श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान

  • Home
  • Nepal
  • Pyuthan
  • श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान

श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान “Providing educational activities and other information”

भोली २०८३/ ०५/ २२ गते बिदा होइन । विद्यालय सुचार रहन्छ है ' नझुक्किनु होला ।
06/09/2026

भोली २०८३/ ०५/ २२ गते बिदा होइन ।
विद्यालय सुचार रहन्छ है ' नझुक्किनु होला ।

हाम्रो नौबहिनी गाउँपालिका -५ गावै स्थित एक प्रतिष्ठित विद्यालय श्री गावै माध्यमिक विद्यालयका कुशल प्रशासक एवं प्रधानाध्य...
02/09/2026

हाम्रो नौबहिनी गाउँपालिका -५ गावै स्थित एक प्रतिष्ठित विद्यालय श्री गावै माध्यमिक विद्यालयका कुशल प्रशासक एवं प्रधानाध्यापक आदरणीय व्यक्तित्व लक्ष्मण प्रसाद शर्मा ज्यूको आज पर्न गएको शुभ जन्मोत्सवको अवसरमा एक भूगोल शुभकामना व्यक्त गर्न चाहन्छौँ। Sorry for late wish

सम्पूर्ण अभिभावक ज्यूहरुमा अनुरोध।विद्यार्थी विवरण Emis मा अध्यावधिक गर्नराष्ट्रिय परिचय पत्र  नं. भएको जन्मदर्ता प्रमाण...
25/08/2026

सम्पूर्ण अभिभावक ज्यूहरुमा अनुरोध।
विद्यार्थी विवरण Emis मा अध्यावधिक गर्न
राष्ट्रिय परिचय पत्र नं. भएको जन्मदर्ता प्रमाणपत्र यहि भाद्र २० गते भित्र उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ ।

हार्दिक धन्यवाद तथा शुभकामना! 🌺   नौबहिनी गाउँपालिका वडा नं. ५ द्वारा सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा आज मिति २०८३/...
03/08/2026

हार्दिक धन्यवाद तथा शुभकामना! 🌺

नौबहिनी गाउँपालिका वडा नं. ५ द्वारा सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा आज मिति २०८३/०४/१८ गते, शैक्षिक सत्र २०८२ मा वडा भरिका उत्कृष्ट नतिजा हासिल गरेका कक्षा ५, ८ र १० का छात्रछात्राहरूलाई सम्मान गरिएकोमा वडा अध्यक्ष श्री दलराज पुन मगरज्यू तथा सम्पूर्ण वडा कार्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

विद्यार्थीहरूको मेहनत, लगनशीलता र उत्कृष्टतालाई सम्मान गर्ने यस्तो प्रशंसनीय कार्यले उनीहरूमा थप उत्साह, आत्मविश्वास र प्रतिस्पर्धी भावना विकास गर्न ठूलो प्रेरणा मिल्नेछ। साथै, अन्य विद्यार्थीहरूलाई पनि अझ राम्रो नतिजा हासिल गर्न प्रेरित गर्ने सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएका छौं।

यस्ता प्रेरणादायी कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै जाऊन् भन्ने शुभकामना व्यक्त गर्दै पुनः सम्पूर्ण वडा कार्यालय परिवारलाई हार्दिक धन्यवाद तथा सफलताको शुभकामना व्यक्त गर्दछौं।

साथै हाम्रो विद्यालय बाट सम्मानित हुने विद्यार्थीहरु
क >रिखिराम गिरी -कक्षा - आठ
ख > गंगा पुन मगर -कक्षा -आठ
ग > बिपना बुढा मगर - कक्षा - पाँच
लगायत अन्य विद्यालय बाट सम्मानित हुने छात्रछात्रालाई
हार्दिक बधाई साथै उज्ज्वल भविष्य को कामना गर्दछौँ ।
प्रधानाध्यापक एवम्
समस्त विद्यालय परिवार नौबहिनी -५ गावै प्युठान ।

29/07/2026
📚✨ प्रथम त्रैमासिक परीक्षा २०८३ का लागि शुभकामना! ✨📚आजदेखि गावै माध्यमिक विद्यालयको प्रथम त्रैमासिक परीक्षा प्रारम्भ हुँ...
20/07/2026

📚✨ प्रथम त्रैमासिक परीक्षा २०८३ का लागि शुभकामना! ✨📚

आजदेखि गावै माध्यमिक विद्यालयको प्रथम त्रैमासिक परीक्षा प्रारम्भ हुँदैछ।

प्रिय विद्यार्थीहरू, परीक्षा केवल अंक प्राप्त गर्ने माध्यम मात्र होइन, यो तपाईंले अहिलेसम्म हासिल गरेको ज्ञान, अनुशासन, लगनशीलता र आत्मविश्वासको मूल्याङ्कन गर्ने अवसर पनि हो। आफूले सिकेका कुरामा विश्वास राख्दै सकारात्मक सोचका साथ परीक्षामा सहभागी हुनुहोस्।

✅ समयको सही व्यवस्थापन गर्नुहोस्।
✅ प्रश्न राम्ररी पढेर उत्तर लेख्नुहोस्।
✅ आत्मविश्वासका साथ आफ्नो उत्कृष्ट क्षमता प्रस्तुत गर्नुहोस्।
✅ इमान्दारिता र अनुशासनलाई सधैं प्राथमिकता दिनुहोस्।

हामी विश्वास गर्छौं कि तपाईंहरूको मेहनत र समर्पणले उत्कृष्ट नतिजा ल्याउनेछ। सबै विद्यार्थीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गर्दछौं।

“मेहनत कहिल्यै खेर जाँदैन, आजको प्रयास नै भोलिको सफलता हो।”

🌟 तपाईंहरूको सफलतामा नै हाम्रो गर्व छ।
गावै माध्यमिक विद्यालय परिवार

SecondarySchool 🎓📖🌟

श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान को शान अनी पहिचान 💐: प्रतीक्षा केसी आज मिति २०८३/०३/२० गतेका दिन नौबह...
04/07/2026

श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान को शान अनी पहिचान 💐: प्रतीक्षा केसी

आज मिति २०८३/०३/२० गतेका दिन नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ( बहुक्षेत्रिय पोषण कार्यक्रम ) बाहने द्वारा आयोजित

✅“मानव जीवनमा पोषणको महत्त्व र आवश्यकता”

शीर्षकमा पालिका स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा हाम्रो यस श्री गावै सहभागी भई प्रथम स्थान हासिल गर्न सफल अत्यन्तै ऊर्जाशील, मेहनती र लगनशील कक्षा १० मा अध्ययनरत बहिनी प्रतिक्षा केसीलाई हार्दिक बधाई तथा शुभकामना ।

Address

Naubahini Rural Municipality/5, Gawai
Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when श्री गाबै माध्यमिक बिद्यालय नौबहिनी-५ गाबै,प्युठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share