01/09/2026
तेस्रो RS CUP,२०२६ को भव्य तथा सफल समापन!
यहीँ मिति ३० अगस्ट २०२६,आइतबारका दिन FC Rising Star द्वारा आयोजित तेस्रो RS CUP,२०२६ भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको कुरा यहाँहरुमा जानकारी गराउन चाहन्छौं।
प्रतियोगितामा सहभागी हुनु भएका १७ टिमहरू मध्य अझ उत्कृष्ट खेल प्रदर्शन गरि दुई वटा टिम Bellahøj Classic Sports Club'Blue' र FC Jylland 'A' बिचको फाईनल खेल एकदमै प्रतिस्पर्धात्मक, रोमाञ्चक र सम्झनलायक रह्यो।अन्तिममा Bellahøj Classic Sports Club'Blue' ले FC Jylland 'A' विरुद्ध २-१ को स्कोर निकाल्दै नतिजा आफ्नो पक्षमा पार्दै तेस्रो RS CUP,२०२६ को उपाधि जित्न सफल भएका छ्न्।
🏆 विजेता: Bellahøj Classic Sports Club'Blue'
🥈 उपविजेता: FC Jylland 'A'
हार्दिक बधाई!
उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न र फाइनलसम्म पुग्न सफल भएकोमा दुवै टिमको सम्पूर्ण खेलाडी तथा टोलीलाई धेरै धेरै शुभकामना।
व्यक्तिगत पुरस्कार विजेताहरू:
Best Goal Keeper:Dipesh Shrestha(FC Jylland'A')
Highest Goal Scorer:Uttam Shahi(Bellahøj Classic Sports Club'Blue')
Best Player:Muskan Tamang(Bellahøj Classic Sports Club'Blue')
साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत पुरस्कार प्राप्त गर्नुहुने सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना!
प्रतिकूल मौसममा पनि यस तेस्रो RS CUP,२०२६ लाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण खेलाडीहरू,सहभागी टिमहरू,प्रशिक्षक तथा व्यवस्थापकहरू,अफिसियल र रेफ्री,क्लबको प्रतिनिधिहरु,स्वयंसेवकहरू,सहयोगी तथा प्रायोजकहरू,दर्शक तथा समर्थकहरू र उपस्थित सम्पूर्ण महानुभावहरू सबैप्रति हाम्रो हृदयदेखि नै हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौँ।
तपाईंहरूको साथ, सहयोग, विश्वास र उत्साहबिना यो प्रतियोगिता यति सफल र स्मरणीय बन्न सम्भव थिएन। हरेक खेलाडीको मेहनत, समर्थकहरूको उत्साह र सम्पूर्ण टिमहरुको सहकार्यले तेस्रो RS CUP,२०२६ लाई विशेष बनाएर सफलरुपमा समापन गराएको छ।आगामी दिनहरुमा पनि हजुरहरुको यस्तै साथ र सहयोगको अपेक्षा राख्दै भविष्यमा अझ उत्कृष्ट कार्यक्रमहरू आयोजना गर्नेछौँ।
फेरि अर्को चौथो संस्करणमा अझ ठूलो उत्साह, ऊर्जा र जोशका साथ भेटौँला!
धन्यवाद!
FC Rising Star परिवार,
Denmark
🇳🇵🇩🇰