05/09/2026
हाम्रो एभरेस्ट क्लब चितवनका लागि सधैं गर्व र प्रेरणाको स्रोत रहँदै आएका प्रतिभाशाली खेलाडी भाबिन्द्र मल्ल ठकुरीलाई नयाँ यात्राका लागि हार्दिक बधाई तथा शुभकामना! 🎉👏
भारतीय सेनाको रेड टिम का कप्तानको जिम्मेवारी सम्हाल्दै आफ्नो क्षमता प्रमाणित गरिसक्नुभएका भाबिन्द्रले गत सिजन राजस्थान यूनाइटेड क्लबबाट समेत उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। र अब तपाईंको मेहनत, समर्पण र निरन्तर संघर्षले अर्को ठूलो सफलता हासिल गरेको छ~
🔴ISL 2026–27 का लागि SC Delhi मा आबद्ध हुनुभएकोमा हार्दिक बधाई! यो सफलता केवल तपाईंको व्यक्तिगत उपलब्धि मात्र होइन, एभरेस्ट क्लब चितवन ,सम्पूर्ण चितवनबासी र नेपाली फुटबलप्रेमीहरूकै गर्वको विषय हो। ❤️🇳🇵
तपाईंले वर्षौंदेखि गरेको कडा मेहनत, अनुशासन, धैर्यता र फुटबलप्रतिको समर्पण आज सुन्दर परिणाममा परिणत भएको छ। अझ ठूलो सपना देख्नुहोस्, अझ ठूलो लक्ष्य पछ्याउनुहोस्—हामी सधैं तपाईंको साथमा छौं। 💪⚽️