Info Portugal.Np

Info Portugal.Np

Compartilhar

Photo / Video

04/12/2025

Here gor you...
Whats app
+351920313106

04/12/2025

11/08/2025

Card renewal vayo?
Sampurna kam ko lagi
What's app
+351920313106

01/06/2025

Passport ko Form
Bharisaknnu Vayo?
Whats app
+351920313106

राहदानी सेवा | Embassy of Nepal, Portugal 14/04/2025

नेपाली राजदूतावास लिस्बनबाट शुरु हुने सेवा सम्बन्धी बिस्तृत जानकारी

यस राजदूतावासले Restelo स्थित Rua Pero de Alenquer 29, 1400-069, Lisbon मा रहेको आफ्नो नयाँ कार्यालयबाट यही १६ अप्रिल २०२५ देखि आफ्नो सेवाहरु शुरु गर्ने गैरहेको सन्दर्भमा कन्सुलर सेवालाई थप व्यवस्थित गर्न देहायबमोजिमको व्यवस्था गर्न लागिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लाग अनुरोध गरिन्छ ।

कुन-कुन दिन लिन को-को सेवा लिन आउने:

• प्रहरी चारित्रिक प्रमाणपत्र (Police Report), पारिवारिक कागजात (Family Documents) र राहदानी (Passport) को फाल्ता आई यही २१ अप्रिलसम्म प्रमाणित कागजात बुझाउनु पर्ने सेवाग्राहरु १६-१७ अप्रिल भित्र सेवा लिन आउन सक्ने ।

• कागजात फाल्ता आई २५ अप्रिलसम्म प्रमाणित कागजात बुझाउनु पर्ने सेवाग्राहीहरु २१-२३ अप्रिल भित्र सेवा लिन आउन सक्ने।

• ३० अप्रिलसम्म प्रमाणित कागजात बुझाउनु पर्ने सेवाग्राहीहरु २४-२५ अप्रिल भित्र सेवा लिन आउन सक्ने।

• १-७ मे भित्र प्रमाणित कागजात बुझाउनु पर्ने सेवाग्राहीहरुको हकमा २८-३० अप्रिलसम्म सेवा लिन आउन सक्ने।

• नेपाली राजदूतावास, पेरिसबाट यस अघि प्राप्त प्रमाणित्र कागजातहरुको वितरण हरेक दिन (सार्वजनिक विदाको दिनवाहेक) दिउसो २ वजेदखि ५ वजेसम्म।

• १८ अप्रिल २०२५ का दिन पोर्चुगलको Good Friday पर्वको अवसरमा यस राजदूतावास बन्द रहनेछ।

राहदानी आवेदन सम्बन्धी थप जानकारी:

• राहदानी आवेदनका लागि अनिवार्य रुपमा अनलाइन फाराम भरेर मात्र आउनु पर्नेछ।अनलाइन फारामका लागि [https://emrtds.nepalpassport.gov.np](https://emrtds.nepalpassport.gov.np/?fbclid=IwZXh0bgNhZW0CMTAAAR5tA-dyb1hM8LQGlSC_heHKK39U7Hk871bQYUne54cRv0ORNgWG29FuOyA3hw_aem_PVIAPmyCr73ln6uhaK834w) मा गई फाराम भर्न सकिने।राहदानीका लागि अनलाइन फाराम भर्दा नेपाली राजदूतावास पेरिसले खोलेका Appointment slots मध्येबाट जुनसुकै दिनको उपलव्ध slot छानेर फाराम भर्न सकिनेछ।थप जानकारीका लागि यस राजदूतावासकोवेवसाइट [https://pt.nepalembassy.gov.np/pages/passport-service-4/](https://pt.nepalembassy.gov.np/pages/passport-service-4/?fbclid=IwZXh0bgNhZW0CMTAAAR4sMIXfge_R6V0jowe2CXfCAGyYnUU4D4AMskmKWjbAJgyVA3RQ3YEEhga5ng_aem_xjUuYf-ku7UgKTyjeDLIiQ) मा गई हेर्न सकिने ।

• अर्को व्यवस्था नहुँदासम्म Enrolment Centre मा NE Paris नै छनौट गर्नुपर्नेछ ।

• सक्कल नेपाली राहदानी र यथासंभव सक्कल नेपाली नागरिकता प्रमाणपत्र तथा तीनका प्रतिलिपिहरु साथमा लिई आउनु पर्नेछ ।

