Nepali Volleyball

Nepali Volleyball

Share

A complete volleyball details.

Photos from Nepali Volleyball's post 18/12/2021

हार्दिक निमन्त्रणा .....

13/09/2019

सहभागिताको लागि अनुरोध ...

Photos from Nepali Volleyball's post 15/10/2018

टिम सहभागिताका लागि मनकामना युबा क्लब पुतलीबजार नगरपालिका -१२ पेल्काचौर स्याङ्जाको अनुरोध

31/05/2018

आजबाट शुरु हुँदै.....

Photos from Nepali Volleyball's post 19/03/2018

भलिबलको उपाधी स्याङ्जालाई

दुप्चेश्वर गाउंपालिका नुवाकोटको आयोजनामा सचालित प्रथम दुप्चेश्वर कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता -२०७४को उपाधी नेपाल तरुण दल स्याङ्जाले आफ्नो पोल्टामा पारेको छ।
नुवाकोटको राउतबेशी स्थित कौकेस्वरी मा बि को खेलमैदानमा सोमबार सम्पन्न फाईनल खेलमा काजी केसीको कप्तानमा उत्रेको स्याङ्जाले कालिका युबा क्लबलाई ३-२को सेटमा पराजित गर्दै उपाधी चुमेको हो। सबै युबा खेलाडीले भरिएको स्याङ्जा टिममा अधिकाश खेलाडी नयाँ अनुहारका थिए । स्याङ्जा भलिबल टिमका प्रशिक्षक राजेन्द्र शर्माका अनुसार निकै प्रतिस्पर्धात्मक खेलमा स्याङ्जाले कालिकालाई २१-२५,२५-२१,२०-२५,२५-२० र १७-१५,को कठिनपुर्ण जित हासिल गर्‍यो । स्याङ्जाले सेमिफाइनलमा पन्चकन्या गाउंपालिकालाई २-० को र कालिकाले रुकुम भलिबल सघंलाई २-१को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।सोमबार नै तेस्रो स्थानका लागि भएको खेलमा पन्चकन्या गाउंपालिकाले रुकुम भलिबल सघंलाई २-० को सोझो सेटमा पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको छ।

गत चैत १ देखि ५ गतेसम्म संचालित उक्त प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए । बिजेता टिमहरुले क्रमश १००,०००/- ५०,०००/- र ३०,०००/- नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताकै सर्बोत्कृष्ट, सेटर , ब्लकर तथा डिफेन्डर खेलाडी कालिकाका क्रमश बिजय बस्नेत ,उत्सव खड्का , सुरज चौधरी र राजन थापा एबम उत्कृष्ट स्पाइकर र उदयमान खेलाडी स्याङ्जाका क्रमश योकेन्द्र गुरुङ र सन्दिप खड्का घोषित भए। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट टिम प्रशिक्षक स्याङ्जाका राजेन्द्र शर्मा भए।

Photos from Nepali Volleyball's post 06/10/2017

बालकन्या, खिलुङ कालिका, सांग्रीला र जुनकीरीको बिजय शुरूवात

मनकामना युबा क्लब पुतलीबजार नगरपालिका -१२ पेल्काचौर स्याङ्जाले कोज्रागत पुर्णिमाको अबसर पारी आयोजना गरेको अन्तर क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आज भएका खेलहरुमा वालकन्या युवा क्लब बिरुवा , खिलुङ कालिका युबा क्लब खिलुङ , साग्रीला युबा क्लब सिम्ले र जुनकीरी युबा क्लब तुल्सीचौरले जित हासिल गरेका छन । कार्यक्रम संयोजक राजेन्द्र शर्माका अनुसार, बालकन्याले सिद्ध बाबा युबा क्लब हलहलेलाई २५-१९,२३-२५ र २५-२१ को कठिनपुर्ण जित हासिल गर्‍यो । त्यस्तै अर्को खेलमा खिलुङ कालिकाले कालिका युनाइटेड धिम्रीगांउलाई २५-२०,२५-२३ को सोझो सेटमा जित आफ्नो पोल्टामा पार्यो। साग्रीला युबा क्लबले प्रगतिशील युबा क्लब गौखालाई २२-२५,२५-२१ र २५-१८ ले र जुनकीरी युबा क्लबले सनराइज युबा क्लब हुनिकोटलाई २५-६,२५-२१ को सोझो सेटमा जीत हासिल गर्‍यो । आजका खेलहरुमा क्रमशः म्यान अफ द म्याच सिद्धबाबाका योकेन्द्र गुरुङ, खिलुङ कालिकाका मनिष हमाल,प्रगतिशीलका रुशाल गुरुङ र जनकिरीका प्रवेश गुरुङ घोषित भए।संयोजक शर्माका अनुसार, २३ गतेसम्म चल्ने यस प्रतियोगिताको बिजेताहरुले क्रमश: ४५,०००/-,३५,०००/-र २५,०००/- नगद प्राप्त गर्नेछन

