बोटेकोशीमा आएको विनाशकारी बाढीले विभिन्न ठाउँमा सिर्जना गरेको यो कहालीलाग्दो अवस्थाप्रति हामी सबै नेपाली दुःखी छौँ। यस्तो विपद्को घडीमा हामी सबै एकजुट भएर एकअर्कालाई साथ, सहयोग र हौसला दिऔँ। संकटमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको उद्धार र राहतका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ। 🙏🇳🇵
विपद्मा एकता नै हाम्रो शक्ति हो। मानवीय दायित्व मात्र होइन, ‘हामी नेपाली एक हौँ’ भनेर एकताबद्ध भएर दुःखमा साथ दिनु नै हाम्रो पहिचान र गौरव हो। विपद्को यो घडीमा सबै नेपाली एकजुट भएर पीडितलाई साथ र सहयोग गरौँ। 🇳🇵🙏
Youdha Football Academy
Training & Empowering Tomorrow’s Football Stars ⚽️
सूचना! सूचना!! सूचना
एएफसी (AFC) लाइसेन्स प्राप्त प्रशिक्षकद्वारा योद्धा फुटबल एकाडेमीमा प्रत्येक शनिबार बिहान र आइतबार नियमित फुटबल प्रशिक्षण सञ्चालन भइरहेको सम्पूर्ण कर्णाली प्रदेशवासीमा जानकारी गराइन्छ।
फुटबलको आधारभूत सीप (Basic Football Skills) सिक्न इच्छुक सम्पूर्ण भाइबहिनीहरूलाई योद्धा फुटबल एकाडेमीमा हार्दिक स्वागत छ। अनुशासन, सीप र आत्मविश्वासका साथ आफ्नो फुटबल यात्राको सुरुवात गर्न आजै हामीसँग जोडिनुहोस्।
योद्धा फुटबल एकाडेमी परिवार⚽️
दूरदराजका तथा रिमोट क्षेत्रका महिलाहरूलाई फुटबलमार्फत आत्मविश्वासी, सक्षम र सामाजिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ योध्दा फुटबल एकेडेमीले यही शनिबार विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दैछ।
यस प्रशिक्षणले महिलाहरूमा फुटबलका आधारभूत सीपसँगै नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन, टोलीभावना तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने विश्वास लिइएको छ। सबै इच्छुक महिलाहरूलाई सहभागी भई यो अवसरको लाभ लिन हार्दिक अनुरोध गर्दछौं।
14/07/2026
पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेट वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४, सुर्खेतस्थित योध्दा फुटबल एकेडेमीमा नेपालका चर्चित ए.....
रात्रिकालीन आत्मीय भेटघाटमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रबिन चन्दज्यू तथा पूर्व एन्फा अध्यक्ष गणेश थापाज्यूसँग फुटबल विकास, खेलकुदको भविष्य र कर्णालीका सम्भावनाबारे भएको सार्थक संवाद प्रेरणादायी रह्यो। उहाँहरू प्रति हार्दिक सम्मान तथा आभार। ⚽🙏
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतस्थित योध्दा फुटबल एकेडेमीमा आज नेपालको फुटबल क्षेत्रका सम्मानित व्यक्तित्वहरूको स्वागत गर्ने अवसर पाउँदा अत्यन्त हर्षित छौ।
पूर्व अखिल नेपाल फुटबल सङ्घ (ANFA) का अध्यक्ष गणेश थापाज्यू, पूर्व उपाध्यक्ष विराटकृष्ण शाहज्यू, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रबिन चन्द ज्यू तथा नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य, “हिमालयन टाइगर” उपनामले परिचित आदरणीय रोहित चन्दज्यूलगायत सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूलाई योध्दा फुटबल एकेडेमीमा हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु।
उहाँहरूको प्रेरणादायी उपस्थितिले कर्णालीका युवा खेलाडीहरूमा नयाँ उत्साह, आत्मविश्वास र ठूलो सपना देख्ने ऊर्जा थपेको छ। यो प्रेरणादायी भ्रमण आगामी पुस्ताका प्रतिभाशाली खेलाडीहरूको विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिएको छु।
सम्पूर्ण अतिथिज्यूहरूलाई हार्दिक धन्यवाद तथा सफल कर्णाली भ्रमणको शुभकामना। ⚽🇳🇵
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–४ स्थित युद्ध फुटबल एकेडेमीमा नेपालका फुटबल हस्तीहरू— सर उपेन्द्रमान सिंह, हरि खड्का, राजु काजी शाक्य, बालगोपाल महर्जन, प्रदीप महर्जन, जिबेश पाण्डे, विकास मल्ल, भोला सिलवाल, मधुसूदन सरलगायत सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक स्वागत गर्दछौँ
यहाँहरूको आत्मीय उपस्थिती, अवलोकन, प्रेरणा तथा अमूल्य अनुभवले कर्णालीका भावी खेलाडीहरूलाई नयाँ हौसला प्रदान गर्दै कर्णालीको फुटबल विकासमा थप ऊर्जा मिल्ने विश्वास लिएका छौँ। हार्दिक आभार तथा सम्मान। यस ऐतिहासिक अवसरको आयोजना गरी नेपालका फुटबल हस्तीहरूलाई कर्णालीसम्म ल्याई भावी खेलाडीहरूसँग साक्षात्कार गराउने ग्रिनल्याण्डका अध्यक्ष सशी सरप्रति हार्दिक बधाई तथा विशेष धन्यवाद व्यक्त गर्दछौँ। तपाईंको यो प्रयासले कर्णालीको फुटबल विकासमा सकारात्मक हुनेछ!
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Surkhet
21700