NFC BONN

NFC BONN

Teilen

Nepalese Football Club Bonn e.V

Photos from NFC BONN's post 13/07/2026

Meet Our Player! ⚽
Sajan Lamichhane – Attacking Midfielder
Brings energy, creativity, and leadership to the midfield. Loud on the pitch, respectful to everyone, and always playing for the team.
Proud to represent NFC Bonn e.V. 💙

13/07/2026

Meet Our Players! ⚽
Umesh Jaishi – Left Winger
Brings energy, positivity, and passion every time he steps onto the pitch.
Proud to represent NFC Bonn e.V. 💙

03/07/2026

Berlin Cup 2026 🏆
Every journey starts with one step.
Together we travel. Together we fight. Together we grow.
Let’s go, NFC Bonn e.V.! ❤️⚽

15/12/2025

‼️Official Announcement‼️ NFC Bonn officially registered as e.V.🎈🎉‼️

NFC Bonn को व्यवस्थापन समिति सबै सदस्य र शुभचिन्तकहरूलाई क्लबको दर्ता प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा अत्यन्तै खुसी छ। मिति 3 Dec 2025 बाट NFC Bonn लाई औपचारिक रूपमा Eingetragener Verein (e.V.) को हैसियत प्राप्त भएको छ।

जर्मन कानुन अन्तर्गत ई.भी. (e.V.) को रूपमा दर्ता हुनु क्लबको सङ्गठनात्मक विकासमा एक महत्त्वपूर्ण फड्को हो। यस कानुनी आधारले क्लबको दिगोपन, पारदर्शिता र सुशासन सुनिश्चित गर्दछ। e.V. को स्थिति प्राप्त गरेपछि, हामी अब थप व्यवस्थित र सशक्त ढङ्गले आफ्ना गतिविधिहरू सञ्चालन गर्न सक्षम भएका छौँ।

हामी सुरुवातदेखि नै 'हामीले क्लबलाई दर्ता गरेर वैधानिक रूपमा अगाडि बढाउनुपर्छ' भनी सधैँ घचघच्याइरहनु हुने, र यो दर्ता प्रक्रियामा अत्यधिक सहयोग र व्यक्तिगत पहल गर्नुहुने यस क्लबका Vorsitzender Shyam Pariyar डा. श्याम परियार ज्यूलाई धेरैधेरै धन्यवाद दिन चाहन्छौँ।

यो सफलता हासिल गर्न निरन्तर साथ दिनुहुने संस्थापक सदस्यहरू, खेलाडी साथीहरू र सम्पूर्ण समर्थकहरूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

NFC Bonn e.V.

08/09/2025

Köln मा शान्तिपूर्ण प्रदर्शन 09.09

नेपालमा ८ सेप्टेम्बरमा Gen-Z पुस्ताले भ्रष्टाचारविरुद्ध आयोजना गरेको शान्तिपूर्ण विरोधमा सरकारपक्षले गरेको हिंसात्मक दमनका कारण युवाहरूले ज्यान गुमाएको घटनाले हामी सबै विक्षिप्त छौँ। Gen-Z आन्दोलनसँग ऐक्यबद्धता प्रकट गर्न, असामयिक जीवन गुमाएकारूप्रति श्रदाञ्जली अर्पण गर्न, साथै मानव अधिकारको ठाडो उल्ल्ङ्घन भएको यस कार्यविरुद्ध एकजुट हुन हामी कोलोन (Köln) मा शान्तिपूर्ण प्रदर्शन आयोजना गर्दैछौँ। मिल्ने जति सबैलाई हामी यस कार्यक्रमा सरिक हुन हार्दिक आव्हान गर्दछौँ।

समय र स्थान
Köln Hbf र Köln Dom अगाडिको खुला स्थान
09 September 2025
साँझ ५:३० बजे भेला हुने / ६ बजे देखि शान्तिपूर्ण प्रदर्शन

कार्यक्रम
श्रद्धाञ्ली अर्पण / प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन

ल्याउनुपर्ने सामान
* प्लेकार्ड हामीले A4 साइजमा अट्ने बनाएका छौँ। यहाँहरूले प्रिन्ट गरेर ल्याउन पनि सक्नुहुनेछ। Google Drive को लिङ्क तल छ।
* श्रद्धाञ्जली अर्पणका लागि पुष्पगुच्छा र मैनबत्ती (ऐच्छिक! मैनबत्ती ल्याउनु हुनेले कृपया भुईँमा मैन चुहिन नदिन सिसाको ग्लास वा सिसामा भएको मैनबत्ती वा Teelichthalter पनि ल्याउनुहोला)
* नेपालको झण्डा (ऐच्छिक)
* मौसम हेरेर सोही अनुसार छाता वा लुगा

लुगा
हाम्रो यस प्रदर्शन मानव अधिकार उल्ल्ङ्घनको विरोध पनि हो। त्यसैले सम्भव हुनेले कालो लुगा, वा कालो पट्टी लगाएर आउनुहोला। सम्भव नभएको खण्डमा आफूलाई सहज हुने लुगा लगाउनु सक्नुहुनेछ।

अन्य सहरहरूमा पनि शान्तिपूर्ण प्रदर्शन
यदि यहाँहरू पनि आफ्नो सहरमा यस्तै प्रदर्शन गर्न चाहनुहुन्छ भने हामीले Flyer को File तथा Placard Google Drive मा राखेका छौँ। आफ्नो अनुकूल सम्पादन गर्न सक्नुहुनेछ।

Google Drive लिङ्क
https://drive.google.com/drive/folders/1wjp5v36T9MEufPPL2NrzRM7Sn4YllgOd?usp=sharing

सबैलाई भोलि Köln मा भेटौँला! आफ्नो चिनजान र नेपालीहरूको समूहमा जानकारी साझा गरिदिनुहोला! Aachen Chuli FC Nepalese Stars NRW Dortmund Nepal FC

08/09/2025

Namaste Everyone,

As you know, the situation in Nepal has become very concerning. The government is failing to protect human lives and human rights. Innocent people — including Gen Z youth, students, and ordinary citizens — have tragically lost their lives. Some college students have even been shot in the head while peacefully raising their voices.
This movement is not just against corruption, nepotism, and incompetence in politics and governance — it is a fight for justice, dignity, and the future of Nepal.
Even if we are not in Nepal right now, each of us can contribute. We all have personal social media platforms and networks — let’s use them to amplify the truth, raise awareness, and stand in solidarity with those who are suffering.
Your voice matters. Together, we can make a difference.

Thank you all for your support. 🙏

08/09/2025
Wollen Sie Ihr Service zum Top-Fitness-Studio in Bonn machen?

Klicken Sie hier, um Ihren Gesponserten Eintrag zu erhalten.

Lage

Telefon

Adresse


Wasserland 14
Bonn
53129