25/08/2026
जन्मदिनको हार्दिक शुभकामना 🎂🎉
गण्डकी प्रदेशका सम्माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डेज्यूलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु।
यहाँको सुस्वास्थ्य, दीर्घायु तथा सफल कार्यकालको कामना गर्दै गण्डकी प्रदेशको विकास, सुशासन र समृद्धिको यात्रामा थप सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
जन्मदिनको हार्दिक मंगलमय शुभकामना मुख्यमन्त्रीज्यू! 🎂🌹🇳🇵
24/08/2026
अजरबैजानमा आयोजना हुने FIFA U-15 World Cup & Festival 2026 का लागि गोरखा जिल्लाबाट आधिकारिक रूपमा छनोट भएका खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ।
गोरखा जिल्लाबाट सहभागिता जनाएका प्रतिभावान खेलाडीहरूमध्ये छनोट प्रक्रियाबाट उत्कृष्ट प्रदर्शनका आधारमा निम्न खेलाडीहरू छनोट भएका हुन्।
छनोट भएका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी प्रशिक्षण, राष्ट्रिय छनोट र अन्तर्राष्ट्रिय यात्राका लागि सफलताको शुभकामना व्यक्त गर्दछौं। खेलाडीहरूको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावक, प्रशिक्षक तथा सहयोगी सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दछौं।
हार्दिक बधाई तथा शुभकामना!
नोट: छनोट भएका सम्पूर्ण खेलाडीहरू प्रदेशस्तरीय छनोटका लागि यही मिति १३ र १४ गते पोखरामा उपस्थित भई तयारी अवस्थामा रहनुहुन अनुरोध गर्दछौं।
22/08/2026
हार्दिक बधाई
गुम्दा आलु मेला:- २०८३
16/08/2026
गोरखाका युवा फुटबल प्रतिभाहरूका लागि सुनौलो अवसर! 🇳🇵⚽
अजरबैजानमा आयोजना हुने FIFA U-15 World Cup & Festival 2026 मा नेपालको सहभागिताका लागि गोरखा जिल्लाबाट प्रतिभावान युवा खेलाडी छनोट हुँदैछ।
छनोट मिति: भदौ ६ गते, शनिबार
समय: बिहान ८:०० बजे
स्थान: OCEN Club Football Ground, Dhalbanjyang, Gorkha
U-15 उमेर समूहका खेलाडीहरू सहभागी हुन सक्नेछन्।
जन्मदर्ता प्रमाणपत्र, पासपोर्ट साइज फोटो तथा अभिभावकको नागरिकता प्रतिलिपि र राष्ट्रिय परिचयपत्र अनिवार्य हुनेछ।
खेल पोशाक, बुट तथा आवश्यक Kit सहित समयमा नै उपस्थित हुनुहोस्।
📞 सम्पर्क:
Sanjaya BK – 9765624784
Sandesh Rana – 9704149874
Man Bdr Tamang – 9856043092
Manoj Gurung – 9860961269
आफ्नो प्रतिभालाई विश्वमञ्चसम्म पुर्याउने यो अवसर नगुमाउनुहोस्। 🇳🇵⚽
आयोजक: गोरखा जिल्ला फुटबल संघ, गोरखा
03/08/2026
आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।
विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।
निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।
सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।
20/07/2026
मासिक पाँच हजार ( रु ५०००/- ) औषधि उपचार खर्च पाउन योग्य ब्याक्तीहरुको विवरण संकलन र नवीकरण सम्बन्धमा ।
Ajirkot Rural Municipality
20/07/2026
ऐतिहासिक गुम्दा आलु मेला २०८३ को सूचना !!!