TikTok बन्द गर्ने नेपाल सरकारको निर्णय स्वागतयोग्य ।
Himalayan Radio (First Nepalese Voice in Australia)
"first Nepalese Voice in Australia" Himalayan Radio Every monday 5-8 pm live from radio skidrow 88.9
18/01/2021
हिउँदमा केटु हिमालको सफल आरोहण गर्दै नेपाली टोलीको नयाँ विश्व कीर्तिमान
दश नेपाली पर्वतारोहीको एक टोलीले नयाँ विश्व कीर्तिमान कायम गर्दै हिउँदमा विश्वको दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गरेका छन्।
टोलीका सदस्य निर्मल पुर्जाले स्थानीय समयानुसार शनिवार बेलुकी ५ बजे शिखरमा पुगेको बताए।
यो हिउँदमा उक्त हिमालमा दर्जनौँ पर्वतारोहीहरू उक्त विश्व कीर्तिमान कायम गर्ने प्रयासमा थिए।
आरोहण दलमा १० नेपालीहरू सुरुमा फरक-फरक दलमा समावेश भएको भए पनि पछि नेपालको नाममा कीर्तिमान कायम गर्न एकै दल बनाएका थिए।
सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको केटु पाकिस्तान चीन सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा अवस्थित छ।
संसारमा भएका ८,००० मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ।
केटुको सबैभन्दा गार्हो स्थानको रूपमा सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको एउटा साँघुरो स्थान रहेको छ।
सफल आरोहीमध्ये एक निर्मल पुर्जाले इन्स्टाग्राममा शिखरको तस्बिर राखेका थिए भने उनीहरूको सफलतालाई व्यवस्थापक सेभेन समिट ट्रेक्सले पनि पुष्टि गरेको छ।
भिक्टोरियन प्रिमियर डानियल एन्ड्र्यूज भन्छन् "भाइरसले तपाईलाई खास उपचार गर्दैन, त्यसैले हामी पनि गर्दैनौं", केही खेलाडीहरूको दावीमा कि उनीहरूले फेब्रुअरी on मा मेलबर्नमा अस्ट्रेलिया ओपन सुरु हुनु भन्दा पहिले क्वारेन्टाइन नियमको बारेमा पूर्ण जानकारी गरेका थिएनन्।
18/01/2021
यो बर्ष अन्तराष्ट्रिय विधार्थी भिक्टोरिया आउन झण्डै ‘असम्भव’
भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एनड्रुजले यो बर्ष अन्तराष्ट्रिय विधार्थि भिक्टोरिया आउने कुरा झण्डै “असम्भव” रहेको बताएका छन्।
भर्खरै भएको प्रेस सम्मेलनमा बोल्दै प्रिमियर ड्यानियल एनड्रुजले विदेशमा रहेका अस्ट्रेलियन नागरिकनै घर फर्किन नसकिरहेको बेला- अन्तराष्ट्रिय विधार्थीलाई यहाँ ल्याउने कुरा अहिलेको लागि सम्भव नरहेको बताउछन्।
“शिक्षा क्षेत्र हाम्रो लागि ठूलो निर्यात हो, र हामी अन्तराष्ट्रिय विधार्थीहरु जतिसक्दो छिटो यहाँ चाहान्छौ,” उनले भने। “तर तथ्यको हिसाबले कुरा गर्ने हो भने- म यो बर्ष सम्भव देख्दिन।“
यसैबिच, भिक्टोरिया राज्यले सिड्नी लगायत न्यु साउथ वेल्स राज्यको केहि क्षेत्रको बासिन्दाहरुको लागि आफ्नो सीमा खुल्ला गरेको छ
18/01/2021
एलेक्सी नभाल्नी: रुसी विपक्षी नेता हिरासतमा, बाइडनको टोलीद्वारा निन्दा
पश्चिमाहरूद्वारा निन्दा
उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।
नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन्। खोजपत्रकारहरूले उनको आरोप सही भएको बताएका छन् तर क्रेमलीनले त्यसलाई अस्वीकार गरेको छ।
अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ।
बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई जबाफदेही बनाउन पनि आह्वान गरे।
अन्य पश्चिमा नेताहरूले पनि नभाल्नीको पक्राउको निन्दा गरेका छन्।
युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले नभाल्नीको पक्राउलाई 'अस्वीकार्य' भनेका छन्।
"उनलाई तत्काल रिहा गर्न म रुसी अधिकारीहरूलाई आह्वान गर्छु," मिसेलले ट्वीटमा लेखेका छन्।
तस्बिर स्रोत, REUTERS
तस्बिरको क्याप्शन,
नभाल्नीका समर्थकलाई नुकोभो विमानस्थलमा नियन्त्रणमा लिँदै प्रहरी
के भएको थियो?
