15/05/2026
बिगत ३ बर्षबाट हामीले यस अमरदह बजारमा हाम्रो क्लबले आफ्नो तर्फबाट डस्टबिन राख्ने योजना बनएर देउसी भैलो जस्ता कार्यक्रम र केही समाजसेबि मित्र हरुबाट प्रप्त सहयोगको रकमबाट डस्टबिनका लागि ड्रम ल्ययी सम्पुर्ण तयारी पुरा गरि २०८० साल चैत महिनादेखि पटक, पटक नगरपालिकमा नगरप्रमुखज्यूलाई निवेदन पेश गर्दा पनि हाम्रो अफ्नै नगरपलिकाको "डम्पिङ साइट" (फोहर फाल्ने ठाउँ) नभयेको जस्ता कारणले यस कार्य सम्पन्न हुन सकिरहेको थिएन भने, अरु अन्य नगरपालिकासँग सङ पनि समन्वय गरेर यस कार्यलाई अगढी बढाउन प्रयस भइरहेको थिएन।
पहिलेदेखि नै अन्य कार्यहरूको लागि प्रस्तावहरु लिएर नगरपालिकामा जाँदा पनि नगरपालिकाले बेवास्ता गर्ने, साथै हामीले लगेका निवेदनहरू कहिल्यै दर्ता वा दरपिट नभएका कारण क्लबमा निराशा बढ्दै गएको हुँदा अघिल्लो वर्ष हामी सार्वजनिक सुनुवाइमा प्रश्न सोध्न बाध्य भएका थियौँ।
फेरि पनि यस २०८३ साल बैसाख महिनाको १४ गते सोही बिसयको निबेधन लियेर नगर्पलिका जाद सुरुमा नगरपालिकामा फोहोर उठाउने गाडी नभयेको बताइयो।
सथै अगिक्लो पटक भयेको सर्वजानिक सुन्वाइमा हाम्रो क्लब अध्यक्षले प्रश्न गरेका करान नगरप्रमुख आक्रोसित हुदै ब्यग्तिगत वा अन्या कुनै कामपनि नगरिदिने भनी... नगर्प्रहरी लगाइ कक्षबाट हमिलाइ बाहिर निकालियो।
यस्ता करण्हरुले गर्दा हामी र हाम्रो क्लब बाट आशा रख्नुभएको सम्पूर्णको अपेक्षा पूरा गर्न नसेको र हामीले फेरि पनि यस डस्टबिन राख्ने कर्यलाइ सफल्ता दिन नसकेको हुदा, सम्पुर्ण हाम्रो क्लबलाई आश र बिश्वस गर्नुभयेका हरुलाई सबैम येसै पोस्टमर्फत क्षमा माग्दछौँ। 🙏
रेशव ढुङ्गाना
अध्यक्ष
अमरदह युवा क्लब
24/04/2026
‼️सावधान! गर्मी र वर्षायाममा सर्पको जोखिम बढ्ने गर्छ।‼️
हजुरहरु अफु र अफ्नो परिवारको सुरक्षाका लागि यी सावधानी अपनाउनु होस :
🔸 भुईँमा नसुत्नुहोस्: भुईँमा सुत्दा सर्पले डस्ने जोखिम बढ्छ।
🔸 सधैँ खाट वा ओछ्यान प्रयोग गर्नुहोस्: भुईँभन्दा माथि सुत्दा। जोखिम कम हुन्छ।
🔸 झुल प्रयोग गर्नुहोस्: झुलले मच्छर मात्र। होइन, सर्पबाट पनि सुरक्षा दिन्छ।
🏡 घर वरिपरि अपनाउनुपर्ने सावधानीहरू:
🔹 झाडी र बुट्यान हटाउनुहोस्: यी सर्पका लुक्ने मुख्य ठाउँ हुन्।
🔹 घाँस छोटो राख्नुहोस्: नियमित काट्दा सर्प सजिलै देखिन्छ।
🔹 फोहोर र कबाड हटाउनुहोस्: काठका थुप्रा, पुराना सामान आदि नराख्नुहोस्।
🔹 खाना र पानी खुला नराख्नुहोस्: यसले मुसा तान्छ, जुन सर्पको मुख्य आहार हो।
🔹 प्वाल र दरारहरू टाल्नुहोस्: सर्पलाई घरभित्र पस्न नदिनका लागि घरभित्र पस्न सक्ने सबै ठाउँ बन्द गर्नुहोस्।
⚠️ महत्त्वपूर्ण सूचना:
यदि तपाईंले कतै सर्प देख्नुभयो भने,
❌ आफैँ पक्रने वा मार्ने प्रयास नगर्नुहोस्।
✅ दक्ष सर्प उद्धारकर्ता (Snake Rescuer) लाई सम्पर्क गर्नुहोस्।
Snake Rescuer contact number's:
1. Santosh Paswan- 9867993531
2. Mithila wildlife trust rescuer's: 9817629229/9844314228
🐍 सर्प जोगाऔँ, प्रकृति बचाऔँ।🙏
