प्रदेश युवा क्लब सञ्जाल, कर्णाली प्रदेश

प्रदेश युवा क्लब सञ्जाल, कर्णाली प्रदेश

Share

Voice of youth

01/08/2025

हिजो मिति २०८२/०४/१५ गतेका दिन प्रदेश युवा क्लब सञ्जाल, कर्णाली प्रदेश का निवर्तमान इञ्चार्ज राजेन्द्र अधिकारी ज्यू, निवर्तमान अध्यक्ष प्रकाश खड्का ज्यू, निवर्तमान कोषाध्यक्ष ओकेन्द्रनाथ योगी ज्यू तथा निवर्तमान सह-सचिव सुजिता रोकाया ज्यूले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत युवा महाशाखाका प्रमुख जवाहरलाल हमाल ज्यूसँग बिशेष भेटवार्ता गर्नुभयो।

उक्त भेट भएको छलफलमा महत्त्वपूर्ण तीन एजेन्डाहरु ; चालू आ.व. २०८२/०८३ मा अन्तर्राष्ट्रिय युवा दिवस २०२५ कसरी मनाउने, प्रदेश युवा क्लब संजाल , कर्णाली प्रदेशको पुनर्गठनको विषयमा तथा कार्यक्रम कार्यान्वयन पुस्तिका अनुसार युवाका लागि बिनियोजित कार्यक्रमहरूलाई समयमै, नतिजामुखी र प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरियो।

24/07/2025

प्रदेश युवा क्लब सञ्जाल, कर्णाली प्रदेश का निवर्तमान ईन्चार्ज श्री राजेन्द्र अधिकारी ज्यु , नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरी ज्युको अध्यक्षतामा गठित अन्तरास्ट्रिय युवा दिवस २०२५ मुल समारोह आयोजक समितिको सदस्यमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई ।

उक्त समितीको गठन मिति २०८२/०४/०६ गते मंगलबारका दिन गरिएको थियो ।

17/05/2025

मिति २०८२/०२/०२ गते, शुक्रबारका दिन, हाम्रोप्रदेश युवा क्लब सञ्जाल, कर्णाली प्रदेशश का निवर्तमान इञ्चार्ज राजेन्द्र अधिकारीज्यू र निवर्तमान अध्यक्षप्रकाश खड्काा ज्यूले कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीज्यूसँग उहाँको कार्यकक्षमा भेट गर्नु भयो।

उक्त अवसरमा, आर्थिक वर्ष २०८२/०८३ का लागि युवालक्षित, युवामैत्री र व्यवहारिक कार्यक्रमहरू समावेश गरिदिनुहुन आग्रह गर्दै ८ बुँदामा आधारित मागपत्र मन्त्रीज्यूलाई हस्तान्तरण गरिएको थियो। उक्त बुँदाहरूमा निम्न विषयहरू समेटिएका छन्:
१. युवा स्वरोजगार
२. उद्यमशीलता प्रवर्द्धन
३. नमूना युवा संसद अभ्यास
४. आत्मरक्षा तालिम
५. युवा नीतिसम्बन्धी संवाद तथा अन्तरक्रिया
६. स्थानीय युवा परिषद् र युवा सञ्जाल परिचालनका लागि सशर्त अनुदान
७. नवप्रवर्तन र इन्कुबेसनसम्बन्धी कार्यक्रम
८. वैज्ञानिक सम्मेलन तथा उद्यमशील युवालाई पुरस्कार एवं सम्मान कार्यक्रम

उहाँहरू विगतदेखि नै कर्णाली प्रदेशमा युवाको हकहित, पैरवी तथा निरन्तर युवा अभियानमा सक्रिय रहँदै आउनुभएको छ।
#प्रदेशयुवासन्जाल #कर्णालीप्रदेश Playingfor Change Prakash KhadkaaRajendra Adhikari Nationloverr

Want your business to be the top-listed Gym/sports Facility in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Karnali Province, Surkhet
Surkhet