24/09/2026
हाम्रा साना–साना बालबालिकाहरूको Grassroots Football Training लाई अझ प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन श्री सप्तश्री बोर्डिङ स्कुलका आदरणीय प्रिन्सिपल गुरु #कलाधर_चापागाईं ज्यूबाट प्राप्त आर्थिक सहयोगप्रति क्लब परिवार हार्दिक आभार व्यक्त गर्दछौँ।बालबालिकाको खेलकुद विकास, अनुशासन र उज्ज्वल भविष्य निर्माणका लागि यहाँले देखाउनुभएको यो सहयोग र सद्भाव हाम्रा लागि अत्यन्तै प्रेरणादायी छ।हजुरको सहयोगप्रति हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ।-घोडाघोडि क्लब परिवार