बोले २१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ४०औँ मिनेटमा जन भिर्गिलीले सर्जी डार्डरको पासमा गोल गरेपछि पहिलो हाफमै मालोर्काले २–० को बलियो अग्रता बनाएको थियो।

06/08/2026

प्रिसिजनअन्तर्गतको क्लब मैत्रीपूर्ण फुटबल खेलमा इटालियन क्लब युभेन्टसले इंग्लिस क्लब चेल्सीलाई १–० ले पराजित गरेको छ।

बुधबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा युभेन्टसलाई जित दिलाउने क्रममा एडोन झेग्रोभाले निर्णायक गोल गरे। उनले खेलको ६८औँ मिनेटमा केनान यिल्दिजको पासमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

टोप्स फुटसलमा क्वाटरफाइनलमा समीकरण पूरा - Khelpana 06/08/2026

टोप्स फुटसलमा क्वाटरफाइनलमा समीकरण पूरा

टोप्स फुटसलमा क्वाटरफाइनलमा समीकरण पूरा - Khelpana काठमाडाैं। संस्कृति शिक्षा सदनको आयोजनामा जारी १०औं टोप्स अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा .....

06/08/2026

मेस्सीको उत्कृष्ट प्रदर्शन, इन्टर मियामीले लिग्स कपको सुरुआतमै जित निकाल्यो
पूरा समाचार कमेन्ट्मा

06/08/2026

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा निजी लगानी भित्र्याउने विवादास्पद योजना फिर्ता लिएपछि त्यस प्रक्रियामा भएका कमजोरीप्रति औपचारिक रूपमा माफी मागेको छ। मोरक्कोको राजधानी रबाटमा बुधबार बसेको आपत्कालीन बैठकपछि फिफाले अध्यक्ष जियानी इन्फान्टिनोप्रति पूर्ण विश्वास व्यक्त गर्दै नेतृत्वलाई समर्थन गरेको जनाएको छ।

फिफाले विश्वकप र क्लब विश्वकपको व्यावसायिक व्यवस्थापनका लागि फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) स्थापना गरी करिब २० अर्ब अमेरिकी डलर मूल्यांकनको आधारमा ४ अर्ब २० करोड अमेरिकी डलरसम्म निजी लगानी भित्र्याउने योजना अघि सारेको थियो। तर विवाद बढेपछि उक्त योजना फिर्ता लिइएको हो।

05/08/2026

Asian Games 2026 👇👊
जापानको आइची÷नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट महिला भलिबल टिमसहित २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन्। ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले छन्। प्रशिक्षक संख्या ३२ रहेको छ।
समाचार कमेन्ट्मा

05/08/2026

WOW ! अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा नेपालको खेल तालिका सार्वजनिक

05/08/2026

२० औं एसियाडमा नेपालले २२ खेलमा सहभागिता जनाउने भएको छ।

05/08/2026

एक वर्ष बार्सिलोनामा लोनमा बिताएका मार्कस रासफोर्ड पुनः म्यानचेस्टर युनाइटेड फर्किने तयारीमा छन्।२८ वर्षीय रासफोर्डले बार्सिलोनाबाट ११ गोल र १४ असिस्ट गर्दै टोलीलाई ला लिगा र स्पेनिस सुपर कप जिताउन योगदान दिएका थिए। तर बार्सिलोनाले २ करोड ६० लाख पाउन्डको स्थायी अनुबन्ध विकल्प प्रयोग नगर्ने निर्णय गरेपछि उनको ओल्ड ट्राफोर्ड पुनरागमन तय भएको हो।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu
Kathmandu
46000