08/06/2026
एसियन गेम्स छनोटको फाइनलमा नेपालले टस जितेर फिल्डिंग रोजेको छ। नेपालको अन्तिम एघार यस प्रकार रहेको छ। कति उत्साहित हुनुहुन्छ ?
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Noori Yuwa Club, Jaleshwar.
08/06/2026
एसियन गेम्स छनोटको फाइनलमा नेपालले टस जितेर फिल्डिंग रोजेको छ। नेपालको अन्तिम एघार यस प्रकार रहेको छ। कति उत्साहित हुनुहुन्छ ?
Breaking: सरकारले आइतबार पनि दिदै आएको सार्वजनिक बिदा हटाएको छ।😮
07/06/2026
मटिहानी नगरपालिका वडा नं. ९, सिमरदहीमा निर्माणाधीन ढलसहितको नाला निर्माण कार्यको आज नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यूद्वारा स्थलगत अनुगमन गरिएको छ।
अनुगमनका क्रममा निर्माण कार्यको गुणस्तर, प्रगति तथा निर्धारित मापदण्डको पालना सम्बन्धी आवश्यक जानकारी लिइएको थियो। साथै, नगर प्रमुखज्यूले स्थानीय बासिन्दासँग भेटघाट तथा छलफल गर्दै निर्माण कार्यप्रति उहाँहरूको सुझाव, जिज्ञासा तथा गुनासोहरू समेत सुन्नुभएको थियो।
मटिहानी नगरपालिका मटिहानी नगरपालिका, ९ नं. वडा कार्यालय, सिमरदही, महोत्तरी
07/06/2026
ओमानलाई सहजै ८ विकेटले पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनल पुगेको छ। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै पुरा गर्यो।
07/06/2026
ओमान ९४ रनमै अल-आउट, नेपाललाई फाइनल पुग्न ९५ रनको सहज लक्ष्य!
एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई १९.४ ओभरमा मात्र ९४ रनमा समेटेका छन्। अब नेपाललाई फाइनलमा स्थान सुरक्षित गर्न २० ओभरमा ९५ रनको आवश्यकता छ।
नेपालका लागि बलरहरूले इनिङ्स भरि नै दबाब कायम राखे। करण केसीले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए भने सन्दीप लामिछाने र सोमपाल कामीले समान २-२ विकेट च'ट्का'ए। त्यस्तै दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल शाब आलमको नाममा १-१ विकेट रह्यो।
ओमानका लागि सुफ्यान महमुदले सर्वाधिक ३८ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्।
९५ रनको यो लक्ष्य नेपालले कति ओभरमा र कति विकेट गुमाएर पूरा गर्ला? आ
07/06/2026
अत्यधिक गर्मीका बीच महोत्तरीको जलेश्वर क्षेत्रका उपभोक्ताले दिनहुँ घण्टौं अनियमित विद्युत् कटौतीको समस्या भोग्न बाध्य भएका छन्। विद्युत् आपूर्ति नियमित हुनुपर्ने समयमा पटक–पटक बिना पूर्वसूचना लाइन काटिने गरेको भन्दै स्थानीयवासीले जलेश्वर वितरण केन्द्रप्रति असन्तुष्टि जनाएका छन्।
पछिल्ला केही सातादेखि जलेश्वर नगरपालिका, बलवा नगरपालिका तथा आसपासका क्षेत्रमा दिनको विभिन्न समयमा विद्युत् आपूर्ति अवरुद्ध हुने गरेको उपभोक्ताहरूको गुनासो छ। चर्को गर्मीका कारण सर्वसाधारण, ज्येष्ठ नागरिक, बालबालिका तथा बिरामीहरू सबैभन्दा बढी प्रभावित भएका छन्। विद्युत् अवरुद्ध हुँदा खानेपानी आपूर्ति, इन्टरनेट सेवा, व्यवसाय तथा दैनिक जनजीवनसमेत प्रभावित बनेको स्थानीयको भनाइ छ।
स्थानीयवासीका अनुसार वितरण केन्द्रले मर्मत वा प्राविधिक समस्या भएको जानकारीसमेत समयमै नदिई घण्टौंसम्म लाइन काट्ने गरेको छ। “गर्मीले घरभित्र बस्न नसकिने अवस्था छ, त्यसमाथि दिनहुँ बत्ती जाने समस्या थपिएको छ,” एक स्थानीयले गुनासो गरे।
06/06/2026
१५ वर्षीय युवा ब्याटर वैभव सुर्यवंशीलाई समावेश गर्दै भारतले जापानमा सेप्टेम्बर-अक्टोबरमा आयोजना हुने एसियन गेम्स २०२६ को लागि मजबुत टोलिको घोषणा गरेको छ। यस्तै टोलिको कप्तानको जिम्मेवारी श्रेयस ऐयरलाई दिईएको छ भने जस्प्रित बुम्राहलाई पनि टोलिमा समावेश गरिएको छ।
एसियन गेम्सको अघिल्लो संस्करणमा भारतले गोल्ड मेडल जितेको थियो। सो क्रममा भारतले नेपाललाई क्वार्टरफाइनलमा २३ रनले पराजित गरेको थियो। यशस्वी जैसवालको शतक मद्दतले भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले १७९ रन बनाएको थियो।
एसिया कपमा नेपाल लगायत मलेसिया, हंगकंग र ओमान छनोट भैसकेका छन् भने भारत लगायत एसियाली टेस्ट राष्ट्र पाकिस्तान, बंगलादेश, श्री लंका, अफगानिस्तान तथा आयोजक जापान गरि कुल १० टोलिको सहभागिता रहनेछ।
प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छैन। सिंगापुरमा जारि एसियन गेम्स समाप्त भएपछि टिमहरुको स्थानको आधारमा खेल तालिका र समुह बिभाजन गरिनेछ।
06/06/2026
ओभरलोड भएपछि प्राधिकरणले भन्यो : अत्यावश्यकबाहेक विद्युतीय सामग्री नचलाउनु बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत् प्राध.....