05/10/2017

पुरुष भलिबल प्रतियोगिता आजबाट / मनकामना नै अब्बल साबित

स्याङ्जा जिल्लाकै पुरानो एबम प्रतिष्ठत मेलाका रूपमा चिनिदै आएको दशै पुर्णिमा मेला -२०७४ को अबसरमा आयोजना हुने साबिक अन्तर वडा क्लब स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आज बाट शुरु हुदैछ । मनकामना युवा क्लब पुतलीबजार नगरपालिका -१२ पेल्काचौरले कोज्रागत पुर्णिमाको अबसरमा लामो समय देखि संचालन गर्दै आएको यस प्रतियोगिता २३ गतेसम्म संचालन हुनेछ । आजको मैत्रीपुर्ण समुदघाटन खेल गत संस्करणको बिजेता गोल्डेन गाईज गुमार्दी र आयोजक मनकामना युवा क्लबका बीच हुदैछ। प्रतियोगिताका प्रथम ,दितिय र तृतीयले क्रमशः ४५,०००/-,३५,०००/-र २५,०००/- साथमा शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । साथमा उत्कृष्ट स्पाइकर, डिफेन्डर, सेटर, ब्लकर, अनुशासित, उदयमान एबम सर्बोत्कृष्ट खेलाडीसमेतले ट्र्फी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। प्रतियोगितामा स्याङ्जा तथा आसपासका जिल्लाबाट करिब २६ भन्दा बढी टिमको सहभागिता रहने अनुमान गरिएको छ। आजै राष्ट्रिय तथा स्थानीय कलाकारहरको बेजोड सांस्कृतिक प्रस्तुति रहने छ। प्रतियोगिताको समुदघाटन ब्यबस्थापिका ससंद सदस्य माननीय राजुु थापा तथा समापन नेपाल भलिबल सघ त्रिपुरेश्वर काठमाडौका केन्द्रिय वरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङबाट हुनेछ ।

तथ्यांकमा दशैपुर्णिमा मेला

दशै पुर्णिमा मेला अन्तर्गतको अन्तर वडा क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको बि.स.२०६५ सालयताका ९ संस्करणको नतिजालाई आकलन गर्ने हो भने आयोजक मनकामना युबा क्लब नै अब्बल साबित भएको छ। मनकामनाले ३ स्वर्ण ४ रजत सहित कुल ७ पदक सहित पदक तालिकाको शिर्ष स्थानमा छ। अन्य पदक बिजेताहरुमा कालिका युवा क्लब टामा २ स्वर्ण , सांग्रीला युवा क्लब सिम्ले १स्वर्ण १रजत र १ कांस्य गरि ३ पदक, राङखोला युवा क्लब १ स्वर्ण १ कांस्य गरि २ पदक, गोल्डेन गाईज गुमार्दी १ स्वर्ण १ कांस्य सहित २ पदक, जनजागृती युबा क्लब मेथाभुरुग १स्वर्ण,देउराली युवा क्लब गैरीस्वारा २ रजत १ कांस्य गरि ३ पदक , पुर्णिमा युबा क्लब रानीस्वारा १ रजत , पतलादेबी युबा क्लब पखेरे १ रजत , सिद्धबाबा युबा क्लब हलहले १ रजत, चन्द्रज्योति युवा क्लब १ कांस्य र वालकन्या युबा क्लब बिरुवा १ कांस्य पदक सहित तालिकामा छन । ९ बर्षको अबधिमा कुल २५ पदकका लागि खेल संचालन भएको थियो ।

