18/08/2026
ग्यासको हाहाकार भयको बेला जब चुलो बन्द भयो😢 अत्तालिएको मन लिएर बसिरहेका बेला घरबेटी आफैँ ढोका ढकढक्याउन आउनुभयो। उहाँको हातमा थियो—आफ्नै भान्छाको ग्यास चुलो।
नानी , ग्यास नपाउञ्जेल चिन्ता नगर। हाम्रै भान्छामा पाकेको खाए पनि हुन्छ, होइन भने यो चुलो लगेर आफ्नै तरिकाले पकाऊ। तिमीहरू भोकै बस्नुपर्दैन, हामी छौँ नी
उहाँका यी शब्दहरू सुन्दा आँखा रसाएर आए। भाडामा बस्ने र घरबेटीको सम्बन्ध केवल महिना मसान्तमा पैसा साट्ने मात्र होइन, मानवीयताको गहिरो धागोले बाँधिएको हुन्छ भन्ने उदाहरण उहाँले दिनुभयो। आफ्नै आमा-बुबा दूरगाउँमा भए पनि, यो अन्जान र निर्दयी लाग्ने सहरमा कोही आफ्नो मान्छे रहेछ भन्ने अनुभूतिले छाती गर्व र कृतज्ञताले भरियो।
पानी पनि नापी-नापी दिने कठोर सहरका बीच यस्ता स्नेही र महान् हृदय भएका घरबेटीहरू पनि हुनुहुन्छ, जसले परायालाई पनि आफ्नै सन्तानजस्तै माया र सहारा दिन्छन्। उहाँको यो निस्वार्थ सहयोग र ममताको ऋण कहिल्यै तिर्न सकिँदैन। यो केवल खाना पकाउने चुलोको सहयोग मात्र थिएन, यो त सहरमा पनि मानवता बाकी छ भन्ने ठुलो उदाहरण हो धन्यवाद अन्कल आन्टि🙏