Razan zarali

Razan zarali

Share

Life is short so enjoy every moment as you can.

21/02/2025

सम्पति शुद्धीकरण सम्बन्धि अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेसँगै यसको असरबारे सर्वत्र चासो बढेको छ । नेपाल ग्रे लिस्टमा पर्न सक्ने जोखिम बढेसँगै प्रभावबारे भइरहेको चासो अब ग्रे लिस्टमै परिसकेपछि झन बढेको हो ।

फ्रान्समा बसेको एफएटीएफको बैठकले नेपाललाई सम्पति शुद्धीकरणको ग्रे लिस्टमा राखेसँगै अब नेपालले भविष्यमा ब्यहोर्नुपर्ने चुनौति पनि बढेको छ । खासगरि, सन् २०२६ मा अतिकम विकसित देशको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने मुखैमा रहेको नेपाललाई एफएटीएफले ग्रे लिस्टमा राखेपछि अन्यौल देखा परेको छ । अन्तर्राष्ट्रिय ब्यापार र कारोबार अब के हुन्छ भन्ने चासो पनि उत्तिकै बढेको छ ।

महँगी बढ्ने

आयातमा आधारित अर्थतन्त्र भएको मुलुक भएकाले नेपालमा दैनिक उपभोग्यदेखि अत्यावश्यक वस्तुसम्म आयात हुन्छ । जानकारहरुका अनुसार अब ग्रे लिस्टमा परेको मुलुकमा तेस्रोबाट आयात हुने समानको लागत बढ्छ ।

ग्रे लिस्टमा परेको मुलुकको वित्तीय अवस्था जोखिमपूर्ण मानिने भएकाले वस्तु तथा सेवा आयातमा हुने बीमा (ढुवानीका क्रममा हुने बीमा)को दर बढ्ने जानकारहरु बताउँछन् । साथै, जुन देशले त्यस्ता वस्तु तथा सेवा पठाउँछन्, उनीहरुले भूक्तानीलाई पनि जोखिमकै रुपमा लिने हुँदा अतिरिक्त प्रीमीयमसमेत लिने भएकाले महँगी बढ्न जाने जानकारहरुको भनाइ छ ।

बाह्य ऋणको ब्याज बढ्ने

नेपालका बैंक तथा वित्तीय संस्थाले अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग गर्ने कारोबार पनि अब असहज हुनेछ । ग्रे लिस्टमा परेको मुलुकसँग वा त्यस्तो मुलुकका वित्तीय संस्थासँग कारोबार गर्दा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु थप सचेत हुनेछन् । यसको अर्थ अब नेपाल सरकारले र नेपालका बैंक तथा वित्तीय संस्थाले विदेशबाट लिने ऋणको ब्याज महँगो पर्नेछ ।

सँगै, ऋण लिने नेपाली वित्तीय संस्थाहरुले सेवा शुल्कबापत पनि चर्को रकम तिर्नुपर्ने हुन सक्छ ।

बजेट निर्माणमै स्रोतको अभाव हुने चिन्ता

नेपाल सरकारले वार्षिक बजेट निर्माण गर्दा बजेको स्रोतमा राजस्वसहित अन्तरिक र बाह्य ऋणलाई पनि राखेको हुन्छ । चालु आर्थिक वर्षमा पनि २ खर्ब १७ अर्ब ६७ करोड वैदेशिक ऋणबाट लिने सरकारको लक्ष्य छ । यसमध्ये माघसम्ममा २८.३१ प्रतिशत ऋण लिइसकेको छ ।

माघसम्म सरकारले तिर्न बाँकी विदेशी ऋण १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ छ । अहिलेसम्म सहज रुपमै आइरहेको विदेशी ऋण लिन अब सकस पर्नेछ । जसका कारण बजेटको स्रोतमै प्रभाव पर्ने जोखिम पनि बढेको छ ।

विदेशी लगानी पनि घट्ने

केही समय अघि भएको सार्वभौम कन्ट्री रेटिङबाट प्राप्त नतिजाले नेपाललाई उत्साहित बनाएको थियो । उक्त नतिजाले नेपालमा लगानीको वातावरण अनुकुल छ भन्ने देखाएको दाबी गरिएको थियो । तर, अब एफएटीएफको ग्रे लिस्टमा परेपछि बाह्य लगानी पनि निरुत्साहित हुने जानकारहरुको भनाइ छ ।

ग्रे लिस्टमा परेको मुलुकमा लगानी गर्न विदेशी लगानीकर्ताहरुले रुची नदेखाउने र भइरहेको लगानीसमेत फिर्ता लैजान सक्ने भएकाले नेपाललाई यसले ठूलो घाटा पर्ने कतिपयको तर्क छ ।

बैंकलाई चुनौति, रेमिट्यान्स पनि प्रभावित हुने जोखिम

ग्रे लिस्टमा परेको मुलुकका वित्तीय संस्थासँग कारोबार गर्दा सम्बन्धित देश र त्यस देशका वित्तीय संस्थाले विशेष सावधानी अपनाउँछन् । यसको अर्थ, नेपालमा परियोजनाहरु बनाउन आउने विदेशी कम्पनीले आफ्नो देशमा नेपाली बैंकको तर्फबाट बैंक ग्यारेन्टी बस्ने वित्तीय संस्था नपाउन सक्छन् । अर्थात्, विदेशी बैंकहरु नेपाली बैंक तथा वित्तीय संस्थाको तर्फबाट बैंक ग्यारेन्टी नबस्न सक्छन् ।

