Palikapage पालिकापेज

  • Home
  • Palikapage पालिकापेज
इलाममा सामसुङ मोबाइल हरायो, फेला परे खबर गर्न अनुरोधइलाम : इलाम कल्भटदेखि धोविधारा आउने क्रममा एक थान Samsung Galaxy A10...
16/09/2026

इलाममा सामसुङ मोबाइल हरायो, फेला परे खबर गर्न अनुरोध
इलाम : इलाम कल्भटदेखि धोविधारा आउने क्रममा एक थान Samsung Galaxy A10s मोबाइल हराएको छ।
उक्त क्षेत्र आसपास mobile भेट्टाउनुहुने महानुभावले मानवीय भावना देखाएर सम्बन्धित धनीलाई हस्तान्तरण गरिदिनुहुन अनुरोध छ। फेला परेमा निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क नम्बर : ९७४५४७५७६१ / ९७४२२८५०४४

16/09/2026

पेट्रोलियमको मूल्य घट्यो कि बढ्यो ?
(थप विवरण कमेन्टमा)

15/09/2026

जोगमाई खोलाको बेलिब्रिज रसुवा लैजाने हल्लाबारे सांसद राईको भनाइ-

१. इलामको जोगमाई खोलामा जडान गरिने बेलिब्रिजको विषयमा हिजोदेखि नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री नारायण सिंहज्यूसँग मेरो निरन्तर संवाद भइरहेको छ।

२. उहाँले जोगमाई खोलाको बेलिब्रिज भारत सरकारको प्राथमिकतामा रसुवाको बेलिब्रिजसरह नै रहेको कुरा स्पष्ट रूपमा पुष्टि तथा पुनः दोहोर्‍याउनुभएको छ। त्यसैले पछिल्लो समय विभिन्न माध्यममा आएको जोगमाईका लागि तय गरिएको बेलिब्रिज अन्यत्र डाइभर्ट गरिएको भन्ने समाचारमा सत्यता नरहेको उहाँले स्पष्ट पार्नुभएको छ।

३. हिजो भएको हाम्रो कुराकानीपछि उहाँले भारतको सम्बन्धित मन्त्रालयलाई तत्काल समन्वय गरी कोलकातास्थित बेलिब्रिज निर्माण कम्पनी GRSE Manufacturing सँग सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। हाल उक्त कम्पनीको उत्पादन क्षमता सीमित रहेका कारण आवश्यक सामग्रीको उत्पादन तथा आपूर्तिमा केही समय लागिरहेको जानकारी प्राप्त भएको छ।

४. आज पुनः श्री नारायण सिंहज्यूबाट प्राप्त जानकारीअनुसार आवश्यक बाँकी सामग्री तथा प्राविधिक जनशक्ति इलामसम्म पुर्‍याउन कम्तीमा दुई साता लाग्ने देखिएको छ।

५. यससँगै मैले नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायहरूलाई पनि भारतीय पक्षसँग आवश्यक समन्वय र सहकार्य समयमै गर्न निरन्तर आग्रह गरिरहेको छु। बेलिब्रिजको ढुवानी, जडान तथा अन्य आवश्यक प्रक्रियामा हाम्रोतर्फबाट हुनुपर्ने कुनै पनि समन्वय वा तयारीका कारण थप ढिलाइ नहोस् भन्नेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छु।

६. प्रतिपक्षी बेञ्चमा रहेर उपलब्ध संसदीय तथा अन्य माध्यमबाट समेत मैले यस विषयलाई निरन्तर उठाउँदै आएको छु। प्रतिनिधिसभामा प्रतिपक्षी सदस्यका रूपमा मेरो अधिकार, भूमिका र पहुँचले भ्याएसम्म जोगमाई बेलिब्रिज यथाशीघ्र इलाम पुर्‍याई सञ्चालनमा ल्याउन आवश्यक दबाब, पहल र समन्वय निरन्तरता रहनेछ।

प्राप्त हुने थप प्रगतिबारे पनि निरन्तर जानकारी गराउनेछु।

धन्यवाद ! जय नेपाल ।

-निश्‍कल राई
प्रतिनिधि सभा सदस्य
इलाम क्षेत्र नं. १

🏥 श्रीनिधि अस्पताल, फिक्कलमा दुई वरिष्ठ विशेषज्ञको विशेष सेवा!📅 असोज १ गते, बिहीबार⏰ बिहान १०:०० बजेदेखि👨‍⚕️ वरिष्ठ कन्स...
15/09/2026

🏥 श्रीनिधि अस्पताल, फिक्कलमा दुई वरिष्ठ विशेषज्ञको विशेष सेवा!

