25/08/2026
💐 भावपूर्ण समवेदना 💐
KYC FC का पूर्व कप्तान Binam Chhetri का पूजनीय बुवा स्व. तेज बहादुर महत (जन्म: २०२८ भदौ १० – स्वर्गारोहण: २०८३ भदौ ८) को असामयिक निधनको खबरले सम्पूर्ण KYC FC परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएका छौँ।
यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै स्व. तेज बहादुर महत प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
साथै, आफ्नो अभिभावक गुमाउनुभएका हाम्रा पूर्व कप्तान लगायत शोक सन्तप्त सम्पूर्ण परिवारजन तथा आफन्तजनप्रति KYC FC परिवार गहिरो समवेदना व्यक्त गर्दछ।
भगवानले यहाँहरू सबैलाई यो अपूरणीय क्षति सहन सक्ने धैर्यधारण गर्ने शक्ति प्रदान गरून्।
अमर रहोस् उहाँको सम्झना!
KYC FC परिवार