यदि, बसिहाले पनि चर्को शुल्क लिन सक्ने जोखिम बढेको छ । यसको प्रक्रिया पनि लामो हुन्छ र समय पनि उत्तिकै लाग्न सक्छ । जसका कारण बैंकहरुको आम्दानी खुम्चिन गई नाफामा नकारात्मक असर पर्न सक्ने बैंकिङ क्षेत्रका जानकारहरु बताउँछन् ।

साथै, नेपाली श्रमिकले विदेशमा आफूले कमाएको पैसा स्वदेश पठाउन पनि चर्को शुल्क तिर्नुपर्ने हुन सक्छ । विदेशबाट पैसा पठाउँदा सेवा शुल्क महँगो पर्न जाने जोखिम हुँदा रेम्टियान्सको परिमाणमा पनि कमी आउने देखिन्छ ।

‘मानौँ, कतारमा रहेको नेपाली श्रमिकले नेपाली १० हजार रुपैयाँ बराबरको त्यो देशको करेन्सी बोकेर नेपालमा पैसा पठाउँन जाँदा उसले २ सय सेवा शुल्क तिथ्र्यो भने ९ हजार ८ सय नेपाल आउँथ्यो, अब सेवा शुल्क ४ सय लाग्यो भने ९ हजार ६ सय मात्रै आउने भयो’ एक जना जानकार भन्छन् ।

17/02/2025

बैंकहरुको सीडी रेसियो ७९ प्रतिशतको लाइनमा, कुनको कति ?

09/11/2024

Nepse bull and bear cycle.

30/06/2024
10/01/2024

Good Morning News to all Stock Investors - FD Interest rates in super DOWN trend! FD Interest rate of NICA reduced significantly to as low as 6.25%!

Photos from Razan zarali's post 14/12/2023

Details of brokers

13/12/2023

लगानी कर्ताको मनोभावना !
१.आइतबार बेलुकी :
बजार त ९ मिनट मै सर्किट लाग्यो।भोलुम छैन।टिक्छ कि टिक्दैन🤔🤔🤔।
२.सोमबार बेलुकी :
भोलुम त टन्नै आयो। बजार पनि खासै घटेन।बजार त बढ्छ कि के हो🤔🤔🤔।भोलि पो भोलुम आउला नआउला🤔।
३.मंगलबार बेलुकी :
भोलुम नि टन्नै आयो। बजार पनि गज्जब बढो। बजार त साच्चिकै बढ्छ कि के हो🤔🤔🤔।
४. बुधबार बेलुकी के होला🤔🤔🤔?

05/12/2023

Global inflation rates are on the decline after a period of significant increase due to heightened consumer demand post-Covid and the Russia-Ukraine war that began in February 2022. The surge had raised concerns for many nations and economies. To tackle inflation, a key strategy has been the implementation of interest rate hikes, which is now proving to be effective.

14/10/2023

घटस्थापना (Ghatasthapana)
बर्षदिन भित्र चारवटा दशैं मनाउने गरिन्छ । १. असारे दशैं, २. बडा दशैं, ३. माघे दशैं, ४. चैते दशैं । यी चार दशैंहरु मध्य सबैजनाले मनाउने भनेको बडा दशैं हो । असोज शुक्ल प्रतिपदा देखि कोजाग्रत पुर्णिमाका दिन सम्म मनाउने दशैंलाई बडा दशैं भनिन्छ । बडा दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यसदिन घर घरमा नदिबाट बलौटे माटो ल्याएर जमराको बिजारोपन गर्ने गर्दछ । जसलाई नेपाल भाषामा "नलास्वां तयगु" भनिन्छ । घटस्थापना गरिएको स्थानमा शंख, डमरू, घण्टी बजाउँदै सप्तसति चण्डी पाठ गरी दुर्गा भवानीको स्तुतिगान गरिन्छ । यसदिन माटोको घडा (नेपाल भाषामा भेग:) भित्र बलौटे माटो राखि त्यसमा जौको बिज रोपेर देवी भगवतीको स्तुति गरि पूजा गरिन्छ । नौ दिन सम्म देवी भगवतीको स्तुति गरि पूजा गरिएको घडाबाट दस औं दिन जमरा निकालेर आफन्तजनलाई दिने गरिन्छ । यो प्रथाको सुरुवात कसरी भयो भन्ने बारे एक बैज्ञानिक दृष्टिकोण रहेको छ । मानिसहरु जंगली अवस्थाबाट बिकास हुने क्रममा समुदायमा रहन थाले पछि कुन स्थानमा बस्दा आफुले खाने खानेकुराको उत्पादन हुन्छ भनेर जाँच्न जौ छर्ने गर्थे । यदि छरेको जौ राम्रोसंग उत्पादन भएको स्थानमा बस्ती बस्न थाले । यसरी बसेको बस्तीमा हरेक साल त्यहाँको माटो उत्पादन शक्ति हेर्न जौ छर्न थाले । यहि विधि कालान्तरमा गएर घटस्थापनाको रुप लिन थाले । एक हिसाबले भन्ने हो भने यो प्रथालाई आधुनिक भाषामा Soil test भन्न सकिन्छ ।
Happy dashain💚💚

Photos from BBC News नेपाली's post 15/09/2023
Want your business to be the top-listed Gym/sports Facility in Bhaktapur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Jagati
Bhaktapur
44600