📅 असोज १ गते, बिहीबार
⏰ बिहान १०:०० बजेदेखि
👨‍⚕️ वरिष्ठ कन्सल्टेन्ट फिजिसियन
डा. गोपाल मिश्रा

👶 वरिष्ठ बालरोग विशेषज्ञ
डा. रूपक आचार्य
👨‍⚕️ वरिष्ठ कन्सल्टेन्ट फिजिसियन

डा. गोपाल मिश्रा

निम्न स्वास्थ्य समस्याको जाँच तथा उपचारका लागि विशेषज्ञ सेवा उपलब्ध:

* उच्च रक्तचाप तथा मुटुसम्बन्धी सामान्य समस्या
* मधुमेह (सुगर) तथा त्यसबाट हुने जटिलता
* थाइराइड तथा हर्मोनसम्बन्धी समस्या
* लामो समयदेखि भइरहेको ज्वरो, कमजोरी तथा शरीर दुख्ने समस्या
* श्वासप्रश्वासमा समस्या
* पेट तथा पाचनसम्बन्धी समस्या
* मिर्गौला तथा कलेजोसँग सम्बन्धित समस्या
* कोलेस्ट्रोल तथा जीवनशैलीसँग सम्बन्धित रोग
* टाउको दुख्ने, चक्कर लाग्ने तथा अन्य सामान्य स्वास्थ्य समस्या
* दीर्घरोगको नियमित जाँच तथा औषधि व्यवस्थापन

👶 वरिष्ठ बालरोग विशेषज्ञ

डा. रूपक आचार्य

नवजात शिशु तथा बालबालिकाका:

* नवजात शिशुको स्वास्थ्य समस्या
* बारम्बार ज्वरो आउने
* खोकी, रुघाखोकी तथा श्वासप्रश्वास समस्या
* निमोनिया तथा छातीसम्बन्धी समस्या
* झाडापखाला, बान्ता तथा पेटसम्बन्धी समस्या
* बच्चाले खाना नखाने तथा तौल नबढ्ने समस्या
* कुपोषण तथा शारीरिक विकाससम्बन्धी समस्या
* एलर्जी तथा छालासम्बन्धी बालरोग
* नवजात शिशुको सामान्य तथा जटिल स्वास्थ्य समस्या
* बालबालिकाको नियमित स्वास्थ्य परीक्षण तथा वृद्धि–विकासको मूल्याङ्कन

📍 स्थान: श्रीनिधि अस्पताल, फिक्कल चोक बजार, सूर्योदय नगरपालिका–१०, इलाम

📞 सम्पर्क: ०२७–५४००२३
📱 ९८४२७४९८१२ | ९८४९५३२९५९

आफ्नो स्वास्थ्य र बालबालिकाको स्वास्थ्यका लागि सही समयमा विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोस्।

श्रीनिधि अस्पताल — विशेषज्ञ सेवा, आफ्नै ठाउँमा।

असाेज ३ र ४ गते राजदुवाली सडक बन्द  नहुने । लोकसेवा परिक्षा मध्यनजर गर्दै उक्त दिन बन्द नहुने ।
15/09/2026

असाेज ३ र ४ गते राजदुवाली सडक बन्द नहुने ।
लोकसेवा परिक्षा मध्यनजर गर्दै उक्त दिन बन्द नहुने ।

14/09/2026

बैंकको ATM बाट रु.१०० को नोट आउॅछ कि आउॅदैन ?
(थप विवरण कमेन्टमा)

मेची राजमार्गकाे राजदुवाली बन्द हुने ।
14/09/2026

मेची राजमार्गकाे राजदुवाली बन्द हुने ।

14/09/2026
थप समाचार कमेन्टमा....
13/09/2026

थप समाचार कमेन्टमा....

