हार्दिक आह्वान।
सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदिबहिनी, अभिभावक र युवा खेलाडी र खेलप्रेमी महानुभावहरुमा हजुरहरुले गर्दै आउनुभएको साथसहयोग, विश्वास र मायाप्रति धेरैधेरै धन्यवाद टक्र्याउन चाहान्छौ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि "राष्ट्रका लागि खेलकुद, स्वास्थ्य का लागि खेलकुद" भन्ने मुल नाराका साथ युवाहरुको खेलकुद प्रतिको चासोलाई प्रोत्साहन गर्दै युवाहरु लाई खेलकुदमा सहभागि गराई अझ थप हौसला,अनुभव र प्रेरणा दिनको निमित्त हामि नेपालीहरुको महान चाड (वडा दशैँ र शुभ दिपावली)को पावन सुअवसर लाइ मध्यनजर गर्दै अझ सुदृढ र उत्कृष्ट तवरले भलिबल प्रतियोगिता सन्चालन गर्ने जमर्को गरिरहेका छौ।यस विशेष समयमा सधाझै तपाइहरुको माया, आशीर्वाद र साथसहयोग को खाचो महसुस गर्दै हजुरहरु ले फेरिपनि तन,मन,धन र वचनले हामी लाई साथ र हौसला दिनुनैहुनेछ भन्ने अपेक्षा गर्दै साथसहयोगको निमित्त हार्दिक आह्वान गर्दछौं ।🙏
(नोट: सम्भवतः चाँडै नै प्रतियोगिता सम्बन्धि सुचना पनि प्रकाशित गरिनेछ।)
मिर्मिरे स्पोर्ट्स पेक्ला
हतुवागढि-२, भोजपुर
Mirmire sports pekla
Hatuwagadi-2 pekla,Bhojpur
28/08/2026
हार्दिक श्रद्धाञ्जली।
हाम्रो यस संस्थाका भुपु खेलाडी,अभिभावक र सधैँ तन, मन, धन र वचनले सरसल्लाह र सहयोग गर्दै आउनुभएको श्री बालकुमार राई (हतुवागढी- २, माथिल्लो पेक्ला) पछिल्लो समय स्वास्थ्य समस्याका कारण उपचारपछि केही समय निको पनि हुनुभएको थियो फेरि अकस्मात स्वास्थ्यमा खराबी देखिएपछि उपचारको निमित्त परिवारमार्फत विराटनगर पुर्याइएको थियो।मिति-२०८३/०५/११ गते विहिवारको दिन ४५ वर्षको अल्पायुमै उहाँको दुखद स्वर्गरोहण भएको छ। उहाँले दिनुभएको अतुलनीय योगदान र उहाँको हामीप्रतिको मायालाई सदैव सम्झिनेछौं। 🙏
मृतक आत्माको चिर शान्तिको कामना गर्दै सुप्तुलुङमा बास होस् भनी हामी सुम्नीमा पारुहाङसँग प्रार्थना गर्दछौँ। र श्रीमती रामकुमारी राई, छोरी रोजिना राई र छोरा मनसुन राई लगायत सम्पूर्ण परिवारजन र शोक सन्तप्त बगाले खावाहाङ परिवारप्रति धैर्य धारण गर्ने शक्ति पनि सुम्निमा पारुहाङले प्रदान गरुन्।🙏
01/05/2026
देश बाहिर र भित्र रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा ,"उभौली पर्व" र "बुद्ध जयन्ती" सु अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
मिर्मिरे स्पोर्ट्स पेक्ला
हतुवागढि-२, भोजपुर
14/04/2026
नयाँ वर्षको सुखद उपलक्ष्य सँगै "मिर्मिरे स्पोर्ट्स पेक्ला" हतुवागढि-२ ले पनि सुखद सुरुवात गरिसकेको जानकारी गराउँदै सम्पूर्ण हतुवागढी बासी खेलप्रेमी तथा खेललाई माया गर्नुहुने हाम्रा सम्पूर्ण नेपाली मनहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
खेलमा सहभागी भएर इमान्दार पूर्वक खेल खेलेर दर्शकको मन जित्दै अन्तत उपाधि पनि चुम्न सफल सम्पूर्ण खेलाडी मित्रहरूलाई बधाई तथा धन्यवाद दिँदै आगामी दिनमा पनि अझै सुदृत र उत्कृष्ट प्रस्तुतिको आशा रहेको जानकारी गराउँदछौँ।
मिर्मिरे स्पोर्ट्स पेक्ला
हतुवागढि-२,भोजपुर
13/04/2026
नयाँ वर्ष सम्पूर्णमा सुखमय रहोस् 🙏
13/04/2026
सहिद भूमि गाउँपालिका वडा नम्बर ४ पिप्ले युवा क्लबको आयोजनामा जारी खुल्ला पुरुष फुटबल प्रतियोगिता मा आज सम्पन्न पहिलो सेमिफाइनल खेल अन्तर्गत "थलथले एफ.सी." का विरुद्ध "मिर्मिरे स्पोर्ट्स पेक्ला" हतुवागढी-२ ले जित हात पार्दै फाइनल प्रवेश गरेको छ। "मिर्मिरे स्पोर्ट्स पेक्ला"का खेलाडी जर्सी नम्बर- १० (छेन्बि हाङ राई)ले गरेको गोल खेलको निर्णायक गोल बन्न पुग्यो। अब फाइनल खेलमा पनि जित निकाल्दै उपाधि चुम्नको लागि अग्रिम बधाई तथा शुभकामना दिन चाहन्छौँ।
12/04/2026
सेमिफाइनलको यात्रा तय गर्दै "मिर्मिरे स्पोर्ट्स पेक्ला"हतुवागढी २ भोजपुर। ❣️
📍धनकुटा सहिदभुमी गाउँपालिका
09/04/2026
सहिद भूमि गाउँपालिका वडा नम्बर ४ पिप्ले युवा क्लबले आयोजना गरेको खुल्ला पुरुष फुटबल प्रतियोगिता मा "मिर्मिरे स्पोर्ट्स पेक्ला"हतुवागढी-२ लाई प्रतिनिधित्व गर्दै सहभागी खेलाडीहरु। जितको अग्रिम शुभकामना साथै अनुशासित भई खेल खेलेर सबैको मन जित्न पनि अनुरोध गर्दछौं। ✌️🙏
04/04/2026
तिम्रो बैकुण्ठ बास होस् सुम्नीमा पारूहाङसँग हामी यही प्रार्थना गर्नेछौँ। 🙏 भौतिक शरीर हामीबीच नरहे पनि तिम्रो सम्झना सदैव रहनेछ।
Rest in peace 🕊️ beautiful soul Yennu Rai ,, अन्तिम विदाई ❣️🥲
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Nepal
Dhankuta Bazar
56800