Birgunj YOUTH Sports Academy

Call Directions Contact the business

Birgunj YOUTH Sports Academy “Driven by Passion, United by Teamwork!”

ICC ले १ अक्टोबर २०२६ देखि सुरु हुने अन्तर्राष्ट्रिय सिरिजका लागि नयाँ Playing Conditions लागू गरेको छ। चलिरहेका सिरिजमा...
01/10/2026

ICC ले १ अक्टोबर २०२६ देखि सुरु हुने अन्तर्राष्ट्रिय सिरिजका लागि नयाँ Playing Conditions लागू गरेको छ। चलिरहेका सिरिजमा भने पुरानै नियम लागू रहनेछन्। 
मुख्य नयाँ परिवर्तनहरू:
• 🏏 ब्याटरले समय खेर फालेमा: पहिलोपटक चेतावनी, दोस्रोपटक अन्तिम चेतावनी र तेस्रो तथा त्यसपछिका घटनामा विपक्षीलाई ५ पेनाल्टी रन। 
• 🏏 महिला क्रिकेटको बल: पुरुष, महिला र जुनियर क्रिकेटका लागि बलको आकार/तौलका छुट्टाछुट्टै मापदण्ड थप कडाइका साथ लागू। 
• Overthrow को स्पष्ट नियम: मिसफिल्डलाई मात्र overthrow मानिने छैन; स्टम्पतर्फ रन रोक्ने/रनआउट गर्ने प्रयासलाई मात्र overthrow मानिनेछ। 
• 👐 Ball finally settled: बल बलर वा विकेटकिपरको हातमै हुनुपर्ने अनिवार्यता हटाउँदै अम्पायरलाई बढी निर्णयाधिकार। 
• 🏃 Run-out/Stumping: फिल्डरले बलमा पूर्ण नियन्त्रण राखेको हुनुपर्ने स्पष्ट गरिएको छ। 
• Test क्रिकेटमा Pink Ball: दुवै टोलीको पूर्वसहमति भए दिनमै हुने Test मा पनि pink ball प्रयोग गर्न सकिने परीक्षण। 
• ⏱️ दिनको अन्तिम ओभर: अन्तिम ओभरमा विकेट गिरेकै कारण ओभर पूरा नभएसम्म खेल स्वतः समाप्त नहुने। 
• ⏰ T20I Interval: १५ मिनेटको निश्चित interval; समय गुमेको अवस्थामा न्यूनतम १० मिनेटसम्म घटाउन सकिने। 
• 📏 Leg-side wide: ODI र T20I मा प्रयोग हुँदै आएको leg-side wide सम्बन्धी trial अब स्थायी रूपमा Playing Conditions मा समावेश। 
• Drinks break: ODI/T20I मा Head Coach वा तोकिएको व्यक्तिले drinks interval मा मैदानमा प्रवेश गरी टोलीसँग कुरा गर्न पाउने। 

नयाँ नियमहरूको मुख्य उद्देश्य खेलको गति बढाउने, बलसम्बन्धी मापदण्ड स्पष्ट गर्ने र अम्पायरिङ/फिल्डिङका केही अस्पष्टता हटाउने हो।

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणलाई थप व्यवस्थित, प्रभावकारी र भव्य बनाउन नेपाल क्रिकेट संघद्वारा सञ्चार तथा ट...
07/09/2026

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणलाई थप व्यवस्थित, प्रभावकारी र भव्य बनाउन नेपाल क्रिकेट संघद्वारा सञ्चार तथा टिकटिङ अधिकार प्रदान गरिएको छ।
सम्बन्धित सबै साझेदारहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना। 🇳🇵🏏

रसुवा जिल्लामा आएको बाढीबाट वेपत्ता भएका हरुको संकलित विवरण प्रकाशित गरिएको छ । तसर्थ अझ कोही कसैको परिवार ‍जनमा वेपत्ता...
29/08/2026

रसुवा जिल्लामा आएको बाढीबाट वेपत्ता भएका हरुको संकलित विवरण प्रकाशित गरिएको छ । तसर्थ अझ कोही कसैको परिवार ‍जनमा वेपत्ता हुनु भएको छ भने यसै सूचना बमोजिम नजिकको प्रहरी चौकीमा सम्पर्क राख्नु हुन सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।

📢 महत्वपूर्ण खेलकुद सूचना 🏏नेपाल क्रिकेट संघ (CAN) द्वारा जारी पत्रअनुसार, यस आर्थिक वर्षमा राष्ट्रिय प्रतियोगितामा सहभा...
13/08/2026

📢 महत्वपूर्ण खेलकुद सूचना 🏏
नेपाल क्रिकेट संघ (CAN) द्वारा जारी पत्रअनुसार, यस आर्थिक वर्षमा राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूले प्रदेश/विभागीय टोली परिवर्तन गर्न चाहेमा सम्बन्धित जिल्ला संघबाट Release Letter लिएर सम्बन्धित प्रदेश क्रिकेट संघको स्वीकृति पत्रसहित CAN मा पेश गर्नुपर्नेछ।

🏏 PL Singh Memorial T20 Cup 2026संघर्ष, समर्पण र उत्कृष्ट प्रदर्शनको अर्को अध्याय! 💪पोखरा महानगरपालिकाले १७७/८ को चुनौती...
26/06/2026

🏏 PL Singh Memorial T20 Cup 2026

संघर्ष, समर्पण र उत्कृष्ट प्रदर्शनको अर्को अध्याय! 💪
पोखरा महानगरपालिकाले १७७/८ को चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्दै बिरगंज महानगरपालिकालाई १३३ रनमा समेटेर ४४ रनको शानदार जित दर्ता गर्यो। 👏
🔥 अर्जुन कुमालको शतक (१०५ रन) 🔥 दीपक डुम्रेको घातक बलिङ (५ विकेट)

🏏 PL Singh Memorial T20 Cup मा बिरगंज महानगरपालिकाको शानदार जित! 🔥बिरगंज महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर...
23/06/2026

🏏 PL Singh Memorial T20 Cup मा बिरगंज महानगरपालिकाको शानदार जित! 🔥
बिरगंज महानगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै विराटनगर महानगरपालिकालाई ५८ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ। 💪

पहिले ब्याटिङ गर्दै बिरगंजले १३५/८ रन बनायो, जहाँ पवन सराफले शानदार ६३ रनको योगदान दिए। जवाफमा विराटनगरको टोली ७७ रनमै अलआउट भयो। बलिङतर्फ बिशाल पटेल (४ विकेट) र पवन सराफ (३ विकेट) ले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। 👏

🏏 PL Singh Memorial T20 Cup 2026बीरगञ्ज महानगरपालिकाले उत्कृष्ट संघर्ष गरे पनि काठमाडौं महानगरपालिकासँग ६ विकेटले पराजित...
21/06/2026

🏏 PL Singh Memorial T20 Cup 2026
बीरगञ्ज महानगरपालिकाले उत्कृष्ट संघर्ष गरे पनि काठमाडौं महानगरपालिकासँग ६ विकेटले पराजित हुन पुग्यो।

Birgunj Metropolitan city Vs Kathmandu Metropolitan city
21/06/2026

Birgunj Metropolitan city Vs Kathmandu Metropolitan city

|| Pl Singh Memorial T20 Cup || kathmandu vs Birgunj ||

Address

Narayani Cricket Ground
Birgunj
44300

Telephone

+9779769788911

Website

Alerts

Be the first to know and let us send you an email when Birgunj YOUTH Sports Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birgunj YOUTH Sports Academy:

Shortcuts

Share