12/05/2022
INAS FC
Nepalese Artists' Football Club "INAS FC"
INAS has blended Sports with Arts and Music in support of the ideas of Kindness to Humanity.
12/05/2022
27/04/2022
TNQ INAS ALL TEAM AND INAS UAE FOODBALL TEAM BHAI SABAI LAI
12/04/2022
JAI INAS FC
14/06/2020
इनास ग्लोबल गायन तथा नृत्य प्रतियोगिता बारे पूर्ण तयारी भएको जानकारी र जिज्ञासा बारे जर्मनीबाट ग्लोबल अध्यक्ष कमला दाहाल ज्यु, युकेबाट ग्लोबल महासचिव मनिष श्रेष्ठ ज्यु, डेनमार्कबाट युरोप संयोजक सन्त कुमार थापा मगर ज्यु र दुबईबाट इनास ग्लोबल प्रविधि संयोजक राम तामाङसंग रमाईलो टिभीका सञ्चालक तथा इनास नेपालका संयोजक दयाराम पाण्डे ज्युले लिनुभएको बहस कार्यक्रम हेरेर कार्यक्रमको रूपरेखा, उद्देश्य र सान्दर्भिकता बारे बुझ्न सबैलाई हार्दिक अनुरोध छ । धन्यबाद ।
इनासले गर्दैछ- विश्वव्यापी गायन र नृत्य प्रतियोगिता Ramailo Tv Presents:- a Dayaram Pandey Show Camera:- Mohan Rajak Editor:- HImal Saud Mcr:- Manoj/Amit Please Subscribe Us Enjoy watching our Channel. Contact...
28/05/2020
सहभागी हुनुहोस् । दुबै विधामा निम्न धनराशी पुरस्कार जित्नुहोस् । बन्दाबन्दीको यो समयमा अाफ्नो घरअाँगनलाई पनि कला प्रष्फुटनको ठूलो स्टेज बनाउनुहोस् ।
www.inas.global
21/12/2019
प्रथम इनास प्रिमियर कप २०१९
आबुधाबी, युएई
श्रीमान क्लब तथा संस्था प्रमुख ज्युहरु,
यूएईमा क्रियाशील सबै क्लब तथा संस्थाहरू,
प्रायोजकहरू, खेल अफिसियलहरू तथा
पत्रकार मित्रहरू ।
विषयः हार्दिक आभार तथा धन्यबाद ज्ञापन बारे ।
महोदय,
उपरोक्त सम्बन्धमा इनास युएई तथा इनास एफसीले प्रबासमा पनि मित्रता, भाईचारा बढाउन तथा स्वास्थ्यका लागि खेलकुदको मूल मर्मलाई आत्मसात गर्दै २० डिसेम्बर २०१९, शुक्रबार आबुधाबीको शेख जायद स्टेडियममा भव्य रूपमा सम्पन्न गरेको प्रथम इनास प्रिमियर कप २०१९ मा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेर हाम्रो यस कार्यक्रमलाई भव्य रूपमा सम्पन्न बनाउनु भएकोमा यस संग जोडिएका सबैलाई इनास युएई तथा इनास एफसी हार्दिक आभार तथा धन्यबाद ज्ञापन गर्दछ । साथै हाम्रो निम्तोलाई स्विकारेर उपस्थिति भईदिनु हुने एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईराला ज्यू, बरिष्ठ समाजसेवी तथा नेपाली समाज युएईका संस्थापक चन्द्र प्रसाद सापकोटा ज्यु, समाजसेवी तथा कुशल व्यवसायी एकेन्द्र बहादुर थापा ज्यु, एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार श्रेष्ठ ज्यु, समाजसेवी लोकेन्द्र बम ज्यु, नेपाली समाज युएईका खेलकुद संयोजक हिरालाल श्रेष्ठ ज्यु, खेल विश्लेषक राउल श्रेष्ठ ज्यु लगायत भाग लिने तमाम क्लबका व्यवस्थापक तथा प्रशिक्षकज्युहरूमा कार्यक्रम हामीले सोचेभन्दा पनि सर्वोत्कृष्ट बनाउन खेल्नु भएको भूमिका प्रति हामी हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । हामीलाई प्रायोजन गर्ने ईन्डेक्स एक्सचेन्ज, एसबिएल रेमिट, कोकाकोला कम्पनी तथा विभिन्न रेष्टुरेण्ट तथा ट्राभल कम्पनीहरूलाई पनि हामी हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । प्राविधिक रूपमा हामीलाई बेजोडले सहयोग गर्नुहुने सबै रेफ्रि तथा अफिसियलहरू, साउण्ड सिस्टम तथा लाईट व्यवस्थापकहरू, खेल मैदान उपलब्ध गराउने शेख जायद स्टेडियम सञ्चालकहरू, यातायात तथा भान्सामा सहयोग गर्ने सबै प्रति हार्दिक आभार । साथै इनास युएईका सबै क्षेत्रीय समितिहरूलाई पनि यहाँहरूले पुर्याउनु भएको अमूल्य सहयोगका लागि हार्दिक धन्यबाद ।
यस प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने आईकाड एफसी, दोश्रो हुने एफसी मिना, अनुशासित टिम तर्फ विजय हुने युनाईटेड स्टार एफसी तथा व्यक्तिगत विधा तर्फ विजयी सबैलाई हार्दिक बधाई तथा शुभकामना ।
भवदीय,
दुर्गा बहादुर सुनुवार
खेलकुद संयोजक, इनास युएई
सूर्य सुनुवार,
टिम कोच, इनास एफसी
सागर क्षेत्री
अध्यक्ष, इनास आबुधाबी
राम तामाङ
अध्यक्ष, इनास युएई
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Abu Dhabi
19571