12/08/2026
धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपाल को बिहानी पख को बालबालिका हरु सङ्ग को प्रतेक्ष्य लाइभ साधना प्रशिक्षण कार्यक्रम यसरी चली रहेको छ
Yoga for everyone. Contact us for more information about the yoga classes.
12/08/2026
धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपाल को बिहानी पख को बालबालिका हरु सङ्ग को प्रतेक्ष्य लाइभ साधना प्रशिक्षण कार्यक्रम यसरी चली रहेको छ
29/07/2026
Baglung galkot Samantha chitwan
धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपाल को आजको बालबालिका हरुको सैद्धान्तिक कक्षा मा देश र बालबालिका को अन्तर सबन्ध बारेको कलास ।।
07/07/2026
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको सन्देश: “मुटुलाई पैसा होइन, कडा परिश्रम र सकारात्मक सोच चाहिन्छ।”
हजारौं बिरामीको सफल उपचार गरिसकेका वरिष्ठ मुटुरोग विशेषज्ञ Bhagawan Koirala भन्छन्, स्वस्थ मुटुका लागि धन, स्वादिला परिकार वा बाहिरी सजावटभन्दा जीवनशैली धेरै महत्त्वपूर्ण हुन्छ।
उनका अनुसार, “मुटुलाई पैसा चाहिँदैन। यसलाई महँगा र स्वादिला भोजन पनि आवश्यक पर्दैन, न त मेकअप नै। मुटुले चाहने भनेको नियमित कडा परिश्रम, शारीरिक सक्रियता र सकारात्मक सोच हो।”
डा. कोइरालाले अस्वस्थ जीवनशैली, तनाव, निष्क्रियता र लापरबाहीले मुटुसम्बन्धी समस्या मात्र होइन, केही अवस्थामा स्ट्रोक जस्ता गम्भीर स्वास्थ्य समस्या समेत निम्त्याउन सक्ने भएकाले समयमै सचेत हुन आग्रह गरेका छन्।
उनका अनुसार, नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त आराम र सकारात्मक सोच नै स्वस्थ मुटुको आधार हुन्।
05/07/2026
धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपाल भरतपुर महानगर पालिका १८ स्वास्थ, नैतिक अनुशासन र खाना पान शबय समाज निर्माण सम्बन्धि प्रशिक्षणा सम्बन्धि कार्यक्रम ०८२/०३/२१ असार
सह प्रशिक्षक नितु गुरुङ भुजेल
21/06/2026
"Happy 12th international yoga day"
बिहानीको मिर मिरे सङ्ग दिनको प्रखाइमा कराउने चरा चुरुङ्गी हरु फुलेको बैगैचा मा सुर्यको किरण छ्ल्न सक्ने आशा मा रहेका सुन्दर फुल का कोपिला हरु र आफ्नो बिस्तारा बाट आखा मिचदै निस्केर आफ्नो सुन्दर भविस्य को खोजी मा धौलागिरी योग बिज्ञान साधना केन्द्र नेपाल का आत्मीय योग साधक हाम्रा प्यारा दाजु भाइ दिदी बैनी र नानी बाबू हरुलाइ सर्वप्रथम हार्दिक धन्यवाद तथा कृतज्ञता ब्यक्त गरन चाहान छौ किन भने हामीहरु बिसाल ठुलो भिड हरुमा हराउनु भन्दा सानै बिचार र लक्ष्य भय को समुह मा रमाउन चाह्यौ आज "१२"औं अन्त्यराष्ट्रिय योग दिवस आफनै भनपा वार्ड न १८ स्थानिय मिलन कल्ब मा योगआसन, प्रणायाम ,ध्यान खेल कुद नाच गान र मनोरञ्जन गरेर भव्य र शब्य रुप मा सफल पार्न सफल भयका छौ धन्यवाद
१२ औ अन्तराष्ट्रिय योग दिवस ०८३ को सुभ अवसरमा भरतपुर महानगर १८ धौलागिरी योग बिज्ञान साधना केन्द्रका बालबालिका हरु दवार शहरी किलिन्क टोल बिकाश सस्था को सडक सर सफाइ अभियान सप्पन्न भयको छ