मण्टेश्श्वरी सेकेण्डरी स्कुल, इलाममा ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा ७ किलोमिटर म्याराथन सम्पन्नइलाम, भदौ २८ — ६२औँ राष...
13/09/2026

मण्टेश्श्वरी सेकेण्डरी स्कुल, इलाममा ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा ७ किलोमिटर म्याराथन सम्पन्न

इलाम, भदौ २८ — ६२औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा आज छोटो दूरीको ७ किलोमिटर म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा विद्यार्थी तथा शिक्षक गरी कुल १५५ जना धावक सहभागी भएका थिए। जसमा १३५ विद्यार्थी र २० शिक्षक सहभागी रहेको आयोजकले जनाएको छ।

बालबालिकामा खेलकुदप्रतिको रुचि अभिवृद्धि, शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन र अनुशासन एवं प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा छात्रतर्फ पहिलो १०, छात्रातर्फ पहिलो १० तथा शिक्षकतर्फ पहिलो ३ स्थान हासिल गर्ने धावकलाई पुरस्कृत गरिएको थियो।

छात्रतर्फ उत्कृष्ट १०

१. एलिक गुरुङ — १९ मिनेट १४ सेकेन्ड
२. संसार राई — १९ मिनेट ४९ सेकेन्ड
३. पुकार तामाङ — २० मिनेट १६ सेकेन्ड
४. प्रतिक राई — २१ मिनेट ०६ सेकेन्ड
५. अमिराज सुवेदी — २१ मिनेट ३६ सेकेन्ड
६. स्पनिल राई — २१ मिनेट ३६ सेकेन्ड
७. दिप राई — २२ मिनेट ५२ सेकेन्ड
८. लाक्चुङ्ग शेर्पा — २२ मिनेट ५५ सेकेन्ड
९. साइन राई — २३ मिनेट ३७ सेकेन्ड
१०. विमुन नाउभाग — २३ मिनेट ५३ सेकेन्ड

छात्रातर्फ उत्कृष्ट १०

१. निस्मा कटुवाल — ३२ मिनेट १२ सेकेन्ड
२. कैलासी राई — ३३ मिनेट २६ सेकेन्ड
३. निर्जला राई — ३३ मिनेट ३५ सेकेन्ड
४. सोनाली राई — ३३ मिनेट ४५ सेकेन्ड
५. प्रमिसा राई — ३४ मिनेट ०० सेकेन्ड
६. लक्ष्मी राई — ३४ मिनेट ०२ सेकेन्ड
७. टाडिन गुरुङ — ३५ मिनेट ४१ सेकेन्ड
८. स्काई कार्की — ३६ मिनेट ०९ सेकेन्ड
९. खुसबु चौहान — ४१ मिनेट ०९ सेकेन्ड
१०. रिया राई — ४१ मिनेट १६ सेकेन्ड

शिक्षकतर्फ उत्कृष्ट ३

१. शिखर काजी बन्तावा — २९ मिनेट ३४ सेकेन्ड
२. तनिसा मगर — ३३ मिनेट ०० सेकेन्ड
३. सञ्जीव राई — ३३ मिनेट ५५ सेकेन्ड

प्रतियोगिताका विजयी धावकहरूलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर कुमारी देवानले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो।

राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित यस प्रतियोगिताले विद्यार्थी तथा शिक्षकबीच स्वस्थ प्रतिस्पर्धा, खेलकुद संस्कृति र सक्रिय जीवनशैलीको प्रवर्द्धनमा योगदान पुर्‍याएको आयोजकको भनाइ छ। प्रतियोगितामा सहभागी सबै धावकको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक र सफल बनाएको थियो।

Address

Ilam, Koshi

Alerts

Be the first to know and let us send you an email when Palikapage पालिकापेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Gym/sports Facility?

Share