25/03/2026
F.C Danphe sports club
� Strong & Competitive
FC Danphe � | Rise. Fight. Win. One Club. One Dream. Passion • Unity •
Local Roots, Big Dreams
25/03/2026
25/03/2026
खेल तालिका
20/02/2026
🏆 फाइनल खेल 🏆
आज भएको फाइनलमा एफ.सी. डाफेले मयुर युवा क्लबसँग कडा प्रतिस्पर्धा गर्यो। खेलको नतिजा २–० ले मयुर युवा क्लबको पक्षमा रह्यो।
हाम्रो टोलीले सुरुदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्यो र खेलभर उत्साहजनक संघर्ष जारी राख्यो। गोल भने गर्न नसकेको भए पनि एफ.सी. डाफेका खेलाडीहरूले डिफेन्स र आक्रमण दुवैमा साहस देखाए।
यस फाइनलबाट हामीले सिकेका अनुभवहरू आगामी खेलमा अझ बलियो प्रदर्शनका लागि प्रेरणा हुनेछन्। हाम्रो टोलीमा रहेका प्रत्येक खेलाडी र सपोर्ट गर्ने सबै दर्शकहरूलाई धन्यवाद।
आगामी खेलमा फेरि दृढताका साथ फर्कने छौं! 💪⚽
19/02/2026
📢 ऐतिहासिक जितसँगै फाइनलमा प्रवेश! ⚽🔥
मिति २०८२ साल फागुन ७ गते बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हाम्रो आफ्नै एफ.सी. डाँफे ले मुनालबस्ती फुटबल क्लब लाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै शानदार विजय हासिल गरेको छ।
टिमको उत्कृष्ट समन्वय, अनुशासित खेल र निरन्तर मेहनतका कारण हामी फाइनलमा प्रवेश गर्न सफल भएका छौँ। सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौँ। 🙏💪
अब उपाधिका लागि हुने बहुप्रतिक्षित फाइनल खेलमा हाम्रो एफ.सी. डाँफे र मयूर युवा क्लब बीच यही शुक्रबार रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।
सम्पूर्ण समर्थक, शुभेच्छुक तथा खेलप्रेमी महानुभावहरूलाई मैदानमा उपस्थित भई हाम्रो टिमलाई हौसला र साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
जय डाँफे! 🏆⚽
18/02/2026
स्व. प्रविन थापा ज्यूको जन्मदिनको सम्झनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
मिति २०८२/११/०६ गते स्व. प्रविन थापा ज्यूको जन्मदिनको सम्झनामा डम्बर बहादुर थापा फाउन्डेसनको आयोजनामा निःशुल्क आँखा, कान तथा दाँत सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
उक्त शिविर श्री वीरभद्र राष्ट्रिय आधारभूत विद्यालय, बढैयाताल गाउँपालिका–१, सानो डाँफे, बर्दिया मा सफलतापूर्वक सञ्चालन गरिएको हो। शिविरमा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने विशेषज्ञ स्वास्थ्यकर्मीहरूद्वारा आवश्यक परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।
यस पुण्य कार्यलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
—
16/02/2026
एफसी डाँफेले ४–२ गोल अन्तरले शानदार जित हासिल गरेको छ।
मयुर युवा क्लबको आयोजनामा सम्पन्न खसी कप अन्तर्गत भएको खेलमा डाँफे स्पोर्ट्स क्लब र एफसी सिमरा बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा एफसी डाँफेले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गर्न सफल भयो भने एफसी सिमराले २ गोल फर्काए पनि खेल आफ्नो पक्षमा पार्न सकेन।
खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो। दर्शकहरूको उत्साहजनक साथले प्रतियोगिता अझ आकर्षक बनेको छ।
16/02/2026
स्व. प्रविन थापा को जन्मदिनको सम्झनामा
१ दिने आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
मिति: २०८२ फागुन ६ गते
समय: बिहान १०:०० बजेदेखि
स्थान: श्री वीरन्द्र राष्ट्रिय आधारभूत विद्यालय, बढैयाताल गा.पा.–१, सानो डाँफे, बर्दिया
यस निःशुल्क स्वास्थ्य शिविरमा आँखा, कान तथा दाँतको जाँच पूर्ण रूपमा निःशुल्क गरिनेछ। सम्पूर्ण सर्वसाधारणमा उपस्थित भई स्वास्थ्य सेवाको लाभ लिन हार्दिक अनुरोध गरिन्छ।
आयोजक:
डम्बर बहादुर थापा फाउन्डेशन
नेपालगञ्ज–१८, बाँके
08/02/2026
अध्यक्ष कप फुटबलको सातौँ संस्करण मयुर युवा क्लबकै जिम्मामा पुरा पढ्नुहोस
Final game
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bardiya