"म सही छु भन्ने मलाई थाहा छैन। मलाई कुनै डर छैन," मस्कोको शेरेमेत्येभो विमानस्थलमा पक्राउ पर्नु केही मिनेट अगाडि आफ्ना समर्थक तथा सञ्चारकर्मीलाई नभाल्नीले यसो भनेका थिए।
उनका वकिललाई साथमा जान दिइएन।
यसअघि आइतवार उनको विमान उत्रिने भनिएको नुकोभो विमानस्थलमा अतिरिक्त दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा बन्दोबस्त गरिएको थियो।
कैयन् अन्य अभियानकर्मीहरू पक्राउ परेको रुसी सञ्चारमाध्यमले जनाएका थिए।
गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात् नभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो।
त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नभाल्नी बेहोस भएका थिए।
उनलाई नोभिचोक नामक विष दिइएको पछि पत्ता लागेको थियो।
रुसी अधिकारीहरूले सो घटनामा आफू जिम्मेवार नभएको बताउँदै आएका छन् भने नभाल्नीले चाहिँ राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा आफूलाई विष दिइएको भन्दै आएका छन्।
18/01/2021
कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले नयाँ प्रकारको कोरोनाभाइरसको कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी दिएको छ।
कोरोनाभाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो।
उच्च सङ्क्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ र ब्रिटेनमा दैनिक मृत्यु कीर्तिमानी रूपमा बढाउन त्यसले सहयोग गरेको छ।
दक्षिण अफ्रिकामा देखा परेको भाइरसको 'स्ट्रेन' अर्थात् प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ।
जापानमा अर्को पहिचान
सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने क्षमता रहेकाले चिन्ता देखा परेको छ।
जापानमा अधिकारीहरूले पत्ता लगाएको अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिदिएको छ।
उनीहरूले चारजनामा त्यस्तो किसिमको भाइरसको सङ्क्रमण भएको पहिचान गरेका छन्।
ती मानिसहरू ब्रजिलमा सङ्क्रमित भएको ठानिएको छ।
चिन्ताको कारण के?
नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण ठानिएको छ।
यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ
यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ
प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ।
बीबीसीका स्वास्थ्य एवम् विज्ञान संवाददाता जेम्स ग्यालहरले चिन्ता बढ्नुको कारण यी भएको बताएका छन्।
विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएको छ।
14/01/2021
माघे संक्रान्ति | माघि पर्व | घ्यु चाकु खाने दिन | उत्तरायण आरम्भ | तोल ल्होसार को सबैमा शुभकामना!!!!
आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आआफ्नै विशेषता र सास्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।
माघि पर्व घ्यु चाकु खाने दिन मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको शुभकामना, सख्खरजस्तै गुलिया अनि लड्डुजस्तै मिठा पलहरु यस वर्षभरि कायम हुन्, हजुरको जय होस् ।
12/01/2021
अमेरिकी फुटबल प्रशिक्षकले डोनल्ड ट्रम्पले दिने राष्ट्रपतीय पदक नलिने घोषणा
अमेरिकी फुटबलका सबैभन्दा सफल मानिएका प्रशिक्षकले राष्ट्रपति डोनल्ड ट्रम्पले प्रदान गर्ने राष्ट्रपतीय मेडल नलिने घोषणा गरेका छन्।
न्यू इङ्ग्ल्यान्ड प्याट्रिअटका प्रशिक्षक बिल बेलिचिकले संसद्मा भएको घटनाका कारण अमेरिकी नागरिकले पाउने सबैभन्दा उच्च 'प्रेजिडेन्शल मेडल अफ फ्रीडम' नलिने बताएका हुन्।
बेलिचिकले सो पदक पाउने खबरले सुरुमा खुसी लागेको तर गत साता ट्रम्प समर्थकहरूले अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनाले आफूले नलिने निर्णय गरेको बताए।
बेलिचिकले यसअघि ट्रम्पसँगको मित्रताका विषयमा बोल्ने गरेको थिए।
"हालैमा मलाई प्रेजिडेन्शल मेडल अफ फ्रीडम प्रदान गरिने खबर गरिएको थियो र मलाई यसअघि उक्त मेडल पाएका व्यक्तित्वहरूप्रति मेरो सम्मानका कारण खुसी लागेको थियो," बेलिचिकले एउटा विज्ञप्तिमा भनेका छन्।
"त्यसपछि गत साताको दुःखद घटनाहरू भए र यो सम्मान सम्बन्धमा अगाडि नबढ्ने निर्णय गरियो।"
छवटा सुपर बाउल उपाधि जितेका बेलिचिक अमेरिकी फुटबल लीग एनएफएल इतिहासमा सबैभन्दा सफल प्रशिक्षिक मानिन्छन्।
प्रेजिडेन्शल मेडल अफ फ्रीडम 'अमेरिकाको सुरक्षा वा राष्ट्रिय स्वार्थमा' उत्कृष्ट योगदान दिएका व्यक्तिलाई दिने गरिन्छ।
सन् २०१९ मा ट्रम्पले यो मेडल गल्फ खेलाडी टाइगर वुड्स र स्वर्गीय एल्भिस प्रेज्लीलाई प्रदान गरेका थिए।
12/01/2021
अनुष्का शर्मा र विराट कोहलीलाई पुत्रीलाभ, इन्टरनेटमा बधाईको ओइरो
भारतीय नायिका अनुष्का शर्माले छोरी जन्माएको उनका पति भारतीय क्रिकेट कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा घोषणा गरेका छन्।
कोहलीले ट्वीटमा आफू बाबु बनेको जानकारी दिएपछि भारतमा यो जोडीको नाम ट्विटरमा चर्चित भएको थियो।
"हामी तपाईँको माया र मङ्गलकामनाका लागि मनदेखि नै आभारी छौँ। अनुष्का र हाम्री छोरी दुवै जना सकुशल छन्," उनले लेखेका छन्।
कोहली र शर्माको विवाह सन् २०१७ को डिसेम्बरमा भएको थियो।
"जीवनको यो नयाँ अध्याय अनुभव गर्न पाउनु हाम्रो सौभाग्य हो," भन्दै उनले यतिबेला आफूहरूलाई अलिकति गोपनीयता आवश्यक भएको उल्लेख गरेका छन्।
सो घोषणापछि उनीहरूका प्रशंसकहरूले ट्विटर र इन्स्टाग्राममा कोहली दम्पतीलाई बधाई दिएका छन्।
यो जोडी सामाजिक सञ्जालमा ज्यादै चर्चित छ र दशौँ लाख प्रशंसकहरूले उनीहरूलाई फलो गर्छन्। कोहलीको इन्स्टाग्रामको पोस्टमा मात्र २४ मिनेटमा १० लाख जनाले लाइक गरेका थिए।
शर्मा पनि भारतीय चलचित्र उद्योगमा सफल नायिका हुन्।
उनले पीके, सुल्तान, दिल धडकने दो र ये दिल है मुश्किल आदि विभिन्न चलचित्रमा अभिनय गरेकी छन्।
हालै शर्माले आलोचकहरू रुचाएको वेब शृङ्खला 'पाताल लोक' निर्माण गरेकी थिइन्।
क्रिकेटका उत्कृष्ट ब्याट्सम्यानमध्ये एक कोहली अस्ट्रेलियासँगको महत्त्वपूर्ण क्रिकेट शृङ्खला बीचमै छोडेर भारत आएका थिए।