शुल्क:

• साधारण राहदानी नविकरण (३४ पृष्ठको): १२० यूरो

हराएको तथा ड्यामेज राहदानीका लागि (३४ पृष्ठको): १८० यूरो

१० बर्ष मुनिको नावालकका लागि (३४ पृष्ठको): ६० यूरो

१० बर्ष मुनिको नावालकको हराएको तथा Damage राहदानीका लागि (३४ पृष्ठको): ९० यूरो

प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणित गर्न: १०० यूरो

पारिवारिक प्रमाणपत्र प्रमाणित गर्न: ५० यूरो

शैक्षिक प्रमाणपत्र प्रमाणित गर्न: १५ यूरो

सेवा प्रदान हुने सम्बन्धि अन्य सान्दर्भिक कुराहरु:

• आफ्नो कागजात प्रमाणित गर्न तथा राहदानी आवेदनका लागि अनिवार्य रुपमा सम्बन्धित आवेदक नै स्वयं उपस्थित हुनु पर्नेछ।सम्बन्धित वाहेक अन्य व्यक्ति उपस्थित भएमा राजदूतावासबाट सेवा प्रदान नहुने व्यहोरा अनुरोध गरिन्छ।

• हालका लागि अनिवार्य रुपमा नगद मात्र स्वीकार गरिनेछ ।

• हालका लागि फाल्ता आई यथाशिघ्र कागाजत बुझाउनु पर्ने आवश्यकता भएका सेवाग्राहीहरुलाई मध्यनजर गरी सेवा प्रदान गर्न लागिएको भएता पनि भविष्यमा अनलाइन अपोइन्टमेन्टका आधारमा सेवा प्रदान गरिनेछ ।

• कन्सुलर सेवा विहान ९:३० देखि दिउसो १:०० वजेसम्म र दिउसो २:०० वजेदेखि ४:०० वजेसम्म रहनेछ।

• राजदूतावासको वेवसाइट थप परिष्कृत हुँदै गरेको हुँदा सबै जानकारीहरु वेवसाइटमा अपडेट हुन केही समय लाग्नेछ।

• थप जानकारी/सूचनाहरु हालका लागि यसै प्लेटफर्मबाट उपलव्ध गराइने ।

नेपाली राजदूतावास

लिस्बन

१३ अप्रिल २०२५

राहदानी सेवा | Embassy of Nepal, Portugal विद्युतीय राहदानी

09/04/2025

लिस्बनस्थित नेपाली राजदूतावासको सेवा प्रारम्भ हुने सम्बन्धी जरुरी सूचना ।

पुनश्य:
कन्सुलर सेवाका लागि समय: विहान ९:३०-१:०० र दिउसो २:००-३:३० वजेसम्म ।
राजश्व: अर्को व्यवस्था नभएसम्मका लागि Cash नै ल्याउनुपर्ने । कन्सुलर सेवावापतको राजश्व सम्बन्धी विवरण पछि वेवसाइटबाट हेर्न सकिने ।
अपोन्टमेन्ट: अनलाइन अपोन्टमेन्टका लागि पछि वेवसाइटबाट समय बुक गरेर आउनुपर्ने ।

Photos from Info Portugal.Np's post 05/04/2025

फ्रान्स स्थित नेपाली दूतावासबाट अप्रिल ४, २०२५ अर्थात् आजसम्म छाप लगाएका प्रहरी चारित्रिक प्रमाणपत्रहरू निम्न अनुसार रहेको र लिस्वनस्थित नेपाली राजदूतावासमा पठाइएको जानकारी फ्रान्स स्थित नेपाली राजदूतावासले दिएको छ।

01/04/2025

Nabikari Kana IRS varnu paryo?
What app
+351920313106

Photos from Info Portugal.Np's post 31/03/2025

पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेलले पोर्चुगलका राष्ट्रपति महामहिम मार्सेलो नुनो डुआर्टे रेबेलो डी सूसा समक्ष आज अपराह्न लिस्बनस्थित बेलेम प्यालेसमा आयोजित एक औपचारिक समारोहकाबीच आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

Quer que o seu negócio seja a primeira Ginásio em Lisbon?

Clique aqui para solicitar o seu anúncio patrocinado.

Localização

Telefone

Website

Endereço

Lisbon
1000