1ST GYMTAR FUTSAL CUP ⚽️👇
NPL Update
Follow for more NPL Updates
1ST GYMTAR FUTSAL CUP 2083👇⚽️
13/07/2026
Sahid has lost its credibility 🤦♂️
.
11/07/2026
स्वः प्रेम प्रसाद आचार्य कि श्रिमती आफ्नो फेसबुक Status मा लेख्नु हुन्छ 👇
म नानुका अधिकारी, स्वर्गीय प्रेमप्रसाद आचार्यकी धर्मपत्नी।
मेरो श्रीमान् प्रेमप्रसाद आचार्यको दुःखद निधनपछि तत्कालीन समयमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतज्यूले सार्वजनिक रूपमा मेरो शैक्षिक योग्यता अनुरूप रोजगारीको व्यवस्था गरिदिने र मेरा छोरीहरूको स्नातक तहसम्मको अध्ययनको जिम्मेवारी लिने घोषणा गर्नुभएको थियो। त्यो कठिन समयमा उहाँका ती शब्दहरूले मलाई ठूलो आशा र भरोसा दिएका थिए।
उहाँको आश्वासनमा विश्वास गरेर मैले इलाम छोडी काठमाडौं आएँ। यहाँ आएर छोरीहरूलाई राम्रो विद्यालयमा भर्ना गराएँ र आफ्नो भविष्य पनि उहाँले गर्नुभएको प्रतिबद्धताअनुसार अघि बढ्ने विश्वास राखेँ। त्यतिबेला अन्य व्यक्ति तथा संस्थाबाट आएका सहयोगका प्रस्तावहरू पनि मैले उहाँको वचनमा भरोसा गरेर अस्वीकार गरेँ।
उहाँको पहलमा एउटा निजी संस्थामा काम गर्ने अवसर त पाएँ। पदका हिसाबले ठीकै जिम्मेवारी पाए पनि त्यसअनुसारको पारिश्रमिक भने कहिल्यै प्राप्त भएन। मैले काम सुरु गरेको करिब दुई वर्षपछि मात्र मेरो तलब निर्धारण गरियो, त्यो पनि अत्यन्त न्यून। आजसम्म पनि मेरो योग्यता, अनुभव र जिम्मेवारीअनुसारको पारिश्रमिक प्राप्त गर्न सकेकी छैन। आफ्नो क्षमता अनुसारको मूल्यांकन नहुँदा कहिलेकाहीँ निकै निराश महसुस हुन्छ।
उहाँले सार्वजनिक रूपमा घोषणा गर्नुभएको मेरी छोरीहरूको शिक्षाको जिम्मेवारी भने व्यवहारमा कहिल्यै पूरा भएन। सुरुमा केही व्यवस्था हुने भनिए पनि त्यसले निरन्तरता पाएन। त्यसपछि आजसम्म उहाँबाट छोरीहरूको शिक्षाका लागि कुनै सहयोग, कुनै व्यवस्था वा कुनै जिम्मेवारी लिइएको छैन। उनीहरूको सम्पूर्ण शिक्षा र भविष्यको भार मैले आफ्नै कमाइ र आफन्तहरूको सहयोगमा धान्दै आएकी छु।
म यो लेखाइ कसैप्रति आक्रोश व्यक्त गर्नका लागि होइन। बरु एउटा अनुभवबाट सिकेको कुरा समाज र जिम्मेवार व्यक्तिहरूसमक्ष राख्न चाहन्छु।
पीडित परिवारलाई सार्वजनिक रूपमा आश्वासन दिनु भनेको ठूलो जिम्मेवारी लिनु हो। यदि त्यो जिम्मेवारी पूरा गर्न सकिँदैन भने त्यस्ता आश्वासनहरूले केही समयका लागि आशा त दिन्छन्, तर पछि त्यही आशा गहिरो निराशामा परिणत हुन्छ।
मेरो आग्रह सरकारसँग पनि छ। कुनै पीडित परिवारको भविष्य कुनै व्यक्ति वा नेताको व्यक्तिगत प्रतिबद्धतामा मात्र निर्भर हुने अवस्था हुनु हुँदैन। यस्ता परिवारका शिक्षा, रोजगारी र जीवनयापनको विषयमा राज्यकै स्पष्ट, उत्तरदायी र दीगो व्यवस्था हुनुपर्छ, ताकि भविष्यमा अर्को कुनै परिवारले मैले भोगेजस्तो अवस्था भोग्न नपरोस्।
मलाई जस्तो अनुभव अरू कसैले भोग्न नपरोस्। सार्वजनिक रूपमा गरिएका प्रतिबद्धताहरू भाषणमा मात्र सीमित नभई व्यवहारमा पनि कार्यान्वयन होऊन्। यही मेरो विनम्र अपेक्षा हो।🙏
10/07/2026
स्व. प्रेम प्रसाद आचार्य कि श्रिमती नानुका अधिकारी आचार्य लेखनुहुन्छ 👇👇
आत्महत्या रहर होइन, असह्य पीडाको अन्तिम संकेत हो।
सानो भूकम्प आयो भने हामी सबैभन्दा पहिले आफ्नो ज्यान जोगाउन दौडिन्छौँ। बिजुली चम्किँदा, आगोको सानो झिल्कोले छोए पनि हामी डराउँछौँ। किनकि यो संसारमा हरेक मानिसलाई आफ्नो ज्यान सबैभन्दा प्यारो हुन्छ।
त्यसैले कसैले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाउने वा आफ्नो जीवन अन्त्य गर्ने निर्णयलाई केवल “कायरता”, “नाटक” वा “सरकारलाई दबाउने प्रयास” भनेर टिप्पणी गर्नु निकै असंवेदनशील हुन्छ। यस्तो निर्णय प्रायः रहरले होइन, लामो समयदेखि थुप्रिएको असह्य मानसिक, आर्थिक वा सामाजिक पीडाको अन्तिम बिन्दु हुन सक्छ।
हामीले एउटा जीवन गुमेपछि दोषारोपण गर्नुभन्दा पहिले एउटा प्रश्न आफैँलाई सोध्नुपर्छ—के हाम्रो समाज, हाम्रो प्रणाली र हाम्रो व्यवहारले त्यो मानिसलाई यस्तो अवस्थासम्म पुर्याउन कुनै भूमिका खेलेको त थिएन?