04/01/2021
आदिवासी इतिहास झल्काउने गरी अष्ट्रेलियाले बदल्यो राष्ट्रिय गान सहैको स्वागत
अष्ट्रेलियाले राष्ट्रिय गानमा आदिवासी मानिसहरुको प्रतिनिधित्व गराउन केही परिवर्तन गरेको छ । यससँगै अष्ट्रेलियाको राष्ट्रिय गानमा सुनिने ‘योङ एण्ड फ्रि’ (युवा र स्वतन्त्र) शब्द हटेको छ । अष्ट्रेलियाका आदिवासीहरु विश्वको सबैभन्दा लामो सभ्यता बोकेको समुदाय हो । त्यसैले अष्ट्रेलियाले राष्ट्रिय गानको उक्त शब्द हटाउन लागेको हो ।
शुक्रबारबाट लागू हुने उक्त राष्ट्रिय गानको हटाइएको शब्दमा ‘वी आर वान एण्ड फ्रि’ (हामी सबै एक र स्वतन्त्र ) राखिएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले नयाँ राष्ट्रिय गानले मानिसहरुमा एकताको भावना विकास गर्ने धारणा व्यक्त गरेका छन् ।
पहिलो पटक यसरी गाईएको थियो रब्बीखेलमा
Australia Rugby team during the National Anthem sung in First Nations languag It is the first time the anthem has been performed in a First Nations language before a Wallabies Test.The Aboriginal word for Australia is “Indigenous”. The...
नेपालमा हिमपाल
हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ ।
उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् ।
तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिए ।
पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् ।
हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि हिउँले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी भएका छन् ।
04/01/2021
राज्य सरकारले ग्रेटर सिड्नीमा भवन भित्रका केही ठाउँहरूमा मास्क लगाउन अनिवार्य गरेको छ ।
सोमबार ४ जनवरीदेखि मास्क नलगाएको खण्डमा २०० डलर जरिवाना तिर्नु पर्ने हुन्छ। १२ वर्ष भन्दा मुनिका बालबच्चाहरूलाई मास्क अनिवार्य नभए तापनि, सम्भव भएसम्म सबैलाई मास्क लगाउन न्यु साउथ वेल्सका अधिकारीहरूले आग्रह गरेका छन्।
आतिथ्य उद्योगका सबै कर्मचारीहरूले र क्यासिनोमा काम गर्ने मानिसहरूले पनि मास्कको प्रयोग गर्नु पर्ने छ।
धार्मिक स्थलहरू, विवाह समारोह र अन्त्येष्टि समारोहहरूमा १०० जना भेला हुन पाउने छन् र प्रत्येक ४ वर्ग मिटरमा एक व्यक्ति उपस्थित हुनु पर्ने नियम छ। नाइट क्लबहरू पूर्ण रूपले निषेधित गरिएका छन्। जिम कक्षाहरूमा ३० जना एक पटकमा भेला हुन पाउने छन् (पहिले यो सङ्ख्या ५० थियो)।
भवन बाहिर गरिने प्रदर्शन, कार्यक्रम तथा विरोधहरूमा ५०० जना भेला हुन पाउने छन्। त्यस्तै, बाहिरी स्थानमा सिटमा बसी, टिकेट किनेर, या भवन बाहिर कुनै बन्द ठाउँमा भने २००० जना सम्म भेला हुन पाइन्छ।
थपजानकारी को लागी
COVID-19 (coronavirus) Official NSW Government response to COVID-19: symptoms and testing, what you can and can't do under the rules, information for businesses plus the latest news and updates.
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
142 Addision Road
Sydney, NSW
Opening Hours
| Monday | 5pm - 8pm |
| Tuesday | 9am - 5pm |
| Wednesday | 9am - 5pm |
| Thursday | 9am - 5pm |
| Friday | 9am - 5pm |