Photos from Nepali Volleyball's post 01/10/2017

भलिबलको उपाधी देउराली युबा क्लबलाई

कालिका युबा क्लब पुतलीबजार नगरपालिका -१२पेल्काचौर टामा स्याङ्जाको आयोजनामा गरिएको अन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी देउराली युबा क्लब गैरीस्वाराले आफ्नो पोल्टामा पारेको छ।
बिहीबार सम्पन्न फाईनल खेलमा आयोजक कालिका युवा क्लबलाई ३-२ को सेटमा पराजित गर्दै देउराली युवा क्लबले उपाधी चुमेको हो। कार्यक्रमका रेफ्री संयोजक राजेन्द्र शर्माका अनुसार निकै प्रतिस्पर्धात्मक खेलमा देउराली युबा क्लबले आयोजक कालिकालाई २२-२५,२७-२५,१५-२५,२५-२३,र १५-११को कठिनपुर्ण जित हासिल गर्‍यो ।बिहीबार नै तेस्रो स्थानका लागि भएको खेलमा लालीगुरास युबा क्लबले आयोजक कालिका युबा क्लब B लाई २-० को सोझो सेटमा पराजित आफ्नो स्थान सुरक्षित गरेको छ।

बिजया दशमी तथा शुभ - दीपावालीको अबसर पारी क्लबले आफ्नो बार्षिक कार्यक्रम अनुरुप आयोजना गरेको प्रतियोगितामा कुल १७ टिमले सहभागिता जनाएका थिए । बिजेता टिमहरुले क्रमश ५०,०००/- ३५,०००/- र २५,०००/- नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे।
प्रतियोगिताकै सर्बोत्कृष्ट तथा अनुसाशित खेलाडी आयोजक कलिका युबा क्लबका क्रमश याम प्रसाद गुरुङ र निखिल गुरुङ एबम उत्कृष्ट सेटर लालिगुरासका गोबिन गुरुङ , उत्कृष्ट डिफेन्डर र स्पाइकर देउराली युबा क्लबका क्रमश बिबेक गुरुङ र सोशित गुरुङ घोषित भए।
बिजेता खेलाडीहरुलाई पुतलीबजार नगरपालिकाकि नगर प्रमुख सिमा क्षेत्री , नगर उपप्रमुख महेश पुरी र पुतलीबजार नगरपालिका -१२ का बडा अध्यक्ष दुत प्रसाद गुरुङ लगायतले पुरस्कार बितरण गर्नु भएको थियो।

भलिबलको क्रेज 10/02/2017

स्याङ्जा जिल्ला पेल्काचौरमा भाईहरुको भलिबल क्रेज ।।।

भलिबलको क्रेज हावाहुरी र झरिको प्रवाह नगरी भलिबलमा मस्त केटाकेटीहरु ।

Photos from Nepali Volleyball's post 19/01/2017

रामपुर उद्योग बाणिज्य संघ र रामपुर नगरपालिकाको सयुक्त आयोजनामा सन्चालन गरिएको पश्चिमाञ्चल बिकास क्षेत्र स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७३ को अन्तिम नतिजा
प्रथम :- स्याङ्जा जिल्ला
दितिय:- नवलपरासी जिल्ला
तृतीय :- रुपन्देही जिल्ला
सान्त्वना :- गुल्मी जिल्ला
सर्बोउत्कृष्ट खेलाडी :- घनश्याम चौधरी (नवलपरासी )
पुरस्कर राशि क्रमश:- रु १,००,०००/- , ५०,०००/- , २५,०००/- र १०,०००/-

Photos from Nepali Volleyball's post 18/01/2017

प्रथम रामपुर महोत्सव तथा ब्यापार मेला २०७३को अबसरमा आयोजित पस्चिमान्चल बिकास क्षेत्र स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाईनल खेलमा नवलपरासी जिल्लाले तनंहु जिल्लालाई ३-० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। अहिले पहिलो सेमिफाइनल स्याङ्जा र गुल्मीका बिच सुरु हुन गहिरहेको छ

Photos from Nepali Volleyball's post 24/12/2016

भलिबलका खेलहरु शुरु
सतौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज बाट भलिबलका खेल हरु सुचारु भएको छ। पुरुष
भलिबल तर्फ आज भएको उदघाटन खेलमा नेपाल पुलिस क्लबले जित हासिल
गरेको छ ।ईटहरी रङ्गशालामा भएको
खेलमा पुलिसले मध्यमाञ्चल ३–१ ले पराजित गरेको छ । पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले लयमा फर्कदै पछिल्ला तीन सेट २५–१७,२५–१७,२५–१४ ले जितेको थियो ।
यस्तै आजै भएको दोस्रो खेलमा पश्चिमाञ्चलले
सुदुर पश्चिमाञ्चलाई ३-० को सोझो सेटमा पराजित गरेको छ । पश्चिमाञ्चल २५-१६, २५-२० र २५-२२ ले विजयी भएको हो।

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Lalitpur