07/10/2023
आज मिति २०८०/०६/२० गते गण्डकी युवा क्लब परिवार को आयोजनामा भएको सरसफाई कार्यक्रम चण्डेश्वरी आमा समूह र गण्डकी युवा क्लब परिवार सहकार्य गरी सफल पारियो उपस्थिति हुनुहुने सम्पूर्णमा गण्डकी युवा क्लब परिवार धन्यबाद ब्यक्त गर्दछौ
सरसफाई को क्रममा लिगेको केही तस्बिरहरु:-
05/10/2023
यही २०८०/०६/२० गते शनिबार बिहान गण्डकी युवा क्लब परिवार को आयोजनामा हुन गइरहेको गाउँ टोल सरसफाई कार्यक्रममा सहभागी भइदिनुहुन सम्पूर्णमा गण्डकी युवा क्लब परिवार विनम्र अनुरोध गर्दछौं।
धन्यबाद!!!
उपस्थिति समय बिहान ७:०० बजे।
05/10/2023
यही आउँदो २०८०/०७/०१ गते ०३ गते सम्म गण्डकी युवा क्लब परिवार को आयोजनामा आउँदै गरेको नेपालीको महान चार्ड विजय दशमीलाई लक्षित गर्दै गण्डकी गा.पा.८ माझीटार (सिउरेनिटार) मा हुन गइरहेको मनोरञ्जनात्मक स्थानीय १५-४० सम्मको खुल्ला उमेर को फुटबल प्रतियोगिता, विजय दशमी को शुभकामना आदान - प्रदान कार्यक्रम र सांस्कृतिक कार्यक्रम गर्ने हुनाले सहभागी जनाइदिनु हुन सम्पूर्ण स्थानीय माझिटार ( सिउरेनिटार)बासी हरुमा गण्डकी युवा क्लब परिवार विनम्र अनुरोध गर्दछौं।
30/09/2023
प्रथम अन्जन स्मृति नकआउट फुटबल २०८० प्रतियोगिताको अन्तिम चरण खेल सुरु
गजुरी समाज गजुरी विरुद्ध हाइवे स्पोर्ट्स क्लब(आयोजक)
शुभकामना दुवै टिमलाई
26/09/2023
अन्जन स्मृति नकआउट फुटबल २०८० प्रतियोगिता मा आज मिति २०८०/०६/०९ गते भएको गण्डकी युवा विरुद्ध गजुरी समाज गजुरी को खेलमा गण्डकी युवा क्लब गजुरी समाज गजुरी सँग १-२ को गोल ले पराजित भएको छ।
आशा छ अब आउने दिनमा हामी अझ प्रगति गरेर फेरि आउनेछौ।
धन्यबाद!!!
26/09/2023
प्रथम अन्जन स्मृति नकआउट फुटबल २०८०
आज मिति २०८०/०६/०९ गते हुन गैरहेको खेलको लागि गण्डकी युवा क्लब को टीम लाई आर्थिक तथा विभिन्न माध्यम बाट सहयोग गर्नुहुने सहयोगी हरुमा गण्डकी युवा क्लब परिवार द्वारा धेरैधेरै धन्यवाद!!
सहयोगी दाता हरु:-
१)सैलेन्द्र रेग्मी ज्यू =२ केस खानेपानी,खेलाडी को लागि निःशुल्क ढुवानी सेवा
२)आस्विन पन्थ ज्यू =खेलाडी तथा दर्शक को लागि निःशुल्क ढुवानी सेवा
३सम्भु भुजेल ज्यू =खेलाडी तथा दर्शक को लागि निःशुल्क ढुवानी सेवा
४)रबिन गुरुङ ज्यू =नगद रु,२,०००/- सहयोग
५) डी.पी.सापकोटा ज्यू =नगद रु,५००/- सहयोग
६)गोकुल पन्थ ज्यू =नगद रु,५००/- सहयोग
७)प्रकाश नहरकी ज्यू =१ केस खाने
८)अस्मिता कडेल ज्यू = २ केस खानेपानी
23/09/2023
प्रथम अन्जन स्मृति नकआउट फुटबल २०८०
गण्डकी युवा क्लब विरुद्ध फचिम टार युवा क्लब
गण्डकी युवा क्लब -३
फचिम टार युवा क्लब -१
23/09/2023
२०८०/०६/०४ गते देखि सञ्चालन भइरहेको अन्जन स्मृति नकआउट फुटबल प्रतियोगिता मा आज हुन गइरहेको गण्डकी युवा क्लब माझिटार विरुद्ध फचिमटार युवा क्लब खेल हेर्न र हाम्रो खेलाडी को हौसला बढाउन का निमित्त सम्पूर्ण दाजु भाइ दिदी बहिनी आमा बुबा सम्पूर्णलाई गण्डकी युवा क्लब परिवार द्वारा उपस्थिति हुन आग्रह गर्दछु।
धन्यबाद!!