📢 जनचेतनाका लागि सेयर गरौँ।
19/04/2026
हाम्रो यस क्लबका जुनियर टिमका भरपर्दो डिफेन्डर प्रशान्त आर.डी. लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं। तिम्रो मजबुत र प्रतिभाशाली खेल, निरन्तर मेहनत र क्षमताले तिमी अझै उच्च स्थानमा पुग्नेछौ भन्ने विश्वासका साथ उत्तरोत्तर प्रगति तथा उज्ज्वल भविष्यको कामना गर्दछौं! 🎉⚽💪
04/04/2026
हाम्रो अमरदह युवा क्लबका खेलाडी, जुनियर टीमका कप्तान Joyal Khadka को आज पर्न गएको जन्मदिनको अवसरमा लाखौं लाख शुभकामा व्यक्त गर्दै, साथै आउँदो दिनमा खेलको साथ साथै शिक्षामा पनि अझै प्रगतिको कामना गर्दै फेरि पनि हाम्रो क्लब परिवारबाट जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौं।🎂🎉
07/03/2026
मोरङ क्षेत्र नम्बर २ को ताजा मतगणना अपडेट 🗳️
🔔कृष्ण कुमार कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी): ३३,५५४ 📈
☀️दिलीप कुमार अग्रवाल (नेकपा एमाले): १३,०८४ 📉
🌳 मिनेन्द्र प्रसाद रिजाल (नेपाली कांग्रेस): १०,४९१
अबुहो राई (श्रम संस्कृति पार्टी): १,३३५
कृष्ण कुमार कार्कीले २०,४७० को फराकिलो मतान्तरसहित आफ्नो अग्रतालाई अत्यन्तै बलियो बनाउनुभएको छ।
#निर्वाचन२०८२ #ताजाअपडेट
07/03/2026
🗳️ सुनसरी क्षेत्र नं. १: ताजा मतपरिणाम अपडेट 🗳️
🏜श्रम संस्कृति पार्टी (हर्क राज राई ): ९,१३३
🔔 राष्ट्रिय स्वतन्त्र पार्टी (गोमा तामाङ): ७,४७२
⭐️ नेपाली कम्युनिष्ट पार्टी (सूर्या बहादुर भट्टराई): १,७०५
☀️नेकपा एमाले (टीका राम लिम्बु): १,४८९
हालसम्मको गणनामा हर्क राज राई १,६६१ मतान्तरले अगाडि रहनुभएको छ।
#सुनसरी१ #निर्वाचन२०८२
07/03/2026
मोरङ–०२ मा हालसम्म गणना भएको मत परिणाम अनुसार:
🔔 घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) – 30,057
☀️ सुर्य (नेकपा एमाले) – 11,794
🌳 रुख (नेपाली कांग्रेस) – 9,569
⭐ तारा – 1,094
यस परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण कार्की उल्लेखनीय मतान्तरका साथ अग्रस्थानमा हुनुहुन्छ।
07/03/2026
हालसम्म सुनसरी-१ को मत परिणाम:
🏜️हर्क राज राई (श्रम संस्कृति पार्टी): ६,२७९ मत
🔔 गोमा तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी): ५,३३३ मत
⭐सूर्या बहादुर भट्टराई (नेपाली कम्युनिस्ट पार्टी): १,३६३ मत
☀️टीका राम लिम्बु (नेकपा एमाले - CPN-UML): १,१०२ मत
🌳सुरेन्द्र तामाङ (नेपाली कांग्रेस): ९८५ मत
06/03/2026
📢 मोरङ क्षेत्र नं. २ – हालसम्मको मत परिणाम (गणना जारी)
हालसम्म प्राप्त मत परिणाम अनुसार:
🛎 घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) : ८,५६६ मत
☀️ सूर्य (नेकपा एमाले) : ३,०४५ मत
🌳 रुख (नेपाली कांग्रेस) : २,७१८ मत
➡️ गणना अझै जारी रहेको छ। नयाँ अपडेट प्राप्त हुनासाथ जानकारी गराइनेछ।
06/03/2026
मोरङ क्षेत्र नं. २ मा हालसम्मको कूल मत परिणाम (हालसम्म गणना भएको):
घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) : २,७०९ मत
☀️ नेकपा एमाले : ९०६ मत
🌳 नेपाली कांग्रेस : ७५६ मत