01/08/2026
✨ ITA Steps & Style Dance Studio को चौथो वार्षिकोत्सव २०८३ का केही अविस्मरणीय झलकहरू ✨
चार वर्षको निरन्तर यात्रा, अथक मेहनत, समर्पण र नृत्यप्रतिको अटल प्रेमलाई आज हामी सबैले सँगै उत्सवका रूपमा मनाएका छौं। यस विशेष अवसरमा हाम्रो कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई अझ भव्य र गरिमामय बनाउनुभएको प्रमुख अतिथि Ram Thapa, विशेष अतिथि Sudip Giri, अतिथि Saraswoti Theeng Kc तथा कार्यक्रमलाई उत्कृष्ट रूपमा सञ्चालन गरिदिनुभएको कार्यक्रम सञ्चालक (Anchor) Khadka प्रति हार्दिक आभार तथा सम्मान व्यक्त गर्दछौं।
हाम्रो ITA Kids Family तथा ITA Zumba Family का सम्पूर्ण विद्यार्थीहरू, अग्रज दिदीहरु जसले आफ्नो प्रतिभा, मेहनत र उत्साहका साथ यस कार्यक्रमलाई सफल र यादगार बनाउनुभयो, तपाईंहरू सबैप्रति विशेष आभार। ❤️
विगत चार वर्षको यो सुन्दर यात्रामा साथ दिनुहुने सम्पूर्ण अभिभावक, शुभेच्छुक तथा सहयोगीहरूलाई हामी आइटा परिवार हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं।
कार्यक्रमलाई क्यामेरामा कैद गरीदिनुहुने Sigma Pictures का Manoj Adhikari र टीमलाई, र शुभम् पार्टी प्यालेस हेटौंडा - ८ का सञ्चालक आदरणीय Aryal लाई पनि विशेष धन्यबाद व्यक्त गर्दछौं।
कार्यक्रम मिति: २०८३ श्रावण ०९, शनिवार।
2026 July 25, Saturday.