05/06/2026
फिफा विश्वकप २०२६ खेल तालिका (नेपाली समय अनुसार)
समूह A
जेठ २९: मेक्सिको VS दक्षिण अफ्रिका — राति १२:४५ बजे
जेठ २९: दक्षिण कोरिया VS चेक रिपब्लिक — राति ७:४५ बजे
असार ४: चेक रिपब्लिक VS दक्षिण अफ्रिका — राति ९:४५ बजे
असार ५: मेक्सिको VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: दक्षिण अफ्रिका VS दक्षिण कोरिया — राति ६:४५ बजे
असार ११: चेक रिपब्लिक VS मेक्सिको — राति ६:४५ बजे
समूह B
जेठ ३०: क्यानाडा VS बोस्निया — राति १२:४५ बजे
जेठ ३१: कतार VS स्विट्जरल्याण्ड — राति १२:४५ बजे
असार ५: स्विट्जरल्याण्ड VS बोस्निया — राति १२:४५ बजे
असार ५: क्यानाडा VS कतार — राति ३:४५ बजे
असार ११: स्विट्जरल्याण्ड VS क्यानाडा — राति १२:४५ बजे
असार ११: बोस्निया VS कतार — राति १२:४५ बजे
समूह C
जेठ ३१: ब्राजिल VS मोरक्को — राति ३:४५ बजे
जेठ ३१: हाइटी VS स्कटल्याण्ड — राति ६:४५ बजे
असार ६: स्कटल्याण्ड VS मोरक्को — राति ३:४५ बजे
असार ६: ब्राजिल VS हाइटी — राति ६:१५ बजे
असार ११: मोरक्को VS हाइटी — राति ३:४५ बजे
असार ११: स्कटल्याण्ड VS ब्राजिल — राति ३:४५ बजे
समूह D
जेठ ३०: अमेरिका VS पराग्वे — राति ६:४५ बजे
जेठ ३१: अष्ट्रेलिया VS टर्किए — राति ९:४५ बजे
असार ६: अमेरिका VS अष्ट्रेलिया — राति १२:४५ बजे
असार ६: टर्किए VS पराग्वे — राति ८:४५ बजे
असार १२: टर्किए VS अमेरिका — राति ७:४५ बजे
असार १२: पराग्वे VS अष्ट्रेलिया — राति ७:४५ बजे
समूह E
जेठ ३१: जर्मनी VS कुराकाओ — राति १०:४५ बजे
असार १: आइभोरी कोस्ट VS इक्वेडर — राति ४:४५ बजे
असार ७: जर्मनी VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार ७: इक्वेडर VS कुराकाओ — राति ५:४५ बजे
असार १२: कुराकाओ VS आइभोरी कोस्ट — राति १:४५ बजे
असार १२: इक्वेडर VS जर्मनी — राति १:४५ बजे
समूह F
असार १: नेदरल्याण्ड्स VS जापान — राति १:४५ बजे
असार १: स्वीडेन VS ट्युनिसिया — राति ७:४५ बजे
असार ६: नेदरल्याण्ड्स VS स्वीडेन — राति १०:४५ बजे
असार ७: ट्युनिसिया VS जापान — राति ९:४५ बजे
असार १२: ट्युनिसिया VS नेदरल्याण्ड्स — राति ४:४५ बजे
असार १२: जापान VS स्वीडेन — राति ४:४५ बजे
समूह G
असार २: बेल्जियम VS इजिप्ट — राति १२:४५ बजे
असार २: इरान VS न्युजिल्याण्ड — राति ६:४५ बजे
असार ८: बेल्जियम VS इरान — राति १२:४५ बजे
असार ८: न्युजिल्याण्ड VS इजिप्ट — राति ६:४५ बजे
असार १३: न्यु
05/06/2026
रास्वपाले शनिबार ३६ जिल्ला र आइतबार २५ जिल्लाको अधिवेशनका लागि पार्टीका तल्लो समितिहरूलाई स्वीकृति दिएको छ । यी अधिवेशनबाट रास्वपाको जिल्ला तहको नेतृत्व चयन हुनेछ ।
👉 विस्तृत:https://ekantipur.com/politics/2026/06/05/rsp-district-convention-when-and-where-is-it-being-held-23-11.html