06/05/2026
🎉 Facebook recognized me for starting engaging conversations and producing inspiring content among my audience and peers!
खुशी💖बनाउन हरेक पल struggle गरिरहेको छु
06/05/2026
🎉 Facebook recognized me for starting engaging conversations and producing inspiring content among my audience and peers!
06/05/2026
सहयोग को अपिल🙏 जितेन्द्र बुढाथोकी को प्रोफाइल बाट
रोल्पा दुर्घटनापछि ३ साना बालबालिका सहाराबिहिन
केही दिनअघि रोल्पामा भएको दुःखद जिप दुर्घटनामा परि रुकुम पूर्व, सिस्ने गाउँपालिका–५ रुकुमकोटका गोर्ख बहादुर विसी (बुढाथोकी) सहित एकै परिवारका ६ जनाको असामयिक निधन भयो । यस घटनाले परिवारलाई अपूरणीय क्षति र गहिरो शोकमा डुबाएको छ।
उहाँका पछाडि ९ वर्ष र ४ वर्षका दुई नाबालक छोरीहरू तथा भर्खर जन्मेको १ महिनाको शिशु छोरा रहेका छन्। यति सानो उमेरमै बाबुको माया र साथ गुमाएका यी निर्दोष बालबालिकाको भविष्य आज अन्योलमा परेको छ।
अप्रत्याशित विपद्का कारण परिवार अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। यस कठिन परिस्थितिमा हामीले ती बालबालिकाको लालनपोषण, स्वास्थ्य तथा शिक्षा दीक्षाका लागि सहयोग रकम संकलन गर्ने अभियान सुरु गरेका छौ ।
तपाईंको सानो सहयोगले पनि ठूलो अर्थ राख्छ । आज तपाईंले दिनुभएको थोरै सहयोगले भोलि यि बालबालिकाको जीवनमा पक्कै उज्यालो ल्याउने छ ।
तसर्थ, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस मानवीय अभियानमा स्वेच्छिक रूपमा जोडिएर सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सहयोगका लागि:
A/C Holder Name: jitendra budha
Account Number: 29307010032337
Bank Name: global ime bank
Bank Branch: rukumkot
mobile number : 9857843156
नोट: सहयोगि व्यक्तिहरुको नाम र संकलित सम्पूर्ण रकमको विवरण नियमित रूपमा सार्वजनिक गरिनेछ । सबैबाट सहयोगको अपेक्षा गरेका छौ । धन्यवाद 🙏
I got over 1,000 reactions on my posts last week! Thanks everyone for your support! 🎉
मन शान्त राखेर सुत्नुहोस्,
सबै ठीक हुँदै जान्छ 💙
शुभ रात्री 🌌
04/05/2026
यदि भाग्य लेख्ने कलम आमा को हातमा हुन्थयो भने
कसैको जीवन मा दु:ख भन्ने शब्द नै हुदैन्थ्यो🤔🙏
04/05/2026
यो हर्के को Post भन्दा नि धेरै आइरहने Weekly Star Challenge लाई यसरी Frame मा राखेर भित्तामा टाँस्ने निर्णय गरे😂🙏
🌸 "बिहानको ताजा हावा जस्तै तपाईंको दिन पनि शान्त र रमाइलो होस्। शुभ बिहानि!"🙏❣️😘
आजका सबै चिन्ता बिर्सेर,
मीठो निद्रामा हराऔं।😴
शुभ रात्री🙏😘
03/05/2026
Pushpa Kamal Dahal का लागि जनयुद्ध लड्ने, रगत बगाउने, ज्यान दिने सबैभन्दा धेरै मान्छे Rolpa र Rukum का थिए।
तर विकास?
सबैभन्दा बढी पुग्यो Chitwan मा।🤔
यो के हो?
बलिदान दिने ठाउँलाई सजाय?
र नजिक पर्ने ठाउँलाई इनाम?
आज फेरि रोल्पामा जिप दुर्घटना भएर २० जना सम्मको ज्यान जानु—
यो दुर्घटना मात्रै होइन, यो राज्यको लापरबाहीले गरेको हत्या हो।
सडक छैन, स्वास्थ्य छैन, सुरक्षा छैन—
तर भाषणमा मात्रै “परिवर्तन” छ!
जनयुद्ध लड्ने भूमिमा आजसम्म सुरक्षित बाटो पनि बनाउन नसक्नेहरू—
के मुख लिएर राजनीति गर्छन्?
रोल्पा र रुकुमले रगत दिए,
तर राज्यले के दियो??
अब पनि नबोल्ने हो भने—
यस्तो अन्याय कहिल्यै सकिँदैन।
जलजला जिप दुर्घटना: मृतक सबैको पहिचान खुल्यो
रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा हिजो भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा घाइते भएका १ जना उपचारपछि घर फर्किएका छन् ।
यात्रुहरू सबै रुकुम पूर्वबाट गए पनि केही रुकुम पूर्वका र केही दाङ जिल्लाका भएको रोल्पा प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।
त्यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन्।
साथै दाङकै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने(५ मा वस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह एवम् रुकुम पूर्वकै भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुपमिना बस्नेत रहेका छन् । घटनास्थल अप्ठेरो पहरामा भएकाले शव संकलन कार्यमा ढिला भएको प्रहरीले जनाएको छ ।😢
01/05/2026
बुद्ध जयन्तीको शुभकामना🙏