Nepal Darmstadt FC

Nepal Darmstadt FC

Teilen

Nepalese football club started by the students based in Darmstadt, Germany.

04/09/2026

One for the history book! 💜

Photos from Nepal Darmstadt FC's post 27/08/2026

🇳🇵 „रसुवाको बाढीपीडितहरूप्रति ऐक्यबद्धता तथा सहयोगको अपिल „🙏

रसुवाको रसुवागढी–टिमुरे क्षेत्र तथा भोटेकोशी नदी आसपासमा आएको विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिबारे हामी सबै अवगत नै छौँ। यस विपद्का कारण धेरै परिवार प्रभावित भएका छन् भने घर, सडक, पुल, जलविद्युत् तथा अन्य महत्वपूर्ण पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।
यस दुःखद घडीमा नेपाल डार्मस्टाड फुटबल क्लब (NDFC) सम्पूर्ण प्रभावित परिवार, घाइते तथा विस्थापितहरूप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्दै उहाँहरूसँग ऐक्यबद्धता जनाउँछ।

हामी नेपाल तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमता र सम्भव भएसम्म सहयोग गर्न हार्दिक अपिल गर्दछौँ।तपाईंको सानो सहयोगले पनि विपद्मा परेका परिवारको राहत र पुनर्स्थापनामा ठूलो योगदान पुर्‍याउन सक्छ।

नेपालमा रहनुभएका महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष सहयोग गर्न सक्नुहुन्छ। सहयोग गर्न सजिलो होस् भनेर हामीले कोषको QR कोडको Screenshot पनि यहाँ राखिदिएका छौँ।

अन्तर्राष्ट्रिय रूपमा सहयोग गर्न चाहनुहुने महानुभावहरूले तलको लिंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रत्यक्ष रूपमा सहयोग गर्न सक्नुहुनेछ।
https://pmdrf.nchl.com.np/

यस कठिन समयमा रसुवाका प्रभावित परिवारहरूसँग हामी छौँ। विपद्मा परेका नेपालीहरूका लागि हामी सबै एकजुट बनौँ। ❤️🇳🇵

नेपाल डार्मस्टाड फुटबल क्लब

03/07/2026

Appreciation Post! 💐

Wollen Sie Ihr Service zum Top-Fitness-Studio in Darmstadt machen?

Klicken Sie hier, um Ihren Gesponserten Eintrag zu erhalten.

Lage

Kategorie

Adresse


Kronstädter Weg 12
Darmstadt
64295