Suzuna Driving Training Center

Suzuna Driving Training Center

Share

हामी कहाँ मोटरसाईकल,कार,स्कुटर दछ प्रशिछक बाट सिकाईनुको साथै लाईसेन्स सम्बन्धि काम पनि गरिन्छ!

22/05/2018
03/04/2016

चालक लाइसेन्सको नवीकरण र
प्रतिलिपी कसरी लिने ?
काठमाडौं, चैत २०
सवारी चालकको लाइसेन्स जारी गरेको मितिले ५ वर्षमा
नवीकरण गर्नु पर्ने हुन्छ। पाँच वर्ष अगाडि नै सवारी
लाइसेन्स हराएमा चालकले यातायात कार्यालयको नियम अनुसार प्रतिलिपी
निकाल्नु पर्छ।
अहिले यातायात व्यवस्था विभागले बागमती अञ्चल यातायात कार्यालयबाट
मंसिर २० गतेदेखि नयाँ लाइसेन्स लिँदा स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ।
त्यस्तै फागुनको दोस्रो सातादेखि लाइसेन्स नवीकरण गर्नेले समेत स्मार्ट
लाइसेन्स पाउन थालेका छन्। यसरी लाइसेन्स नवीकरण
गर्ने सवारी चालकले विभागको नियम अनुसार राजस्व तिर्नु पर्ने विभागका
निर्देशक चन्द्रमान श्रेष्ठले बताए।
नवीकरण गर्ने सवारी चालकले पुरानो म्याद सकिएको
लाइसेन्स साथमै लिएमा यातायात कार्यालयमा गई निवेदन सहित फारम भर्नु पर्ने
विभागले जनाएको छ। नवीकरण गर्ने सवारी चालकले एउटा
पासपोर्ट साइजको फोटोसहित नेपाल सरकारले तोकेको सवारी राजश्व तिर्नु
पर्ने यातायात कार्यालय एकान्तकुना शाखा अधिकृत ईश्वर रेग्मीले बताए।
नवीकरण गर्न मोटरसाइकल, स्कुटर, मोपेडको लागि ७ सय रुपैयाँ लाग्ने
उनले बताए। त्यस्तै कार, जिप, डेलिभरी भ्यान, टेम्पो, अटोरिक्साको
लाइसेन्स नवीकरण गर्न १ हजार रुपैयाँ लाग्ने रेग्मीले
बताए।
पावर हिटर, ट्रयाक्टर, मिनीबस र मिनीट्रक चलाउने
चालकले लाइसेन्स नवीकरण गर्नका लागि १ हजार ५ सय रुपैयाँ लाग्छ।
ट्रक, बस, लहरी, रोठरोलर, डोजर, क्रेन, दमकल, लोडर र त्यो भन्दा
‘ह्याबी’ प्रकारको सवारी चलाउने चालकले लाइसेन्स
नवीकरण गर्दा २ हजार रुपैयाँ लाग्छ।
एउटा लाइसेन्समा धेरै वर्गको नवीकरण गर्दा भने धेरै लाग्ने वर्गकै
शुल्क बुझाउनुपर्दछ। जस्तो वर्ग ए र वर्ग बी दुबैतर्फको लाइसेन्स
नवीकरण गर्दा बी वर्गको लाइसेन्स नवीकरण
गर्न लाग्ने शुल्क १ हजार रुपैयाँ नै लाग्ने रेग्मीले बताए। उनले भने
‘सवारी चालकसँग जति वटा वर्गको लाइसेन्स भए पनि
नवीकरण गर्दा सबै भन्दा बढी शूल्क लाग्ने वर्गकै
राजस्व लाग्छ।’ यातायात कार्यालयका अनुसार सवारी चालक
नवीकरण गर्न सबै भन्दा बढी राजस्व २ हजार रुपैयाँ
लाग्छ।
प्रतिलिपी सवारी लाइसेन्सको लागि आवश्यक
कागजपत्र र दस्तुर
यातायात व्यवस्था कार्यालयका अनुसार सवारी चालकले
प्रतिलिपी सवारी लाइसेन्स निकाल्न भने
नवीकरण गर्दाको भन्दा कम शुल्क लाग्दछ। प्रतिलिपी
लाइसेन्स निकाल्ने चालकले देशभरबाटै स्मार्ट लाइसेन्स पाउने वातावरण भने बनेको
छैन।
यातायात कार्यालयले विभागको निर्देशन आउना साथ बाग्मती अञ्चलको
कार्यालय एकान्तकुनाबाट प्रतिलिपी लाइसेन्स लिनेलाई समेत स्मार्ट
लाइसेन्स वितरण सुरु गर्ने तयारी गरेको रेग्मीले बताए।
विभागले चैतको अन्तिम साताबाट एकान्तकुनामा रहेको यातायात कार्यालयबाट
प्रतिलिपी लाइसेन्स लिने सवारी चालकलाई समेत स्मार्ट
लाइसेन्स वितरण गर्ने तयारी गरेको छ।
प्रतिलिपी लाइसेन्स लिने सबै प्रकारका सवारी चलाउने
चालकले एक सय रुपैयाँ तिर्नु पर्ने रेग्मीले बताए। चालकले
प्रतिलिपी लाइसेन्स लिनको लागि निवेदनको साथमा प्रहरी
सिफारिस पत्र, नेपाली नागरिकता, एउटा अटो साइजको फोटो र एउटा पासपोर्ट
साइजको फोटो आवश्यक पर्ने रेग्मीले बताए।
साथै चालकले सम्भव भएसम्म पुरानो लाइसेन्सको फोटो कपी र फोटो
कपी नभए लाइसेन्स नम्बर, जारी गरेको मिति र कार्यालयको
नाम सहित खुल्ने गरी तीन पुस्ताको विवरण र स्थाई ठेगाना

Photos from Suzuna Driving Training Center's post 02/04/2016
Photos 25/03/2016
Want your business to be the top-listed Gym/sports Facility in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Butwal