सरकारले कानुन लागू गर्नुपर्छ, तर नागरिकको वास्तविक आय, जीवनयापनको अवस्था र आर्थिक बोझलाई पनि उत्तिकै गम्भीरतापूर्वक हेर्नुपर्छ। जब दण्ड, जरिबाना वा आर्थिक दबाब नागरिकको क्षमताभन्दा धेरै माथि पुग्छ, त्यसले निराशा र हताशा बढाउन सक्छ। यसको अर्थ कुनै एक घटनाको सम्पूर्ण कारण यही हो भन्ने होइन, तर यस्तो पीडा र दबाबलाई बेवास्ता पनि गर्न मिल्दैन।
आजको यो घटनाले मलाई तीन वर्षअघि मेरो श्रीमान् गुमाएको दिन फेरि सम्झाइदियो। त्यो पीडाबाट गुज्रिएको मान्छेका लागि यस्ता समाचार केवल समाचार हुँदैनन्, फेरि एकपटक मुटु चिरिने अनुभूति हुन्छ।
एउटा कुरा सबैसँग विनम्र अनुरोध गर्न चाहन्छु—कृपया यस्ता घटनालाई राजनीतिकरण नगरौँ। कुनै मानिसको मृत्यु कसैको पार्टी ठूलो बनाउने माध्यम होइन। कसैको अन्तिम पीडालाई आफ्नो विचारधारा, लोकप्रियता, भाइरल हुने चाहना वा मिडियाको सामग्री बनाउनु मानवताको विरुद्धको कुरा हो।
आज सामाजिक सञ्जालमा धेरैले पीडित परिवारप्रति सहानुभूति देखाइरहनुभएको छ। तर कृपया सम्झिनुहोस्—क्यामेराको अगाडि देखिएको सहानुभूति भन्दा पनि भविष्यमा त्यो परिवारलाई चाहिने साथ, न्याय र सम्मान धेरै ठूलो कुरा हो। कसैको मृत्युबाट केही दिनको बहस, राजनीति, समाचार वा आम्दानी हुन सक्छ; तर त्यो परिवारले भने जीवनभर एउटा अभाव, एउटा घाउ र एउटा अधुरोपन बोकेर बाँच्नुपर्छ।
नेताहरूबीच बहस होला, संसदमा कुरा उठ्ला, मिडियामा चर्चा होला—तर अन्तिम प्रश्न यही हो: वास्तविक पीडित परिवारले न्याय पायो कि पाएन? उसको भविष्य सुरक्षित भयो कि भएन? यही प्रश्न सबैभन्दा महत्वपूर्ण हो।
कृपया मृत व्यक्तिको सम्मान गरौँ, पीडित परिवारको पीडालाई बुझौँ, र यस्तो दुःखद घटनालाई आरोप–प्रत्यारोप, राजनीति वा भाइरल बन्ने साधन नबनाऔँ।
सहानुभूति देखाऔँ, उपहास होइन। बुझ्ने प्रयास गरौँ, निर्णय सुनाउने हतार होइन। किनकि एउटा जीवनको अन्त्यसँगै एउटा परिवारको संसार नै बदलिन्छ।🙏भावपूर्ण श्रद्धाञ्जलि, गणेशभाइ।
'sfamily🙏
🔥 संसदमा गृहमन्त्रीको प्रतिप्रश्न!
गृहमन्त्री सुदन गुरुङ ले संसदको रोस्ट्रमबाट विपक्षी दललाई नै उल्टै प्रश्न गरेका छन्। उनको अभिव्यक्तिले अहिले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गराएको छ।
तपाईंलाई के लाग्छ? गृहमन्त्रीको प्रश्न उचित थियो कि थिएन? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्। 👇
🚨 कर्णालीका युवाको प्रतिक्रिया
"अहिलेको बालेन सरकारप्रति हाम्रो घोर आपत्ति छ।"
गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर आन्दोलनको तयारी गरिरहेका कर्णालीका केही युवाहरूले यस्तो प्रतिक्रिया दिएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, सत्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
BREAKING: गणेश नेपालीको मृत्यु प्रकरणपछि बिर अस्पताल परिसर तनावग्रस्त!
मृत्युको कारणबारे निष्पक्ष छानबिनको माग तीव्र बन्दै जाँदा कर्णालीका युवाहरू आन्दोलनमा उत्रिने तयारीमा रहेको बताइएको छ। घटनाबारे थप विवरण आउँदैछ।
Click here to claim your Sponsored Listing.