Youdha Football Academy

Call

Youdha Football Academy Training & Empowering Tomorrow’s Football Stars ⚽️

Huge congratulations 1)Susant Shahi 2)Aarthip Jung Shahi 3)Pramish Jolmi Magar Best wishes for Upcoming Day’s
03/09/2026

Huge congratulations
1)Susant Shahi
2)Aarthip Jung Shahi
3)Pramish Jolmi Magar
Best wishes for Upcoming Day’s

27/08/2026

बोटेकोशीमा आएको विनाशकारी बाढीले विभिन्न ठाउँमा सिर्जना गरेको यो कहालीलाग्दो अवस्थाप्रति हामी सबै नेपाली दुःखी छौँ। यस्तो विपद्को घडीमा हामी सबै एकजुट भएर एकअर्कालाई साथ, सहयोग र हौसला दिऔँ। संकटमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार र राहतका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ। 🙏🇳🇵

विपद्मा एकता नै हाम्रो शक्ति हो। मानवीय दायित्व मात्र होइन, ‘हामी नेपाली एक हौँ’ भनेर एकताबद्ध भएर दुःखमा साथ दिनु नै हाम्रो पहिचान र गौरव हो। विपद्को यो घडीमा सबै नेपाली एकजुट भएर पीडितलाई साथ र सहयोग गरौँ। 🇳🇵🙏

07/08/2026

सूचना! सूचना!! सूचना

एएफसी (AFC) लाइसेन्स प्राप्त प्रशिक्षकद्वारा योद्धा फुटबल एकाडेमीमा प्रत्येक शनिबार बिहान र आइतबार नियमित फुटबल प्रशिक्षण सञ्चालन भइरहेको सम्पूर्ण कर्णाली प्रदेशवासीमा जानकारी गराइन्छ।

फुटबलको आधारभूत सीप (Basic Football Skills) सिक्न इच्छुक सम्पूर्ण भाइबहिनीहरूलाई योद्धा फुटबल एकाडेमीमा हार्दिक स्वागत छ। अनुशासन, सीप र आत्मविश्वासका साथ आफ्नो फुटबल यात्राको सुरुवात गर्न आजै हामीसँग जोडिनुहोस्।

योद्धा फुटबल एकाडेमी परिवार⚽️

18/07/2026
17/07/2026

दूरदराजका तथा रिमोट क्षेत्रका महिलाहरूलाई फुटबलमार्फत आत्मविश्वासी, सक्षम र सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ योध्दा फुटबल एकेडेमीले यही शनिबार विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ।

यस प्रशिक्षणले महिलाहरूमा फुटबलका आधारभूत सीपसँगै नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन, टोलीभावना तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने विश्वास लिइएको छ। सबै इच्छुक महिलाहरूलाई सहभागी भई यो अवसरको लाभ लिन हार्दिक अनुरोध गर्दछौं।

14/07/2026

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४, सुर्खेतस्थित योध्दा फुटबल एकेडेमीमा नेपालका चर्चित ए.....

13/07/2026

रात्रिकालीन आत्मीय भेटघाटमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रबिन चन्दज्यू तथा पूर्व एन्फा अध्यक्ष गणेश थापाज्यूसँग फुटबल विकास, खेलकुदको भविष्य र कर्णालीका सम्भावनाबारे भएको सार्थक संवाद प्रेरणादायी रह्यो। उहाँहरू प्रति हार्दिक सम्मान तथा आभार। ⚽🙏

13/07/2026

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतस्थित योध्दा फुटबल एकेडेमीमा आज नेपालको फुटबल क्षेत्रका सम्मानित व्यक्तित्वहरूको स्वागत गर्ने अवसर पाउँदा अत्यन्त हर्षित छौ।
पूर्व अखिल नेपाल फुटबल सङ्घ (ANFA) का अध्यक्ष गणेश थापाज्यू, पूर्व उपाध्यक्ष विराटकृष्ण शाहज्यू, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रबिन चन्द ज्यू तथा नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य, “हिमालयन टाइगर” उपनामले परिचित आदरणीय रोहित चन्दज्यूलगायत सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूलाई योध्दा फुटबल एकेडेमीमा हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु।
उहाँहरूको प्रेरणादायी उपस्थितिले कर्णालीका युवा खेलाडीहरूमा नयाँ उत्साह, आत्मविश्वास र ठूलो सपना देख्ने ऊर्जा थपेको छ। यो प्रेरणादायी भ्रमण आगामी पुस्ताका प्रतिभाशाली खेलाडीहरूको विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिएको छु।
सम्पूर्ण अतिथिज्यूहरूलाई हार्दिक धन्यवाद तथा सफल कर्णाली भ्रमणको शुभकामना। ⚽🇳🇵

Address

Surkhet
Surkhet
21700

Telephone

+9779847648070

Website

Alerts

Be the first to know and let us send you an email when Youdha Football Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category